पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

शिल्पी मन्च तीब्ररूपमा अघि बढ्ने

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बन्ध संघीय दलित शिल्पी मञ्चको केन्द्रिय बैठक गत पुस १३ गते इटहरीमा बसेको छ ।

शिल्पी मन्चका अध्यक्ष रमेश गजमेरको अध्यक्षतामा बसेको बैठकले यस वर्ष शिल्पी मंचलाई तीव्र रुपमा अघि बढाउन विभिन्न आयोजनाको तयारीसमेत गरेको छ ।

बैसाक महिनामा शिल्पी मंचले काठमाण्डौमा बृहत आम भेला गर्ने भएको छ । शिल्पी मन्चका सम्पुर्ण पदाधिकारीहरुको सङ्लग्नतामा चैत महिनाभित्रमा सुदुर पश्चिमका केही जिल्ला ,अरुण पूर्वका ९ जिल्लामा सक्रियताका साथ संगठन बिस्तार गरि मन्चलाइ तिब्र रुपमा अघि बढाउने कुरा मन्चका अध्यक्षले बताएक छन् ।

शिल्पी मंचले चैत्त महिनाभित्रमा हजारौं दलितहरुको नागरिकता, हस्ताक्षरसहितको डेलिगेसन तयार गरि विभिन्न निकायमा जाने तयारी गरेको छ ।

Comments are closed.