२०८१ पुस १४ ,धरान
संघीय लोकतान्त्रिक रास्ट्रीय मंचको संघीय सदस्य जुझारु नेत्री रन्जु मादेन यक्सो को यहि २०८१ साल पुस २१ गते धरानमा दुखद निधन भएको छ | ताप्लेजुंङ जिल्लामा बि .स .२०४३ साल पुष १४ गते जन्मनु भएको रन्जु मादेन ताप्लेजुङ जिल्ला देखि नै संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान प्रान्तीय मंचमा आवब्द्द भै मंचको बिभिन्न पदहरु सम्भाल्दै संघीय सदस्य तह सम्मको जिम्मेवारीमा पुग्नु भएको थियो | जब जब स .लो .रा .मंचलाई अप्ठ्यारो पर्थ्यो त्यसबेला रन्जु मादेन अग्रभागमा देखा परेर मंचको रक्षाको लागि खडा हुनुहुन्थ्यो | केहि समय अघि केहि व्यक्तिहरुले मंचलाई निर्बाचन आयोगमा मुद्दा दिएको बेला उहाले मंचको धनकुटा जिल्ला इन्चार्ज साजन याखा लाइ आफैले भेटेर मंचको रक्षाको पक्षमा भोटिंङ सोसरह आफ्नो नागरिकता मंच रक्षा गर्नु पर्छ भन्ने सस्थापन पक्षलाई दिनु भएको थियो | अप्ठ्यारो अवस्थामा मंचको पक्षमा दृढता पुर्बक उभिने उहाको ऐतिहासिक निर्णयहरुले मंचको आगामी इतिहासले रन्जु मादेन लाइ सधै सम्झिरहने छ |
सुनसरी जिल्ला धरान हरियाली सामुदायिक बनमा भएको
अंत्येस्टी कार्यमा स .लो .रा .मंच का केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक लगायतका नेताहरु उपस्थित भै लिम्बुवान र मंचको झण्डा ओढाई संघीय सदस्य स्व .रन्जु मादेन यक्सोलाई लिम्बुवानी सम्मान अर्पण गरिएको थियो |अंत्येस्टीमा ” कान्छी ,तिम्रो पार्टीको सबै साथीहरु आएर तिमीलाई झन्डा ओढाउदै छन् ,उठ न कान्छी उठ ” भन्दै उहाको आमा रुनु हुदा मंचको सम्पूर्ण नेतृत्वहरु भावविव्हल भएको अवस्था थियो |
१० लिम्बुवान सत्र थुमको रिति रिवाज अनुसार यहि पुष २९ गते धरान ५ स्थित मादेन यक्सो परिवारको घरमा स्व .रन्जु मादेन यक्सो को सुध्याई कार्य हुदा मंचको केन्द्रीय अध्यक्ष ,महासचिबहरु ,उपमहासचिब ,संघीय लिम्बुवान प्रान्तीय महिला मंचको अध्यक्ष /महासचिब ,सुनसरी जिल्ला अध्यक्ष ,धरान नगर अध्यक्ष लगायत को नेतृत्वहरु उपस्थित भै केन्द्र ,जिल्ला र महिला मंचको तर्फबाट श्रद्दान्जली पत्र वाचन गरि एक मिनट मौन धारणा गरिएको थियो |