प्रेस विज्ञप्ति
विगत लामो समयदेखि संघीय लिम्बुवान मञ्च, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले देशको आमूल परिवर्तनको लागि निरन्तर आन्दोलन गरिरहेको विषयमा दुईमत छैन। देशको संविधान संशोधन गर्दै १०+१ प्रान्त पहिचानको आधारमा निर्माण गरिनुपर्ने एजेन्डामा निरन्तर आन्दोलन बढिरहने प्रष्ट राख्न चाहान्छौं।
प्रदेश नं. १ को स्थायी राजधानी र नामाकरण दलीय सहमतिबिना दुई तिहाई बहुमतको आडम्बरमा मनोपोली ढंगले सरकार र संसद बढ्न खोजेकोले, प्रदेश नामाकरण लिम्बुवान र किरात खम्बुवान घोषणा गराउन र स्थायी राजधानी एतिहासिक विजयपुर क्षेत्रलाई राजधानी घोषणा गराउन प्रदेश संसद सशक्त ढंगले अनिश्चितकालीन घेराउ कार्यक्रम सार्वजनिक गर्दछौं र प्रदेश सरकार र प्रदेश संसदले आन्दोलनको भावना नसमेटे कडाभन्दा कडा थप आन्दोलन घोषणा गरेर जाने पनि जानकारी गराउ“दछौ। यस पहिचानको आन्दोलनमा समस्त पहिचानवादी राजनैतिक दल, सामाजिक÷जातीय संघ संगठन र नागरिक समाजलाई सक्रिय सहभागिता जनाउन हुन आव्हान समेत गर्दछौं।
जय लिम्बुवान । जय १०+१ प्रान्त।
ज्ञानबहादुर गुरुङ
कार्यवाहक अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
संघीय लिम्बुवान मञ्च, नेपाल
केन्द्रीय कार्यसमिति, इटहरी
Comments are closed.