पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

तेह्रथुमको छथर शुक्रबारेमा लिम्बुवान

संघीय लिम्बुवान मञ्चको चौथो चरणको जनजागरण अभियानअन्तर्गत गत पुस ५ गते तेह्रथुमको छ थर शुक्रबारेमा भव्यतापूर्वक लिम्बुवानी कार्यक्रम सम्पन्न भयो।

सलिम नेपालका उपाध्यक्ष, तेह्रथुम इन्चार्ज तथा यस अभियानका संयोजक चन्द्र खापुङको साथमा प्रमुख अतिथिका रुपमा लिम्बुवानका प्रान्तीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कुमार लिङ्देनले भने, ‘सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च भाषा, इतिहास र भूमी कुनै पनि समुदाय र देशको भूमि हो। हामीसँग एटम बम छैन त्यसैले देश रक्षाको लागि पनि इतिहासको हतियारहरु तयारी बनाउनु पर्छ। नेपालको इतिहास मजबुत पार्नको लागि पनि लिम्बुवान, खम्बुवान, दलित शिल्पि … को ईतिहास मजबुत पारेर १०ं१ प्रान्त कायम गरिनु पर्दछ।’

सलिम छ थर गापा अध्यक्ष सुकबहादुर लिम्बुको सभापतित्वमा भएको यस कार्यक्रममा सलिम तेह्रथुम इन्चार्ज चन्द्र खापुङ, सघीय दलित शिल्पी मञ्च अध्यक्ष रमेश गजमेर तथा महासचिव शर्मिला बागचन्द, संघीय बिध्यार्थी युनियन अध्यक्ष सेसेहाङ चोङबाङ, संघीय लिम्बुवान सामाजिक मञ्च कतार महासचिव नगेन्द्र साँवा, केन्द्रीय सदस्यत्रय दिल पाक्सावा, मृग्रेन्द्र इङनाम र शंकरमान खेवा, तेह्रथुम अध्यक्ष विजय निङलेखु तथा स्थानीय बुद्धिजीवी मनिन्द्र साँवाले मन्तव्य दिएका थिए।

सलिम छथर वडा २ अध्यक्ष नरसिं पाक्साँवा सञ्चालन गरेको सो कार्यक्रमको स्वागत मन्तव्य सलिम छथर अर्थसचिव योगेन्द्र पाक्साँवाले गरेका थिए।

Comments are closed.