२०७६ असार १७
लोकसेवा आयोगको असंबैधानिक असमानुपातिक बिज्ञापन सदर गर्ने सर्बोच्च आदलतको निर्णयको घोर बिरोध गर्दछौ
लोकसेवा आयोगले २०७६ जेष्ठ १५ गते ९,१६१ रिक्त स्थानको लागि आब्हान गरेको बिज्ञापन असंबैधानिक असमानुपातिक छ भनेर हामि आदिबासी ,दलित शिल्पी ,मधेशी समुदायले जोडदार रुपमा बिरोध गर्दै आइरहेको छौ | नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ | संघीयता भनेको केन्द्र र प्रान्त दुइ सरकार हुन्छ – केन्द्रले रक्षा ,पररास्ट्र र मुद्रा हेर्छ र बाकि सम्पूर्ण अधिकारहरु प्रान्त सरकार मातहत हुन्छ भनेर हामीले संसारको राजनैतिक शास्त्रमा पढ्दै आएको हो | तर नेपालका ब्राह्मण नेताहरुले नेतृत्व गरेका तत्कालिन तीनवटा पार्टीहरु काग्रेस ,एमाले र माओ मिलेर संसारमा कहिँ नभएको तीन सरकार केन्द्र ,प्रान्त र स्थानीय सरकारको अवधारणको अराजकतामा देशलाई धकेलेका छन् | यी तीन पार्टीका ब्राह्मण नेताहरुले प्रान्तलाई कम्जोर पारेर प्रान्त सिध्याउनको लागि स्थानीय सरकारको अबधारणा ल्याएका हुन् | तर अन्तरास्ट्रिय अनुभवमा केन्द्र र प्रान्त दुइ सरकार हुन्छ र स्थानीय निकाय हुन्छ ,स्थानीय सरकार हुदैन | तर यी तीन दलका ब्राह्मण नेताहरुले आदिबासी ,दलित शिल्पी ,मधेशीहरुले कहिले पनि प्रान्त नपाउन भनेर यो स्थानीय निकायलाई सरकार बनाएका हुन् | तर ,अहिले स्थानीय निकायमा देखिएको अराजकता हेर्दा पहिचानबादी समुदायलाई सिध्याउन ल्याएको स्थानीय सरकारले देश नै सिध्याउने लगभग निश्चित छ |
केन्द्र र प्रान्तको चुनाब प्रतक्ष्य र समानुपातिक आधारमा गरिएको छ | केन्द्र र प्रान्तको चुनाबमा महिलाहरुले पाउने ३३ % समानुपातिकमा कडाइका साथ् आदिबासी ,खसआर्य ,मधेशी ,दलित शिल्पी ,मुश्लिम महिला समुदाय भनेर प्रतिशतको आधारमा सिटहरु मिलाइएको छ | यहाँ ,केन्द्र र प्रान्तको चुनाब प्रत्यक्ष र समानुपातिक आधारमा हुने ,महिलाहरुको ३३ % पनि समुदायको आधारमा प्रतिशत कोटा छुट्टिने तर लोकसेवा आयोगले बिज्ञापन निकाल्दा चाहि संघीयतामा नै नभएको स्थानीय सरकारलाइ आधार मानेर निकाल्ने अनि महिलाहरुको ३३ % कोटा भित्रको समानुपातिकबारे नबोल्ने ? लोकसेवा आयोगको यो बिज्ञापन सय प्रतिशत संघीयता बिरोधि ,संबिधान बिरोधि र आदिबासी ,दलित शिल्पी ,मधेशी बिरोधि छ | यस्तो असंबैधानिक बिज्ञापनलाइ ठिक छ भनेर २०७६ आसार १६ गते निर्णय गर्ने सर्बोच्च अदालत झन् संबिधान ,संघीयता र अग्रगमन बिरोधि भएको प्रस्ट भएको छ | सर्बोच्च अदालातको यो निर्णयलाइ संघीय लोकतान्त्रिक रास्ट्रीय मंच र यस मंच आवब्द्द सबै प्रान्तीय मंचहरुले घोर बिरोध र अस्विकार गर्दछौ | आयोगको यो समानुपातिक समाबेशी बिरुद्ध बिज्ञापन र सर्बोच्चले त्यहि गलतलाइ सहि भन्ने निर्णयले आगामी दिनमा नेपालमा जातीय ध्रुविकरण तिब्रहुने र जातीय द्वन्द बढने निश्चित छ ,यसले देशलाई पुग्ने क्षतिको जिम्मेवार कम्युनिस्टहरुको दुइ तिहाइ सरकार ,आयोग र अदालत हुनुपर्नेछ | सम्पूर्ण समानुपातिकबादीहरुको संयुक्त मोर्चा बनाएर वारपार को लडाई लडन यस मंच सदैव तयार छ | अलिक बढी सहकार्य ,छलफल गरेर आन्दोलन घोषणा गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ |
कुमार लिंङदेन मिराक ,अध्यक्ष
मिति २०७६ /०३ /१७
Comments are closed.