पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

तेह्रथुमको पोक्लाबाङमा लिम्बुवान

पोक्लाबाङबाट दिल पाक्सावा

संघीय लोकतान्त्रिक  राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, नेपालको फेदाप गाउँपालिका स्तरिय १ दिने अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम गत पुस ९ गते तेह्रथुमको फेदाप गापा, पोक्लाबाङ औशी बजारमा सम्पन्न भएको छ ।
पार्टिका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यमा र केन्द्रीय उपाध्यक्ष तथा तेह्रथुम जिल्ला इन्चार्ज चन्द्र खापुङ, संघीय दलित शिल्पी मञ्च, नेपालका केन्द्रीय अध्यक्ष रमेश गजमेर र महासचिव सर्मिला वागचनको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य संकरमान खेवा, केन्द्रिय सदस्य सेसेहाङ चोङबाङ, केन्द्रिय सदस्य दिल पाक्सावा जिल्ला अध्यक्ष विजय निङलेखु लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला समिति तेह्रथुमको आयोजना र मेयङलुङ  नगरपालिका समितिको व्यवस्थापनमा संचालित  कार्यक्रममा फेदाप गाउँपालिका समितिका अध्यक्ष तिलविक्रम चङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन दिलिप निङलेकुले गर्नुभएको थियो। सोही कार्यक्रममा प्रमुख अतिथिबाट पार्टीको फेदाप गाउँपालिका कमिटीको कार्यालय उद्घाटन भएको थियो ।

Comments are closed.