गत पुस ४ गते इलामको चुलाचुलीमा संघीय लिम्बुवान मञ्चको कार्यकर्ता भेटघाट, संगठन सुदृढिकरण, अन्तक्र्रिया तथा क्रियाशील सदस्यता वितरण कार्यक्रम संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
सोही क्रममा अध्यक्ष कुमार लिङ्देनले भने, ‘गत उपनिर्वाचनमा कांग्रेसको गढमा कांग्रेस हार्यो, नेकपाको गढमा नेकपा हार्यो। जनताहरु सत्ताबिरोधी धारमा जाँदैछन्, जनताले परिवर्तन खोजेका छन्, हिम्मत भएको नेता र पार्टी खोजेका छन्, त्यो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पूरा गर्नेछ।’
अध्यक्ष लिङ्देनले थपे, ‘देशको मुख्य शत्रु कर्मचारीतन्त्र हो, अब कर्मचारीतन्त्र नै नेकपा र कांग्रेसको छ तब यिनीहरुले कसरी परिवर्तन ल्याउन सक्छन्? त्यसैले मञ्चजस्तो सर्वथा नयाँ शक्ति सत्तामा पुग्नुपर्छ।’
आक्रोश पोख्दै स्वरमा अध्यक्षले आव्हान गरे, ‘संसदमा पुगेर नेकपा र कांग्रेसको भ्रस्ट सांसदहरुलाई मोबाइल र जुत्ताको झटारो हान्ने आँट संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र कुमार लिङ्देन ‘मिराक’ को टिमसँग मात्र छ, त्यसैले मञ्चलाई एकपल्ट सबै नेपाली जनताहरुले साथ दिनुपर्दछ।’
चुलाचुली १ मा रत्न तिरुवाको सभापतित्वमा भएको सो कार्यक्रममा स्थानीय वडा अध्यक्ष धु्रव लावती, मञ्चको सचिवालय सदस्य सुकबहादुर थेगिम र संघीय दलित शिल्पी मञ्चकी महासचिव शर्मिला बागचन्दले मन्तव्य दिएका थिए।
यस कार्यक्रममा कांग्रेस र नेकपा त्यागेर लिम्बुवानमा प्रवेश गर्ने ३० जनालाई स्वागत गर्नुका साथै एकसय जना सक्रिय कार्यकर्ताहरुलाई संलिमञ्चको क्रियाशील सदस्यता बितरण भयो।
Comments are closed.