यहि फाल्गुण १९ गते ,पान्थर जिल्लाको मिक्लाजुङ गापा रबि बजारमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ | आउदो चैत्र २१ ,२२ गते पान्थरको सदरमुकाम फेदेन बजारमा हुने संघीय लिम्बुवान मंच ,नेपाल जिल्ला कार्य समितिको जिल्ला अधिबेशनलाइ मध्यनजर गरेर जिल्लाव्यापी प्रशिक्षण ,भेटघाट ,स्थानीय अधिबेशनहरु संचालन भैरहको छ |
पान्थरको प्रदेश क्षेत्र न .ख निर्बाचन क्षेत्र इन्चार्ज के स स सुक बहादुर थेगिम लगायतका नेताहरुले प्रशिक्षण दिएको उक्त कार्यक्रममा लिम्बुवान मंचलाई पान्थरमा पहिलो शक्तिको रुपमा स्थापित गर्ने बारे ब्यापक बहस ,अन्तरक्रिया ,प्रशिक्षण भएको थियो |
Comments are closed.