पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

नो केवलकार आन्दोलन चर्किनुको नौ कारणहरु

0

मुक्कुमलुङ (पाथिभरा ) संरक्षण तथा केवलकार खारेजी संयुक्त संघर्ष समिति झापा
मिति :- २०८१ फाल्गुन ३ (दमक ,नेकपा माओबादी केन्द्रको जनसभा स्थल )

श्री माननीय भू .पु .प्रधानमन्त्री एबम नेकपा (माओबादी केन्द्र ) का श्रद्देय अध्यक्ष
पुष्प कमल दाहाल ‘’ प्रचण्ड ‘’ ज्यु ,

बिषय :- ताप्लेजुंङ जिल्लाको मुक्कुमलुङ (पाथिभरा )मा षडयन्त्रपुर्बक निर्माण भैरहेको केवलकार निर्माण कार्यलाइ तत्काल रोकी थप हिंशाबाट देशलाई बचाउन चालु प्रतिनिधि सभाको संसद बैठक अबरुद्द गरि आपतकालीन ठोस कदम चाल्न यो ज्ञापन पत्र पेश गरिएको छ |

उपरोक्त सम्बन्धमा नेपालको अरुण पूर्वको भू भागमा यहाको ढुंगा माटो (खाम्बोङबा लुम्बोङबा सा )संगै उत्पति भएका आदिबासी मुलबासी लिम्बु याक्थुङ समुदायले मुक्कुमलुङ (पाथिभरा ) लाइ आफ्नो इस्ट देब ,शिर ,माङगेना चोत्लूङ (गरिमा ,आत्मा सम्मान – dignity ,self respect ),मुन्धुमी पहाड ,आत्मिक एबम आध्यात्मिक पहाड ( soul or spiritual mountains) को रुपमा परापुर्ब काल देखि मान्दै पुज्दै ल्याएका छौ | तर , हामी लिम्बु याक्थुङहरुको आस्थाको पवित्र धरोहर यो मुक्कुमलुङ (पाथिभरा ) मा केन्द्र सरकारले राज्य शक्तिको दुरुपयोग गरि षड्यन्त्रपुर्बक तरिकाले जबर्जस्ति रुपमा केवलकार बनाउने कार्य अघि बढाइरहेको छ | केन्द्र सरकारले यस मुन्धुमी पहाडमा केवलकार बनाउने निर्णय गरेको सुनेकै दिन देखि वा बिगत ६ बर्ष देखि एक दिन एक रात चुप नबसीकन हामी सरोकार वालाहरुले केवलकार खारेजीको माग जोडदार रुपमा उठाइरहेका छौ | हामी ‘’मुक्कुमलुङ (पाथिभरा ) संरक्षण तथा केवलकार खारेजी संयुक्त संघर्ष समिति’’ को एकसूत्रीय माग सम्पूर्ण नेपाली जनताको हितमा छ ,हाम्रो माग यस प्रकार छ –‘’ मुक्कुमलुङ (पाथिभरा ) पहाडलाई सबै धर्मको भक्तजनहरुले दर्शन गर्न सक्ने पाउने प्राकृत पहाडकै रुपमा समरक्षण गरौ ,यो मुन्धुमी पहाडमा व्यापारिक केवल कार बनाउने कार्य खारेज गरौ |’’ यसरि आउने हजारौ बर्ष सम्मको नेपाली पुस्ताहरुको लागि सोचेर आवाज उठाई रहेको हामी शान्तिपूर्ण आन्दोलनकारीहरुलाइ केन्द्र सरकारले अति निर्मम तरिकाले दमन गरिरहेको छ | गत माघ १२ गते खाना खाइरहेको भक्तजनहरुलाई केन्द्र सरकार अन्तर्गत रहेको शसस्त्र प्रहरीले अधान्धुन्ध सयौ राउण्ड गोलि प्रहार गरेर सगुन लावती ,याम लिम्बु र धर्मेन पालुङवालाइ घाइते बनाएको छ ,घाइतेहरुको शरिर एपीएफ को गोलीले वारपार भएको छ | यसरि गोलि आतंक सृजना गरेर ,बन्धुकधारी सयौ शसस्त्रहरुले घेरा हालेर केवलकारको मुख्य स्टेसन धमाधम निर्माण गरिरहेका छन् | तर बन्दुकले सत्यको आवाज नरोकिने इतिहास बोकेको हामी सरोकारवालाहरु ससस्त्रको गोलि आतंक पछी अझ ससक्त रुपमा आन्दोलित भैरहेको छौ ,नेपाल र बिश्वबाट २६० वटा भन्दा बढी संगठनहरुले मुक्कुमलुङ (पाथिभरा ) मा केवलकार बन्नु हुदैन भन्ने हाम्रो आन्दोलनलाइ प्रेस बिज्ञप्ति मार्फत समर्थन दिई सकेका छन् र आवश्यक परे आन्दोलनको मैदानमा श –शरिर उपस्थित हुने निर्णयहरु पठाएका छन् र हामी

