पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

लिम्बुवान मंचको तेर्हथुम जिल्ला मिटिंग सम्पन्न ,चैत्र सम्म जिल्लाको सबै वार्डहरुमा मंचको समिति पुनर्गठन गरिसक्ने

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंच ,नेपाल जिल्ला समिति तेर्हथुम को जिल्ला बैठक जिल्ला अध्यक्ष बिजय निङलेकुको अध्यक्षतामा जिल्ला स्थित सम्पूर्ण केन्द्रीय नेताहरु समेतको सहभागितामा यहि माघ १० गते म्यांङलुङ मा सम्पन्न भएको छ | तेर्हथुम जिल्ला मंच कार्यालयलाइ ब्यबस्थित गर्न एकजना होलटाइमर कार्यकर्तालाइ कार्यालयमा राख्ने र त्यसको खर्च जिल्लाको सबै नेताहरुबाट ब्यबस्थित गर्ने , स्व .बि .यु ,चुनाबको लागि हेम पाक्सावालाइ संयोजक तोकिएको छ | यसरि नै आगामी चैत्रको केन्द्रीय मिटिंग अगावै तेर्हथुम जिल्लामा बाकि रहेका वडा गठन प्रक्रियालाइ पुरा गर्ने र मंचको ४ बर्षे प्लान अन्तर्गत आएका सबै योजनाहरुलाई दृढ इछ्छा शक्तिका साथ् पुरा गर्ने निर्णय गरिएको छ |
( के स स शंकर खेवा लिम्बुको फेसबुकबाट )

Comments are closed.