०८० असोज २ ,बिराटनगर
पहिचान बिरोधी कोशी नाम खारेजीको लागि आन्दोलनरत प्रदेस न .१ पुन :नामांकन संयुक्त संघर्ष समितिले यहि असोज २ गते इटहरी देखि बिराटनगर सम्म बृहत मोटर साइकल बिरोध र्याली प्रदर्शन सम्पन्न गर्यो | ५ हजारको संख्यामा मोटरसाइकलहरुको सहभागिता रहेको उक्त बिरोध र्यालीमा संघर्ष समितिमा आवद्द घटक संगठनका नेता ,कार्यकर्ताहरु स्व -फुर्त रुपमा आ आफ्नो पार्टी /सस्थाको झन्डाहरु बोकेर उत्साहापुर्बक सहभागी भएका थिए |
प्रदेस न .१ मा लामो समय देखि चलिरहेको पहिचानको आन्दोलनहरुलाई नजरअन्दाज गर्दै गुण्डागर्दी शैलीमा प्रदेश न .१ लाइ कोशी नामकरण गरिए पछी ससक्त रुपमा शुरु भएको संयुक्त आन्दोलनको क्रममा लाजेहांग लिम्बु ‘पदम ‘ ले शहदता प्राप्त गरिसकेका छन् भने सयौ पहिचानबादी योद्धाहरु घाइते असक्त बनेका छन् | राज्य पक्षले आन्दोलन दबाउन अनेक हत्कण्डा हरु अपनाए पनि प्रदेस न .१ मा कोशी नाम खारेजी आन्दोलन ससक्त रुपमा अघि बढिरहेकै छ |
उक्त दिन इटहरी देखि शुरु भएको बृहत मोटर साइकल बिरोध र्याली बिराटनगर को गणतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो | कोण सभालाई किरात राइ यायोखा केन्द्रीय अध्यक्ष जीवन हाताचो राइ ,किरात याक्थुंग चुम्लुंग अध्यक्ष प्रेम एक्तेन ,नेफिन उपादक्ष्य युवराज जिरेल ,जसपा -किराती रास्ट्रिय समिति अध्यक्ष रमेश राइ ,नेपाल शेर्पा संघ महासचिब लाक्पा शेर्पा ,नाउमु सचिब पदम अधिकारि ,राजमुपा महासचिब पदम जवेबू ,दलित अभियन्ता नरेश बिक र संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान प्रान्तीय मंच बरिस्ठ उपादक्ष ज्ञान बहादुर इम्बुंग लिम्बु लगायतका नेतृत्वहरुले कोशी नाम खारेज नभैन्जेल आन्दोलन ससक्त अघि बढने संदेश का साथ् सम्बोधन गरेका थिए |
Comments are closed.