सरोकारवालाहरु यहि फागुन ६ गते देखि केवलकार निर्माण खारेज नभइन्जेल सम्मको लागि मुक्कुमलुङ (पाथिभरा )मा हजारौ को संख्यामा शान्तिपूर्ण पदयात्रा शुरु गर्दै छौ | मित्ररास्ट्रहरु चीन र भारत संग प्रत्यक्ष सिमाना जोडिएको ,हजारौ बर्ष देखि नेपालको पुर्बी सिमानाको रक्षा गर्दै आएको र एकीकरण को समयमा ‘’नहारेको भुमि ‘’ को रुपमा इतिहास चर्चित भएको यस भू –भूभाग को आदिबासी ,उत्पीडित समुदायहरुको मन दुखाएर केन्द्रीय सरकार अघि बढने दुस्प्रयास जारी राख्यो भने हामी सबैलाई घाटा हुने छ | बि .स .१८३१ पछी पहिलोपटक लिम्बु याक्थुङ समुदायलाइ मुक्कुमलुङ (पाथिभरा ) समरक्षण को मुद्दाले अभुतपुर्ब रुपमा एकजुट बनाएको अवस्था छ | यसरि मुक्कुमलुङ (पाथिभरा ) को बर्तमान घटनाक्रमहरुले गम्भिर मोड लिदै गएको अवस्था छ |
यस सन्दर्भमा नेपालका धेरै जिम्मेवार नेताहरु संबेदनहिन र उपनिबेशी चरित्रले प्रस्तुत भैरहेका छन् तर आजको उत्तरआधुनिक (post modern )युगमा अस्तित्व /सह –अस्तित्व को लडाइहरुको तरंगले विश्व तरंगित भैरहेको छ भन्ने मुख्यकुरा बुझिएमा सबैलाई भलो हुनेछ | हामी सरोकारवालाहरुको आत्मा ,नेपालको बिबिधताहरुको सह –अस्तित्व बारेमा तपाइँ श्री माननीय भू .पु .प्रधानमन्त्री एबम नेकपा (माओबादी केन्द्र ) का श्रद्देय अध्यक्ष पुष्प कमल दाहाल ‘’ प्रचण्ड ‘’ ज्यु अति सम्बेदनशील हुनुहुन्छ र उचित समयमा ठोस निर्णय लिनु सक्नु हुनेछ भन्ने हामी सबै सरोकारवालाहरुलाई बिश्वास लागेको छ किनकि बिबिधताहरुको सह –अस्तित्व रक्षाको लागि तपाइको नेतृत्वमा नेपाली इतिहासले युगिन मोडहरु पार गरेको छ | त्यसैले ,मुक्कुमलुङ (पाथिभरा ) क्षेत्रलाई थप अशान्त हुनबाट रोक्न श्रद्देय अध्यक्ष ज्यु ,तपाइकै सक्रियतामा चालु प्रतिनिधि सभाको संसद बैठकलाई अबरुद्द गरेर केवलकार निर्माण प्रक्रियालाई तत्काल रोक्न हदैसम्मको पहलकदमी लिई दिनु होला भनि यो संयुक्त ज्ञापन पत्र बुझाएका छौ |

मुक्कुमलुङ (पाथिभरा ) मा केवलकार निर्माण गर्न केन्द्र सरकारले गरेका षडयन्त्रहरु यस प्रकार छन् :-

