मिति २०७६ साल फागुन ०५ गते सोमवार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपाल, सुनसरी जिल्ला को आयोजनामा धरान भानु चौकमा २ घण्टाको धर्ना कार्यक्रम सम्पन्न भएको थियो। टिकापुर घटना प्रकरणको दोसि ठहराई संघीय साङ्सद श्री रेशम चौधरी लगायका नेता हरु माथी झुटो आरोप लगाई अहिले सम्म मुद्दा चलाई राखेको साथै माननीय रेशम चौधरी ज्यु लाई सफद ग्रहण गराई पुनः जेल चलान गरिएको विरुद्धमा साङ्सद लगाय अन्य झुटो मुद्दामा थुनिएका नेताहरु लाई तुरुन्त रिहाईको माग गर्दै थरुहटका नेता लक्ष्यमण थारु ज्युको नेतृत्व मा आमरण अनसन लाई राज्यले बेवास्ता गरेको साथै आमरण अनसनमा वस्ने नेताहरुको स्वास्थ्य समेत बिग्रदै गएको छ फेरि पनि सरकर आँखा मा पट्टिलगएर अनदेखा गरेको ले सलोराम, संघीय लिम्बुवान मञ्च नेपाल ले थरुहट आमरण अनशन आन्दोलनप्रती एक्यवद्धताको लागि विभिन्न जिल्लाका सदरमुकाम लगायत शहरहरु केन्द्रित गरि २ गण्टा को धर्ना कार्यक्रम घोषणा गेरे अनुसार सुनसरी धरान भानु चौकमा सम्पन्न गरियो। जिल्ला अध्यक्ष अमर इजम लिम्बू ले धर्ना कार्यक्रमलाई विधिवत रुपमा स्बोधन गर्दै समापन गरेका थिए भने कार्यक्रम संघीय विद्यार्थी युनियन केन्द्रिय अध्यक्ष सेसेहाङ चोङ्बाङ ज्यु ले संचालन गरेका थिए ।
Comments are closed.