पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

ताप्लेजुङको सिदिङबा गापा मा लिम्बुवान मंचको भेटघाट सम्पन्न

संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङको पालिका स्तरीय अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न,

लिम्बुवान / ताप्लेजुङ ,फाल्गुण १७  ; संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङले जिल्लाको ९ वटै स्थानीय तहमा अगुवा नेता का्रयकर्ता भेटघाट कार्यक्रम अभियानको रुपमा अघि बढाइरहेको छ । यसै क्रममा फाल्गुण १७ गते  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका स्तरीय अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र नोरङ्वा भञ्ज्याङमा भएको कार्यक्रममा सिदिङ्वा गाउँ पालिकामा रहेको सातवटै वडा बाट अगुवा नेता कार्यकर्ताको उपस्थितिको रहेको थियोे । उक्त कार्यक्रम गाउँपालिका समितिको अध्यक्ष पूर्ण ताम्लिङको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि मंचका केन्द्रीय उपाध्यक्ष डि.बि खुदाङ, अतिथिहरुमा केसस मुक्साम लाबुङ, जिल्ला अध्यक्ष भुपेन्द्र माबो, जिल्ला सचिव अशोक मादेन, जिल्ला अर्थ सचिव केदार ताम्लिङ लगायतको उपस्थिति थियो । कार्यक्रममा विभित्र पार्टी परित्याग गरि ११ जना लिम्बुवान मञ्चमा प्रवेश गरेका छन् 

Comments are closed.