१ , कन्चनजँगा समरक्षण क्षेत्रबाट मुक्कुमलुङ (पाथिभरा )लाइ अलग गर्ने भयङ्कर षडयन्त्र :-
केपी ओली सरकारको क्याबिनेट निर्णयले कन्चनजँगा समरक्षण क्षेत्रबाट मिति ०७५ चैत्र १८ गते मुक्कुमलुङ (पाथिभरा ) लाइ अलग गरेको रहेछ ,मुख्य षडयन्त्र यहाबाट शुरु भएको रहेछ |
जबकी रास्ट्रीय निकुन्ज समरक्षण ऐन २०२९ को दफा ३ को उपदफा २ अनुसार तत्कालिन नेपाल सरकारले रेड पाण्डा ,हिमाली भालु लगायत अति दुर्लभ बन्य जन्तुको सुरक्षाको हेतुले मिति ०५५ भदौ २९ गते मुक्कुमलुङ (पाथिभरा ) लाइ कन्चनजँगा समरक्षण क्षेत्रमा समाबेस गरि उक्त समरक्षण क्षेत्रको एरिया पूर्वमा भारतको सिमाना र पश्चिममा संखुवासभा सम्म तोकेको रहेछ |
रास्ट्रीय निकुन्ज ऐन अनुसार कन्चनजँगा समरक्षण क्षेत्रमा परिसकेको मुक्कुमलुङ (पाथिभरा )लाइ व्यापारिक केवलकार निर्माण गर्नकै लागि समरक्षण क्षेत्रबाट केपी ओली सरकारले बाहिर निकाल्ने निर्णय गर्नु भयङ्कर गलत छ ,यो गल्तिको बिरुद्धमा आवाज उठिरहन्छ |
२ , नगर सभाले मात्र अनुमति दिन सक्ने कानुन हुदा हुदै मेयरले मात्र अनुमति दिएको षडयन्त्र :-
केन्द्र सरकारको दबाबमा ताप्लेजुंङको फुङलिङ नगर पालिका को मेयरले मिति ६ जेष्ठ ०७५ मा ‘’ यात्रु रज्जुमार्ग संचालन अनुमति सम्बन्धि कार्यविधि ,२०७५ ‘’ स्वीकृत गरेर एकसाता भित्रै पाथिभरा देबी दर्शन केवलकार प्रा .लि .लाइ ‘’ संचालन अनुमति पत्र दिएको थियो |
जबकी केवलकार सम्बन्धि यस्तो अनुमति मेयर एक्लैले दिनै मिल्दैन ,कानुन मा नै नगरको नगर सभाले मात्र अनुमति दिन सक्छ भन्ने स्पस्ट उल्लेख छ |
मेयरले नगर सभा मा छलफल नै नगराए पछी त्यहाको आदिबासी लिम्बु याक्थुङहरुले कसरि थाहा पाउनु ?
त्यसैले ,नगर सभाले केवलकार निर्माण गर्न अनुमति दिएकै छैन मेयरले मात्र अनुमति दिएको छ ,यो केवलकार निर्माण प्रक्रिया अबैधानिक र षडयन्त्रपूर्ण छ |
३ , फुङलिङ नगरले ३ सय १७ रोपनी जग्गा निशुल्क दिएका र केवलकार को १२ लाख असुल गरेका छन् :-
केन्द्र सरकारको प्रत्यक्ष निर्देशनमा नगरपालिकाले केवलकार संचालन कम्पनीलाई ३ सय १४ रोपनी जग्गा ८० बर्षको लागि एक रुपिया पनि नलिई निशुल्क दिएका छन् |
केवलकार संचालन अनुमति दिए बापत नगर मेयरले नगर खातामा जम्मा हुने गरि सिर्फ १२ लाख पैसा लिएका छन् |
यी सबै षड्यन्त्रका पोकाहरु हुन् |
४ , २ बर्ष भित्रमा केवलकार बन्नु पर्ने नत्र स्वत :खारेज हुने सम्झौता गरेका रहेछन :-
बन तथा भू –समरक्षण बिभाग र पाथिभरा देबी दर्शन केवलकार बीच ०७५ पुष २९ गते दुइ बर्ष भित्रमा केवलकार शुरु गरिसक्नु पर्ने २४ बुदे सम्झौता गरेका रहेछन |
उक्त सम्झौता अनुसार मिति ०७७ पुष २९ गते केवलकार निर्माण शुरु गरि सक्नु पर्ने नत्र २ बर्षे हदम्याद को कारण स्वत :उक्त सम्झौता खारेज भै सकेको अवस्था रहेछ |
यस प्रकृतिको सम्झौताहरु नबिकरण नहुने प्राबधान रहेछ |
अहिले ,सम्झौता नबिकरण गरिसक्यौ भन्दै हल्ला पिट्दै छन् अरे ,सम्झौता भएको नभएको बारे हामी सरोकार वालाहरुले थाहा पाउनु पर्दैन ?
नेताहरुको गोजी गोजीमा सम्झौता नबिकरण गरेर सरोकारवालाहरुले मान्छन ?? अ ह ,मान्दैनौ |
५ ,केवलकार सम्बन्धि सम्पूर्ण कागजपत्रहरु लुकाइएको छ :-
केवलकार को सुरु देखि अहिले सम्मको सम्पूर्ण कागजपत्रहरु सरकारले लुकाएको छ ,हामी सरोकारवालाहरुले हेर्न चाहादा पनि हेर्न दिदैंन |
