पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

धनकुटाको चौबिसे राजारानीमा लिम्बुवान मंचको भेटघाट :- मंच रास्ट्रिय शक्ति बन्ने महासचिब चेम्जोंग को भनाइ

फाल्गुन ९ , धनकुटा जिल्लाको चौबिसे राजारानीमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपालको भेटघाट कार्यक्रम सम्पन्न भएको छ | मंचका महासचिब असोक चेम्जोंग को प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रममा उपमहासचिब चन्द्र सिंग नेम्बांग , बिद्यार्थी प्रान्तीय अध्यक्ष मोहन माबो ,मंच धनकुटा जिल्ला अध्यक्ष कुबिर लिम्बु लगायतका नेताहरुको सहभागिता थियो | महासचिब चेम्जोंग ले नव प्रवेसिहरुलाई साधारण सदस्यता वितरण गर्दै संघीय लिम्बुवान मंचको राजनैतिक लक्ष ,सिद्दान्त र भावी योजनाको बारेमा प्रशिक्षण गराएका थिए |

Comments are closed.