पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

राम ब आङबो नेपाली कांग्रेसबाट लिम्बुवान मन्चमा प्रवेस – अमुल्य समय लिम्बुवान बिरोधि पार्टीमा बिताएकोमा पछुतो

फाल्गुण २५ ,झापा ,शिबसतासी

पान्थर जिल्ला खुङवा एक्तेन मा जन्मनु भएर लामो समय समाज सेवा मा बिताउनु भएका ,स्थानीय सरस्वति मा बि को ३ अवधि संचालक समिति अध्यक्ष हुनुभएका लोकप्रिय व्यक्तित्व राम बहादुर आङबो लिम्बु नेपाली कांग्रेस पार्टी परित्याग गरेर संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपालमा प्रवेस गर्नु भएको छ | उहालाई मंचका केन्द्रीय उपादक्ष्य ज्ञानु इम्बुंग ले फाल्गुण २६ गते झापाको शिब सतासीमा मंचको सदस्यता प्रदान गर्दै हार्दिक स्वागत गरेका छन् | मंच प्रवेसको क्रममा श्री राम बहादुर आङबोले बताए – ‘ लिम्बुवान बिरोधि ,पहिचान बिरोधि पार्टीमा बसेर जीवनको अमुल्य समय बिताएको मा आफुलाई जीवनमा सबै भन्दा ठुलो पछुतो रहेको छ | कांग्रेस पार्टीले आफु र आफूजस्तै आदिबासीहरुको सुन्दर जिन्दगि खाइरहेको र आदिबासीको पहिचानको लागि प उच्चारण नगरेको यथार्थ छ ,यस्तो अवस्थामा पनि त्यो पार्टीमा रहनु भनेको लिम्बुवान भुमि र लिम्बुवान पुर्खाहरुप्रतिको बिश्वासघात हो ,त्यसैले आजको मिति देखि त्यो पार्टी परित्याग गरि बाचुन्जेल लिम्बुवान भूमिको लागि लडने प्रतिबदद्ता गर्दछु | ‘

 

 

Comments are closed.