संविधानले प्रद्दत गरेको सुचनाको हक अनुसार नेपालि भूमिमा हुने निर्माण सम्बन्धि सम्पूर्ण कागजहरु सरोकार वालाहरुले हेर्न पाउनु पर्छ | कागजपत्र हरु यो सरकारले किन हेर्न दिदैंन ? किनकि त्यहा षडयन्त्र को पोका र किर्ते कुराहरु छन् |
६ , जम्मा ४ पालिका मध्ये ३ पालिकाको असहमति अनि फुङलिङको मेयर ले मात्र केवलकारलाइ अबैधानिक स्वीकृति दिएर हुन्छ ? यस्तो षडयन्त्रकारी कुरा गरेर हुन्छ ?
मुक्कुमलुङ (पाथिभरा ) मा ताप्लेजुङको ४ वटा पालिकाहरु – फक्तांङलुङ ,श्री जंगा ,पाथिभरा याङवारक र फुङलिङ पालिकाहरुको भूगोल पर्दछ | त्यसमध्ये ३ पालिकाहरुलाई केवलकार निर्माण बारे केहि थाहा नै दिएको छैन र केवलकार द्वन्द को बिषय हुनु हुदैन भन्ने उहाहरुको मत छ ,तर फुङलिङको मेयरले मात्र अबैधानिक स्वीकृत दिएका छन् ,अबैधानिक यस अर्थमा कि केवलकार मेयर ले होइन नगर सभाले मात्र निर्णय गर्न सक्छन |
यसरि फुङलिङ को मेयरलाई केन्द्रले प्रायोजित रुपमा जबर्जस्ति अबैधानिक कार्य गर्न उकासिरहेको छ | यो भयङ्कर षडयन्त्र हो |
७ ,बन फडानी गर्दा समुदायलाई असर हुनु हुदैन भन्ने स्पस्ट कानुन छ :-
केपी ओली सरकारले २०७५ पुष १६ गते मुक्कुमलुङ (पाथिभरा ) क्षेत्रको हजारौ बहुमुल्य रुखहरु काटने अनुमति बन ऐन २०४९ को दफा ६८ को दुरुपयोग गरेर दिएका छन् |
तर त्यहि बन ऐन को दफा ६८ को उपदफा २ ले बनको प्रयोग गर्न स्वीकृति दिदा व्यक्ति वा समुदायलाइ कुनै हानी नोक्सानी पुग्ने भए सरकारले उपयुक्त ब्यबस्था गर्नु पर्ने भनेर किटेर नै लेखेको छ |
निकुन्ज क्षेत्र भित्र परिसकेको बन ,हाम्रो आस्थाको पहाड मुक्कुमलुङ (पाथिभरा )को बन काटिदा हामी मुन्धुम मा बिश्वास गर्ने ,प्रकृतिलाई देवता मान्ने आदिबासीहरुको मन रोयो ,आत्मा भडकियो ,मान्ग्गेना ढल्यो ,हामी बिरामी पर्यो अनि हामीले ‘ नो केवल कार ‘’ आन्दोलन अघि बढायौ ,अनि त्यहि ऐन को उपदफा २ अनुसार यो सरकार किन बोल्दैन ? किन हामीलाई बन्दुकले किल्चन खोज्छ ?
८ ,नो केवलकार को आन्दोलन संबिधान सम्मत छ ;-
नेपालको संबिधान ,२०७२ को धारा ३२ (३ )मा स्पस्ट उल्लेख गरिएको छ – ‘’ नेपालमा बसोबास गर्ने प्रत्येक नेपालि समुदायलाई आफ्नो भाषा ,लिपि ,सस्कृति ,सास्कृतिक सभ्यता र सम्पदाको सम्बर्दन र समरक्षण गर्ने हक हुनेछ |’’
मुक्कुमलुङ (पाथिभरा ) हाम्रो सभ्यता हो हाम्रो सम्पदा हो त्यसैले मुक्कुमलुङ (पाथिभरा ) मा व्यापारिक केवलकार निर्माण को खारेजी नभये सम्म हाम्रो संबिधान प्रदत्त लडाई जारी रहन्छ |
९ ,सरकारले बाराम्बार सहमति उल्लङ्घन गरेर जबरजस्ती केवलकार निर्माण गर्दै छ :-
मिति २०७७ /०४ /९ मा मुक्कुमलुङ संयुक्त संघर्ष समिति र जिल्ला प्रसासन कार्यालय ताप्लेजुङ सहित सबैपक्षको छलफलबाट सहमति नभए सम्म सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो |
०८१ /१० /२२ गते सरकारी बार्ता टोलि र संयुक्त संघर्ष समितिको बार्ता सहजीकरण टोलि बीच काठमान्डू मा भएको सहमतिमा केवलकार निर्माण तत्काल रोकेर शिर्ष तहको बार्ता शुरु गर्ने सहमति भएको थियो |
तर हरेक पटक ,सरकारले सहमति तोडेर जबर्जस्ति केवलकार निर्माण कार्य अघि बढाईरहेको छ ,
र हामी संयुक्त संघर्ष समिति आन्दोलन को कार्यक्रम घोषणा गर्न बाध्य भैरहेका छौ |

