पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघीय लिम्बुवान सामाजिक मंच द .कोरियाको चौथो अधिबेशन जनवरी २५ मा हुदै ,अविचलित अघि बढन केन्द्रको शुभकामना

च .न . २४ -०७६                                    मिति -२०७६ /१० /१०

श्री अध्यक्ष संघीय लिम्बुवान सामाजिक मंच ,द .कोरिया

बिषय – चौथो अधिबेशन सफलताको शुभकामना |

उपरोक्त सम्बन्धमा यहि सन् २०२० जनवरी २५ तारिखमा संघीय लिम्बुवान सामाजिक मंच ,द .कोरियाको चौथो अधिबेशन सम्पन्न हुन गैरहेको सुखद खबरले संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय कार्य समिति ,नेपाल अति उत्साहित भएको छ | प्रवासको ब्यस्त समय बिच पनि लिम्बुवान र पहिचानको मायाले द .कोरियामा रहनु भएको साथीहरुले सन् २०११ मा लिम्बुवान मंचको प्रवास समिति स्थापना गरि चौथो अधिबेशन सम्म संगठनलाइ ल्याई पुर्याउनु चुनौतिपूर्ण कार्य हो |  द .कोरियामा मंच स्थापना गरेर बिभिन्न समयमा यस संगठनको कार्य समितिमा रहेर वा बाहिरबाट सहयोग गर्नु भएको ऐतिहासिक व्यक्तित्वहरुलाई हृदय देखि नै श्रद्दा गर्ने पर्छ | जब हामी आफ्नो ऐतिहासिक थातथलो ,मातृभाषा ,प्रान्त ,अस्तित्वको लागि लडाई लडिरहेको हुन्छौ ,ठिक त्यहि बेला एउटा नया इतिहासको निर्माण पनि गरिरहेको हुदा रहेछौ | मंचको नेपालमा र विश्वभर रहेका हजारौ योद्धाहरुले गर्व गर्नु पर्छ – तपाइँ हाम्रो सामुहिक प्रयासले नेपालको पहिचानको आन्दोलनमा मंचले एउटा नया इतिहास निर्माण गरिरहेको छ | नेपाली जनताहरु भन्छन – जेहोस ,मंचको टिमले चाहि पहिचानको आन्दोलन लड़छ है ! मंचको टिमले  आत्मामा पिडा र आगो बोकेकै छ ! बास्तकमा नेपाली जनताहरुको मनमा मंचले यतिको बिश्वास पाउनु भनेको हामी सबैको गर्वको बिषय हो र मंचले यतिको बिश्वास कमाउनको लागि स्वदेश र प्रवासको मंचको समितिहरुले संयुक्त रुपमा अथक प्रयास गरेका छौ |

नेपालको पहिचानको आन्दोलन बर्तमान समयमा धेरै सम्बेदनशील मोडहरुबाट अघि बढिरहेको छ | हाम्रा अगाडी धेरै चुनौतिहरु आइरहेका छन् | तर जस्तोसुकै कठिन परिस्थितिमा पनि मंच पहिचान सहितको १० +१ प्रान्त प्राप्तिको आन्दोलनबाट एक इन्च पछी हटने छैन | यहि अविचलित दृढता सहित यहाहरुले चौथो अधिबेशन सफलतापुर्बक सम्पन्न गर्नुहोस भनि शुभकामना दिन चाहन्छौ | यहाहरुको प्रवास बसाइ सहज होश ,हार्दिक शुभकामना | जय लिम्बुवान ,जय १० +१ प्रान्त |

कुमार लिंङदेन मिराक ,अध्यक्ष

 

 

 

Comments are closed.