पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

मेन्छ्यायेम गाउँ समिति गठन

गत फागुन २८ गते संघीय लिम्बुवान मञ्च मेन्छ्यायेम
गाउँपालिका गठन भयो। मञ्चका केन्द्रीय उपाध्यक्ष तथा तेह्रथुम इन्चार्ज चन्द्र खापुङको प्रमुख आतिथ्यता तथा संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेरको उपस्थिति
एवं पञ्चबहादुर पङधाकको अध्यक्षतामा दुर्गाप्रसाद
लुम्फूङवाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भयो। जसमा, उपाध्यक्षद्वय टेकेन्द्र पङधाक, हिमालध्वज खापुङ, सचिव पञ्चबहादुर पङधाक, अर्थसचिव खिरराज खापुङ र सदस्यहरुमा क्रमश: प्रेमबहादुर लुम्फूङवा, उपेन्द्र लुम्फूङवा, सचिन लुम्फूङवा, लक्ष्मी लुम्फूङवा, काजीबहादुर पङधाक, वीरेन्द्र पङधाक, सन्तोष खापुङ, पूर्णबहादुर खापुङ, पुरनकुमार खापुङ, धनबहादुर खापुङ, टंकबहादुर नेपाली र तिलबहादुर नेपाली छन्। सल्लाहकारहरुमा कुमार लुम्फूङवा,
दूर्गाबहादुर लुम्फूङवा र नन्दप्रसाद पङधाक छन्।

Comments are closed.