पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

२०७६ पुस २

प्रेस –बिज्ञप्ति

प्रदेश न. १ लाइ ‘लिम्बुवान किरात खम्बुवान ‘ नामाकरण गराउन ससक्त आन्दोलन शुरु गरिने छ

यहि मिति २०७६ मंगसिर २९ र ३० गते संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय लिम्बुवान मंच ,नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक ज्युको अध्यक्षतामा यस मंचको प्रान्तीय मिटिंग धरानमा बसी निम्न निर्णयहरु पारित गरेको छ :-

१ , अध्यक्ष कुमार लिंङदेन मिराक द्वारा प्रस्तुत राजनैतिक प्रतिबेदन ,मंचका अर्थसचिब बिष्णु कुमार लिम्बु / दिपा लिम्बुको तर्फबाट आर्थिक प्रतिबेदन ,प्रान्तीय अर्थ संयोजक उपादक्ष्य ए.बि .पन्धाकबाट चुनाबी आर्थिक प्रतिबेदन ,प्रवास समितिहरु र अन्तरास्ट्रिय प्रवास समन्वय मन्चबाट प्रस्तुत सुझावहरु थप राय सुझाब सहित पारित भएको छ |

२ , प्रदेश न .१ लाइ ‘’ लिम्बुवान किरात खम्बुवान ‘’ नामाकरण गराउन यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच ,संघीय लिम्बुवान मंच ,नेपालले जीवन मरणको सडक आन्दोलन अघि बढाउने निर्णय गरेको छ | उक्त निर्णायक आन्दोलनको लागि पहिचान पक्षधर सबै पार्टी ,समुदाय ,व्यक्ति ,सस्था ,नागरिक समाजसंग सहकार्य ,गठबन्धन गरिने छ र मंचको सबै जनबर्गीय संगठनहरु ,सबै तहका समितिहरु ,लिम्बुवान भोलेन्टियर्सहरुलाई आन्दोलनको लागि आजै देखि चुस्त दुरुस्त पारिने छ | यस आन्दोलनलाइ ससक्त बनाउन आन्दोलन समिति गठन गरिएको छ :- १ ,संयोजक – महासचिब शान्ता योङयाङ ,२ ,सदस्य – सचिब तथा एल भी प्रबक्ता राजु राइ ,३ सदस्य –सचिब गजेन्द्र चोङबाङ क्याक ,४ सदस्य – संघीय दलित शिल्पी मंच अध्यक्ष रमेश गजमेर , ५ – सुनसरी जिल्ला अध्यक्ष अमर इजम ,६ ,मोरंग जिल्ला अध्यक्ष – दिलु लिङदेन ,७ ,झापा जिल्ला अध्यक्ष – धन बहादुर पन्धाक |

३ , ७ प्रान्तलाइ संसोधन गरेर १० +१ प्रान्त कायम नभइन्जेल प्रत्येक असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने र आउने सालमा लिम्बुवानमा जस्तै अन्य १० +१ प्रान्तहरुमा पनि असोज ३ कालो दिन ससक्त रुपमा मनाउन मंचले सम्पूर्ण भूमिका खेल्ने निर्णय गरिएको छ |

४ , उपनिर्बाचन परिणामलाइ विश्लेषण गर्दा मंचको अधिकाम्स समय ,जन –धन शक्ति पहिचान सहितको संघीयता ,प्रदेश न .१ को नामाकरण, ऐतिहासिक विजयपुर बचाउ आन्दोलन ,नया बानेश्वोरमा पाच दिने बृहत धर्ना , आरक्षण हटाउने लोकसेवा बिरुद्दको लामो आन्दोलन ,असोज ३ कालो दिन ससक्त बनाउने कार्यक्रम ,आन्दोलनको लागि जनजागरण आमसभाहरु गर्दा खर्च भएको छ ,एक प्रकारले भन्ने हो भन्ने नेपालको पहिचानको सडक आन्दोलन यहि मंचले मात्र थामिरहेको छ ,निरन्तर सडक आन्दोलनको व्यस्तताले गर्दा गाउ गाउमा गएर संगठन बिस्तारको अभियानहरु केहि कमि भएकै रहेछ | अब मंचले आन्दोलन र चुनाबी तयारि दुबैलाई संग संगै अघि बढाउने छ | मंचले सडक आन्दोलनको ब्यबस्थापनमा जुन क्षमता हासिल गरेको छ उक्त क्षमतालाई गाउ गाउमा संगठन बिस्तारमा पनि लगाउने हो भने नेकपा र कांग्रेस संग मंचले सजिलै प्रतिस्पर्धा गर्न सक्ने ठहर गरेका छौ |

चैत्र पहिलो हप्तामा हुने अर्को प्रान्तिय मिटिंगमा लिम्बुवानको ९ जिल्ला सहित २५ जिल्लाको सबै नगर ,गाउपालिकाहरुको अध्यक्ष ,उपादक्ष्य र वार्ड अध्यक्षहरुको सम्भावित उम्मेद्वारहरुको नामावली अनिबार्य पेश गर्ने र मंचको ४ बर्षे प्लानलाइ हरहालतमा सफल बनाउने |

यो बर्ष भरिमा थप १० हजार क्रियाशील सदस्यता वितरण गरिसक्ने |

५ ,नेपाल र भारत बिचको सिमाना बिबाद सह –अस्तित्वको आधारमा ,ऐतिहासिक प्रमाणहरु पेश गर्दै कुटनैतिक बार्ता द्वारा समाधान गरिनु पर्दछ | प्रधानमन्त्रीले यस सम्बन्धमा बोलाएको सर्बदलीय मिटिंगमा मंचलाई नबोलाएकोमा खेद व्यक्त गरिएको छ |

६ , लिम्बुवान आन्दोलनमा निरन्तर लागिरहनु भएका फुलमाया लिम्बु ,भरतमणि थामी र भुवानी प्रसाद लिम्बु लाइ संघीय लिम्बुवान मंच ,नेपालको प्रान्तीय पहिचान समिति सदस्यमा मिटिंगले मनोनित गरेको छ |

६ , मंचको पहिचान सहितको १० +१ प्रान्त प्राप्तिको नीति ,संगठानिक समर्चना ,दर्शन, आन्दोलनकारी कार्यशैली ,मध्यममार्गीय विश्व दृस्टीकोणलाइ अझ मजबुत बनाउदै चाडो लक्ष्य प्राप्ति गर्न नागरिक समाज ,बिभिन्न पहिचानबादी पार्टीहरु ,समुदाय ,व्यक्तिहरु संग सहकार्य ,गठबन्धन ,एकता ,बार्ता ,बहस गर्दै चाडो भन्दा चाडो १० +१ प्रान्तहरुमा मंचको संगठन बिस्तार गर्न एक समिति निर्माण गरिएको छ :- १ ,संयोजक – बरिस्ठ उपादक्ष्य ज्ञान बहादुर गुरुङ ,२ ,सदस्यहरु – उपादक्ष्य विसेन्द्र चेम्जोंङ ,३ , उपादक्ष्य – चन्द्र खापुंङ ,४ ,उपादक्ष्य –एबी पन्धाक ,५ ,महासचिब – अशोक चेम्जोंङ ,६ ,महासचिब – थांङसाङ लावती ,७ ,महासचिब –यलम्बर खम्बु ,८ ,महासचिब – संगम खनाल ,९ सचिब – बिष्णु भट्टराई |

जय १० +१ प्रान्त ,जय लिम्बुवान |

अशोक चेम्जोङ ,महासचिब

Comments are closed.