पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

तेह्रथुमको सक्रान्ति बजारमा लिम्बुवान

आठराईबाट दिल पाक्सावा

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँपालिकास्तरीय एकदिने अन्तक्र्रिया तथा भेटघाट कार्यक्रम सक्रान्ति बजारमा पुस १० गते सम्पन्न भएको छ। यो कार्यक्रम सलिको चौथो चरणको जनजागरण अभियानअन्तर्गत भएको हो।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष एवं सलिम प्रान्तीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को प्रमुख आतिथ्यता कार्यक्रम भएको हो। सलिम उपाध्यक्ष तथा तेह्रथुम जिल्ला इन्चार्ज चन्द्र खापुङ, संघीय दलित शिल्पी मञ्च, नेपालका केन्द्रीय अध्यक्ष रमेश गजमेर र महासचिव शर्मिला बागचन्दको विशेष आतिथ्यतामा भएको सो कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य शंकरमान खेवा, केन्द्रीय सदस्यहरु क्रमश: सेसेहाङ चोङबाङ, दिल पाक्सावा, मृगेन्द्र इङनाम र राम इङनाम, कृष्ण कन्दङवा, लक्ष्मी कन्दङवा, जिल्ला अध्यक्ष विजय निङलेखु लगायतको उपस्थिति रहेको थियो।

जिल्ला समिति तेह्रथुमको आयोजना र आठराई गाउँपालिका समितिको व्यवस्थापनमा संचालित कार्यक्रममा आठराई गापा समितिका अध्यक्ष विकास इङनामको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन देवी कन्दङवाले गरेका थिए भने स्वागत मन्तव्य संघीय दलित शिल्पी मञ्च, आठराई अध्यक्ष चन्द्र विश्वकर्माले गरेका थिए।

Comments are closed.