थरुहट थारुवान राष्ट्रिय मोर्चाको आमरण अनसन प्रति ऐक्यबद्धता जनाउँदै संघीय लिम्बुवा मञ्च, नेपाल ताप्लेजुङले प्रजिअ अनुज भण्डारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझायो । ज्ञापनपत्रको पूर्ण पाठ यस प्रकार छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,
संघीय लिम्बुवान मञ्च, नेपाल
जिल्ला कार्य समिति , ताप्लेजुङ
मिति: २९०७६/११/०७ गते
श्री सम्माननीय प्रधानमन्त्री ज्यु,
प्रधानमन्त्रीको कार्यलय, सिंहदरबार काठमाडौं
मार्फत प्रमुख जिल्ला अधिकारी ताप्लेजुङ
बिषय: ज्ञापनपत्र बारे ।
उपरोक्त सम्बन्धमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले प्रतिनिधि सभाको सदस्य माननीय संसद रेशम चौधरी र जेलमा रहेका अन्य थारु राजबन्दीहरुलाई विनाशर्त रिहाइको माग सहित यही २०७६ फागुन १ गते बाट शुरु गरेको आमरण अनसन प्रति यश संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले पूर्णरूपमा समर्थन सहित ऐक्यबद्धता जाहेर गरेको कुरा अवगत गराउँदछौँ । हत्या, बलात्कार, भ्रष्टाचार जस्ता ठुलठुला अपराधका अपराधीलाई अदालत सम्म पुर्याएर पहुँचका आधारमा सफाया दिने तर थारु नेता भएकै कारण माननीय रेशम चौधरीलाई जेलमा पुर्याइएको घटनाले हामी नेपालका आम आदिवासी, थारु, महिला, मुस्लिम, दलित शिल्पी तथा पिछडि पारिएका समुदाय लाई ठुलो चोट पुगेको छ । अनसनरत थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको बिग्रँदो स्वास्थ्य स्थिति प्रति दुख व्यक्त गर्दै राज्यको विभेदकारी कार्य प्रति खेद प्रकट गर्दछौं । जेलमा राखिएको माननीय रेशम चौधरी लगायतका थारु राजबन्दीहरुलाई तुरुन्त विनाशर्त रिहाइ गर्न साथै १ नं. प्रदेशको नामाकरण पल्लो किराँत लिम्बुवान र माझ किराँत खम्बुवानको ऐतिहासिक साझा पहिचानको आधारमा हालका लागि “लिम्बुवान किराँत” राख्न सरकार सँग जोडदार माग गर्दछौं । यदि थरुहटको आन्दोलन र लिम्बुवानको मागलाई वेवास्ता गरे हाम्रो पार्टी सशक्त सडक आन्दोलनमा जान बाध्य हुने र आन्दोलन बाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार सरकार स्वयम् हुन यसै ज्ञापनपत्र मार्फत सरकारलाई सचेत गराउँदछौँ
जय लिम्बुवान !
भुपेन्द्र माबो
अध्यक्ष ,संघीय लिम्बुवान मंच ,ताप्लेजुंग जिल्ला कार्य समिति
Comments are closed.