” कस्ले भन्यो यो दुनियाँमा छैनौ?”
२०६५ /११ /६ गते गोलिको प्रहारबाट त्यागिएका
ती स्वास र भौतिक शरीर नभए त के भो?
ब्यावहारिक शिक्षा समाबेशी शिक्षा लागू गर्न
जिवनलाई धितो राख्ने एक श्रद्दा हौ तिमी
चालेका भौतिक पाइलाहरु माटोमा बिलाए त के भो?
पुर्ण समानुपातिक प्रणाली शिक्षा लागू गर्न
प्राणको बन्धकी राख्ने पहिलो आयामको
नमनीय शक्ति हौ तिमी
सदा सर्बदा ती उच्च बिचारको अनुवादक अग्रज
मनिल तामाङ प्रती
हार्दिक हार्दिक नमन ब्यक्त गर्दछौ।
– संघीय बिद्यार्थी युनियन ताप्लेजुंग नेता उमा चोङबाङ
संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान मंच ,नेपाल ताप्लेजुंग जिल्ला कार्य समितिले चैत्र ६ गते फुङलिङमा एक स्मृति सभाको आयोजना गरि शहिद मनिल तामांग प्रति भावपूर्ण श्रद्दान्जली व्यक्त गर्यो |
सो अवसरमा लिम्बुवान मंचका उपमहासचिब इन्दिरा मेन्याङबो र सचिबालय सदस्य मुक्साम लाबुंग ले शहिदको सपना जसरि भए पनि पुरा गरि छाडने प्रतिबद्दता गर्दै ,१० +१ प्रान्त को लडाइमा संघीय लिम्बुवान मंचले उल्लेख्य भूमिका खेल्ने उदघोष गरेका छन् |
Comments are closed.