पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

सलोराम -संघीय लिम्बुवान प्रान्तीय मंच झापा माइ पश्चिमको नेतृत्वहरुको मिटिंग सम्पन्न

०८० असोज ६ केरखा ,झापा

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान प्रान्तीय मंच झापा जिल्ला माइ पश्चिमका अगुवा नेतृत्वहरुको मिटिंग झापाको केर्खामा सम्पन भएको छ |

माइ पश्चिम इन्चार्ज एबम प्रान्तीय उप -महासचिब धनराज सुब्बा तेर्ह्थुमेको अध्यक्षतामा बसेको उक्त मिटिंगको  प्रमुख अतिथि केन्द्रीय बरिस्ठ उपादक्ष्य ज्ञानु हांग इम्बुंग र बिशेष अतिथिको रुपमा  मंचको सस्थापक नेता सुरेन्द्र लिम्बु नोनाम  थिए |

झापा जिल्लामा सलोरा मंच -संघीय लिम्बुवान प्रान्तीय मंचको सांगठानिक अवस्थालाई बिगत भन्दा अझ ससक्त बनाएर अघि बढाउने ,गत संसदीय निर्वाचनमा यस मंचले झापा जिल्लाबाट ५ जना प्रतिनिधि सभा र ९ जना प्रदेसमा गरि १४ जना संसद उम्मेद्वारहरु खडा गरेको हुदा तत्काल झापाको सबै प्रदेस निर्बाचन क्षेत्रमा क्षेत्रीय समितिहरु संगठित गर्ने ,प्रशिक्षण र भेला /अधिबेशनहरु अघि बढाउने छलफल ,बहस भएको छ |

यसरी नै झापा माइ पूर्वको मंचको अग्रज नेताहरुको तत्काल मिटिंग राख्ने त्यसपछि समग्र झापा जिल्लाको मिटिंग राखेर सलोरा मंच -संघीय लिम्बुवान प्रान्तीय मंच झापा जिल्ला कार्य समितिलाई पूर्णता दिने निर्णय गरिएको छ |

 

Comments are closed.