पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

गुल्मीमा दलित शिल्पी मञ्चको भेटघाट कार्यक्रम

फाल्गुण १९ गते गुल्मी ,

यहि फाल्गुण १९ गते गुल्मी जिल्लाको  चन्द्रकोट गाउपालिकको शान्तिपुरमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय दलित शिल्पी मंच ,नेपालको भेटघाट कार्यक्रम  सम्पन्न भएको छ | उक्त भेटघाट कार्यक्रममा संघीय दलित शिल्पी मंच ,नेपालका महासचिब शर्मिला बि सि ले संघीय लोकतान्त्रिक रास्ट्रिय मंचले अघि सारेको १० +१ प्रान्तको आन्दोलन र संघीय दलित शिल्पी मंचले +१ वा दलित शिल्पी समुदायको गैर भौगोलिक प्रान्त प्राप्तको दिशामा खेल्नु पर्ने भूमिका बारे प्रस्ट्याएका थिए |

यहि २०७७ साल बैशाख २७ र २८ गते काठमाडौँ मा संघीय दलित शिल्पी मंच ,नेपाल ले आयोजना गरेको ७७ जिल्लाको दलित शिल्पी समुदायको प्रतिनिधित्व सहितको रास्ट्रिय राजनैतिक भेलाको बारेमा पनि उक्त भेटघाटमा छलफल भएको थियो | बैशाख २७ ,२८ गते काठमाडौँ मा हुने उक्त दलित शिल्पी रास्ट्रिय भेलामा गुल्मी ,पाल्पा जिल्लाहरुबाट उल्लेख्य सहभागिता गराउने निर्णय भएको छ |

Comments are closed.