पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

२०७६ पुस १४

प्रदेश न .३ को नामाकरण ‘बागमती र राजधानी हेटौडा ‘ राख्ने नेकपा हाइकमाण्डको निर्णय तत्काल खारेज गरियोस

प्रदेश न .३ को नामाकरण ‘बागमती र राजधानी हेटौडा ‘ हुनुपर्छ भनि सत्तासिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको हाइकमाण्डले हिजो गरेको निर्णय प्रति यस संघीय तामाङसालिङ मंच ,नेपाल प्रान्तीय कार्यसमितिको गम्भीर आपत्ति ,असहमति ,आक्रोश र बिरोध रहेको छ | नेकपा हाइकमाण्डको उक्त निर्णय तत्काल खारेज गरि प्रदेश न .३ को नाम नेवा –तामाङसालिङ राखियोस् भनि यस मंच जोडदार माग गर्दछ | वर्तमान पहिचान सहितको संघीयता भनेको नेपालको प्राचिन संघीयतालाइ २५० बर्ष अघि जबर्जस्ति /बल ,षडयन्त्रपुर्बक हत्या गरेर राज्य एकात्मकरण गरिएको बेलादेखि आजसम्म हदै अन्याय ,अत्याचारमा पारिएको जाति समुदायहरुले ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त प्रान्तहरु प्राप्त गरेर पुन :आ –आफ्नो भाषा ,अस्तित्व बिकास गर्न पाउछन भनेर लडिएको आन्दोलन हो | त्यसमा पनि तामाङ समुदाय माथि यो गोर्खाली शाशकहरुले हिजो देखि आज सम्म कल्पना गर्दा पनि आङ जिरिंग हुने गरि अन्याय अत्याचार गरेका छन् | तामाङलाइ मासिने मतवालीमा राखे ,तामाङलाइ स्वदेश विदेश को सेना पुलिस निजामति कहिँ पनि जागिर खान बन्देज गरे ,तामाङ भाषालाई सरकारी स्कुलहरुमा प्रतिबन्द गरेकोले लाखौ लाख तामाङका छोराछोरीहरु स्कुल कलेजको आधुनिक शिक्षा पढन पाएनन् र तामाङ समुदायलाइ आधुनिक बिकासबाट क्षतिपूर्ति सम्म नहुने गरि पछी पारियो | त्यसैले तामाङ समुदायहरु यो राज्य ,यो सरकार ,यो संबिधान ,यो अदालतको बिरुद्दधमा कुनै न कुनै रुपमा बिद्रोही हुदै आए र बर्तमान सत्ता प्रतिको तामाङ समुदायको त्यहि बिद्रोही भावनाले गर्दा धेरै तामाङहरुलाई आज नेपालि जेलहरुमा कोचिएको छ | युद्दबिरामको अवस्थामा एकजना नेपाली सेनाको अधिकृतको तामाङहरु प्रतिको कुदृस्टीले गर्दा संसारलाई रुवाउने दोरुम्बा हत्याकाण्ड रचियो र त्यहि धेरै तामाङहरुको हत्या गरियो ,यी र यस्ता हजारौ पिडाहरु तामाङ समुदाय माथि लादिएका छन् |

पहिचान सहितको संघीयता लागु भए पछी तामाङ लगायत अन्य उत्पीडित समुदायहरुको अवस्थामा सुधार आउनेछ भन्ने आशा सहित हामीले तामाङसालिङ लगायत १० +१ प्रान्तको माग उठाउदै आएका हौ | तर पहिचान बिरोधि तीन दलले २०७२ असोज ३ गते लादेको संबिधानमा ७ प्रान्त मात्र कायम गरेका छन् र उक्त ७ प्रान्तलाई १० +१ प्रान्तमा जान नदिन संबिधानमा अनेक फलामे तारहरु लगाउने कोशिस गरेका छन् | यस मंचको बास्तबिक माग ‘ प्रदेश न .३ लाइ पुन: संख्याकरण गरि तामाङसालिङ र नेवा दुइवटा प्रान्त निर्माण गरियोस ‘ भन्ने नै हो ,तर अहिले १० +१ प्रान्त नबनिरहेको अवस्थामा प्रदेश न .३ को नामाकरण ‘ नेवा – तामाङसालिङ कायम गरियोस भन्ने हो |

तामाङ समुदायको यी जायज मागहरुलाई सत्तासिन नेकपाले पुरै कुल्चने निर्णय गरेकोले तिनीहरुको निर्णयको बिरुद्दमा उत्रन सम्पूर्ण जनसमुदाय ,तामाङसालिङ नेवा संग सम्बन्धित सबै संघ सस्थाहरुलाई आब्हान गर्दछौ | यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय तामाङसालिङ मंच ,नेपाल पहिचानको मुद्दामा निरन्तर सडक आन्दोलनमा रहेकोले यस मंच यो आन्दोलनमा आफ्नो सम्पूर्ण शक्तिको साथ् सडकमा उत्रने जानकारी पनि गर्दछौ | जय तामाङसालिङ ,जय नेवा ,जय १० +१ प्रान्त |

मिङमार लामा ,अध्यक्ष ,संघीय तामाङसालिङ मंच
मिति -२०७६ /०९ /१४

Comments are closed.