हिमालय कन्दंङवा – झापा जिल्ला संयोजक ,संयुक्त संघर्ष समिति

संयुक्त संघर्ष समितिमा आवबद्द झापा जिल्ला स्तरीय संगठन हरु :-
किरात याक्थुङ चुम्लुङ – झापा जिल्ला अध्यक्ष –सेसेहाङ फियाक
किरात याक्थुङ चुम्लुङ –झापा जिल्ला सचिब – भिम माया नेम्बाङ
किरात राइ यायोखा – झापा जिल्ला अध्यक्ष – गणेश राइ
किरात याखा छुम्मा –झापा जि.अध्यक्ष – टेक बहादुर देवान
आदिबासी जनजाति महासंघ – झापा जी अध्यक्ष -पाण्डव लाल चौधरी
संघीय लोकतान्त्रिक रास्ट्रीय मंच –संघीय लिम्बुवान प्रान्तीय मंच – झापा जिल्ला अध्यक्ष –राजा आङथुपो
पहिचानबादी मोर्चा –झापा जि सह संयोजक –काली बहादुर खेवांग
ज .स .पा .- झापा जि अध्यक्ष –समर कुमार राइ
कि ध सा उ संघ – झापा जिल्ला अध्यक्ष – लक्ष्मी योङहाङ
ज .स .पा ,नेपाल – झापा जि अध्यक्ष –शत्रुघन चौधरी
लिम्बुवान मुक्ति मोर्चा ,नेपाल –झापा जि अध्यक्ष – जस ब जबेगु
नागरिक उन्मुक्ति पार्टी –झापा जि अध्यक्ष – थिर बहादुर खवास
नेपाल जनमुक्ति पार्टी – झापा अध्यक्ष – भवानी बिक्रम सेलीङ
याक्थुङ युवा मंच – झापा सचिब – बिक्रम लावती
एम .एन .ओ (डि.जे .जे .) –मोहन सेरेङ

Leave A Reply

Your email address will not be published.