प्रेस बिज्ञप्ति
दाप सहितको खुकुरी चिन्हमा मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौ |
यहि २०७६ मंगसिर १४ गते सम्पन्न उपनिर्वाचनमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच र यस मंच सम्बद प्रान्तीय मंचहरुले बाग्लुङ जिल्लाको २ (२ ) मा र भक्तपुर जिल्लाको १ (१ ) मा प्रदेश सभा सदस्य , सुनसरीको धरान उपमहानगर पालिकाको मेयर पद र वार्ड न .७ को वडा अध्यक्ष , पान्थर जिल्लाको फाल्गुनन्द गा पा र सङखुवासभा जिल्लाको मकालु गा पा मा गाउपालिका अध्यक्ष , पान्थर जिल्लाको फेदेन -१ र हिल्लिहांङ -७ को वडा अध्यक्ष पदहरुमा उम्मेद्वारी दिएका थियौ | निर्बाचन भएका क्षेत्रका मतदाताहरुले मंचको उम्मेद्वारहरुलाइ चुनाब चिन्ह दाप सहितको खुकुरीमा सम्मानजनक मत दिनु भएको छ ,धरान जस्तो सचेत र रास्ट्रिय राजनीतिमा नै प्रतक्ष्य प्रभाव पार्ने उ .म.न .पा .मा मंचलाई तेस्रो राजनैतिक दलका रुपमा धराने जनताहरुले स्थापित गर्नुभएको छ | दाप सहितको खुकुरीमा सम्मानजनक मत दिनुहुने सम्पूर्ण मतदाताहरुलाई यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच र सम्बद प्रान्तीय मंचहरुको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ |
मत परिणामहरु हेर्दा हिजो एउटाले जितेकोमा अर्को र अर्कोले जितेकोमा अर्को विजय भएको अवस्था छ | यसबाट के प्रस्ट हुन्छ भने अब नेपाली जनताहरु कुनै एउटा पार्टीको पकडमा दास भएर बस्न छोडिसके र मतदाताहरुको मन बदलिरहेको छ र आमुल परिवर्तनकारी राजनैतिक दलको खोजिगरिरहेका छन् | लौरो उठाउदा पनि जित्छ भन्ने कम्युनिस्ट र कांग्रेस दुबैको किल्ला जनताले भत्काई दिएका छन् | यसको अर्थ अब जनताहरु हिजोको जस्तो बैचारिक संकीर्णतामा छैनन ,बिचारले भन्दा पनि सहि समर्चानाले नै नेपाली जनतालाई मुक्ति दिन्छ भनेर जनताले कुरा बुझ्न थालेको अवस्था छ | जनताहरुको मनमा आएको यो सकारात्मक परिवर्तनले सह –अस्तित्वबाद ,सामुदायिक समाजबाद ,सघिय इको –इकोनोमी ,१० +१ प्रान्त जस्ता फरक दृस्टीकोण बोकेर नेपाली जनतामाझ क्रियाशील भैरहेको संघीय लोकतान्त्रिक रास्ट्रिय मंच अझ बढी उत्साहित भएको छ | अब इमान्दार भएर राम्रो काम गरियो भने अवश्य जनताको साथ् सहयोग हुनेछ भन्ने निस्कर्षमा पुगेका छौ |
जनताले दिएको मतलाई शिरोपर गर्दै १० +१ प्रान्तको मुद्दामा अझ जुझारु भएर अघि बढने प्रण गर्दै सम्पूर्ण मतदाता ,सबै तहको मंचको समिति र नेत्रित्वहरू ,उम्मेद्वारहरु ,सहयोग दाताहरु ,प्रवास समितिहरु ,अ .प्र.स .मंच लगायत सबैमा पुन धन्यवाद ज्ञापन एबम आभार प्रकट गर्दछौ | जय लिम्बुवान ,जय १० +१ प्रान्त |
कुमार लिङदेन मिराक ,अध्यक्ष
Comments are closed.