पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

लिम्बुवान मंच र खम्बुवान रा .मोर्चा बिच सहकार्य – प्रदेश न .१ लाइ लिम्बुवान र किरात खम्बुवान नामाकरण गरिनु पर्ने

माघ २१ इटहरी , संघीय लोकतान्त्रीक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल र खम्बुवान रास्ट्रिय मोर्चा ,नेपाल बिच प्रदेश न .१ लाइ ‘ लिम्बुवान र किरात खम्बुवान ‘ नामाकरण गराउन सहकार्य गरेर अघि बढने सहमति भएको छ | संघीय लिम्बुवान मंच का महासचिब  एबम आन्दोलन  संयोजक शान्ता  योङहाङ र खम्बुवान रास्ट्रिय मोर्चा का महासचिब एबम आन्दोलन संयोजक रणेन्द्र थिम्राहाङ खम्बुले आज दुइ दल बिचको सहमति पत्रमा हस्ताक्षर गरेका छन् |

कुमार लिङदेन मिराक नेतृत्व को मंच र आर .के . खम्बु नेतृत्वको ख .रा .मो . लिम्बुवान र खम्बुवान कै मुद्दा लिएर संबिधान सभामा सभासद पठाई सकेका राजनैतिक दलहरु हुन् र यी दुइ दल बिच पहिचानको मुद्दाहरुमा सहकार्य हुदै आएको छ |

 

सहमति पत्र :-

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंच ,नेपाल र  खम्बुवान रास्ट्रिय मोर्चा ,नेपाल

बीच ‘’ लिम्बुवान र किरात खम्बुवान’’   नामाकरण को सन्दर्भमा गरिएको सहमति

संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंच ,नेपाल लिम्बुवान प्रान्तको लागि  र खम्बुवान रास्ट्रिय मोर्चा,नेपाल खम्बुवान प्रान्तको लागि लामो समय देखि संघर्ष गर्दै आइरहेको  राजनैतिक दलहरु हुन् र यी दुवै दलले लिम्बुवान र खम्बुवानकै मुद्दा उठाएर संबिधान सभामा पनि प्रतिनिधित्व गरिसकेको अवस्था हो भन्नेबारे सर्बबिदितै छ | यी दुवै राजनैतिक दलहरु पहिचान सहितको लिम्बुवान र खम्बुवान एबम १० +१ प्रान्त सहितको संघीयताको पक्षधर हुन् | तर अहिले यी दुवै प्रान्तहरुको भूगोल प्रदेश न. १ मा परेकोले प्रदेश न .१ को नामाकरण ‘ अहिलेको सन्दर्भमा ‘’लिम्बुवान र किरात खम्बुवान ‘’ राखियोस् भन्ने संयुक्त माग गर्दछौ | यी दुइ दलहरु लामो समय देखि पहिचानको हरेक मोर्चामा सहकार्य गरिरहेका छौ र यहि माघ २३ गतेदेखि शुरु हुने प्रदेश न .१ को संसद अधिबेशनबाट प्रदेशको नामाकरण गरिने भएकोले यस समयमा पनि यी दुवै दलले आफ्नो समकक्षी दलहरु संग मिलेर ‘’ लिम्बुवान र किरात खम्बुवान ‘’ नामाकरणको आन्दोलनलाइ संयुक्तरुपमा अघि बढाउने सहमति गर्दछौ |

जय लिम्बुवान ,जय खम्बुवान ,जय १० +१ प्रान्त

शान्ता योङहाङ                                             रणेन्द्र थिम्राहाङ खम्बु

महासचिब एबम आन्दोलन संयोजक              महासचिब एबम आन्दोलन संयोजक

सलोरामंच –संघीय लिम्बुवान मंच ,नेपाल          खम्बुवान रास्ट्रिय मोर्चा ,नेपाल

२०७६ माघ २१ इटहरी

Comments are closed.