पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

छथरमा लिम्बुवानको टोल समिति

तेह्रथुमबाट दिल पाक्सावा

संघीय लोकतान्त्रिक  राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको ४ वर्षे रणनैतिक योजना अन्तर्गत तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं ६ को रमाइलोटार टोलमा केशरमान मादेनको संयोजकत्वमा गत माघ  ५ गते ११ सदस्यीय टोल समिति गठन भएको छ ।

समितिको सह संयोजकमा मनबहादुर मादेन, सदस्यहरुमा रामकुमार लिम्बु, रविन्द्र लिम्बु, सुकबहादुर लिम्बु, सुवास लिम्बु, राज मादेन, मोहन मादेन, फेद सिं  मादेन, राज कुमार लिम्बु र सन्तोष लिम्बु चयन भएका छन । कार्यक्रम पार्टीका केन्द्रीय सचिवालय सदस्य संकरमान खेवा, केन्द्रीय सदस्य दिल पाक्सावा, संघीय विद्यार्थी युनियन लिम्बुवानका केन्द्रीय अध्यक्ष मोहन माबो, जिल्ला उपाध्यक्ष हेमप्रसाद पाक्सावा र छथर कमिटी अध्यक्ष सुकबहादुर लिम्बुको उपस्थितिमा सम्पन्न भएको थियो ।

Comments are closed.