लिम्बुवान मञ्च ताप्लेजुङको पाथीभरा-याङ्वरक गापा स्तरीय अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न,
लिम्बुवान मञ्च ताप्लेजुङको पाथीभरा-याङ्वरक गापा स्तरीय अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न,
लिम्बुवान/ताप्लेजुङ, फागुन २४, २०७६;
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा “पाथीभरा-याङ्वरक” गाउँपालिका स्तरीय अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाको ६ वटै वडा बाट अगुवा नेता कार्यकर्ताको उपस्थिति थियोे । कार्यक्रम मञ्चका पूर्व थेचम्बु गाउँ समितिको अध्यक्ष वयोवृद्ध नेता सरद मेन्याङ्बोको अध्यक्षतामा भएको थियो, भने लिम्बुवान मञ्चका उपमहासचिव इन्दिरा मेन्याङ्बो, जिल्ला अध्यक्ष भुपेन्द्र माबो, जिल्ला उपाध्यक्ष राम साम्सोहाङ, जिल्ला सचिव अशोक मादेन लगायतको उपस्थिति थियोे । साथै शेर बहादुर सेनेहाङको संयोजकत्वमा गाउँपालिका समितिको पालिका अधिवेशन आगामी चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरि सात सदस्यीय तदर्थ समिति समेत गठन गरियो ।
तदर्थ समिति,
१.संयोजक – शेरबहादुर सेनेहाङ
२.सह-संयोजक – रामकुमार खिम्दिङ
३.सदस्य सचिव- भीम सेनेहाङ
४.सदस्य – मनोज मेन्याङ्बो
५.सदस्य – चन्द्रपाल थेबे
६.सदस्य -नइन्द्र सेनेहाङ
७.सदस्य – कमल साम्सोहाङ
( असोक मादेन जी को फेसबुक वालबाट )
Comments are closed.