हाङपाङ, लिम्बुवान, कात्तिक ६ गते
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम)सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा भएको अगुवा नेता कार्यकर्ता भेटघाट र चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै आठराई–त्रिवेणी गाउँपालिका वडा नं. ३ वडा साबिक हाङपाङ गाविस वडा नं. ९ स्थित माखाथोक टोलमा ११ सदस्यीय समिति कात्तिक ५ गते गठन भयो ।
कार्यक्रम सलोराम केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. का सांसद बिष्णु तुम्बाहाङफेसँगै लिम्बुवान मञ्चका प्रान्तीय सचिवालय सदस्यद्वय मुक्साम लाबुङ र नवीन पोमु, जिल्ला सचिव अशोक मादेनलगायतको उपस्थिति थियो । पार्टीका स्थानीय जुझारु युवा नेताहरु मिलन यक्सो, विनय आङबुहाङ, शेरहाङ माबोहाङ, ज्ञानेन्द्र यक्सोको सक्रियतामा भएको सो भेलाले सञ्जय लिम्बुको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरेको छ।
१. अध्यक्ष : सञ्जय लिम्बु
२. उपाध्यक्ष : छत्र लिम्बु
३. उपाध्यक्ष : सुनिता लिम्बु
४. सचिव : प्रेमबहादुर रसाइली
५. सह–सचिव : कुशल लिम्बु
६. अर्थसचिव : रनबहादुर रानामगर
७. सदस्य : ज्ञानबहादुर हाङबाङ
८. सदस्य : टीका बि.क.
९. सदस्य : बुद्धिबहादुर बि.क.
१०. सदस्य : प्रदिप बि.क.
११. सदस्य : मानबहादुर लिम्बु
Comments are closed.