मिति २०७६ /१० /१०
सोनाम ल्होसारको शुभकामना
२८५६ सोनाम ल्होसारको शुभ उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदाय ,तामाङसालिङबासि जनसमुदाय र नेपाली दाजुभाई दिदीबहिनीहरुमा यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच सम्बंद्द संघीय तामाङसालिङ मंच ,नेपालको तर्फबाट सु स्वास्थ ,दिर्घायु एबम प्रगतिको शुभकामाना दिन चाहान्छौ | भर्खरै प्रदेश न .३ को प्रदेश सभाले यस ऐतिहासिक तामाङसालिङ –नेवा क्षेत्रलाई बागमती प्रदेश भनेर नाम राखेको छ ,यो पहिचान बिरोधि बागमती प्रदेशलाई यस मंच कुनै हालतमा स्वीकार गर्दैन | हामी तामाङ लगायत सबै आदिबासीहरुको सबै भन्दा महत्वपूर्ण बिषय भनेको मातृभाषालाइ कक्षा एक देखि लोकसेवा आयोग सम्म लागु गराउनु र उक्त मातृभाषा उत्पति भएको ऐतिहासिक भूमिलाइ तामांङसालिङ स्वायत्त प्रान्तको रुपमा स्थापना गराउनु नै हो | तर अहिले , केहि समयको लागि औपनिवेशिक एकात्मक शक्तिहरुले पहिचानलाई पेले जस्तो देखिए पनि अन्तत पहिचानकै जित हुनेछ | सम्पूर्ण तामाङ समुदाय र तामाङ संघ सस्थाहरु एकढिक्का भएर तामाङसालिंङ प्रान्तको लागि संघर्ष गरौ ,अवश्य पनि चाडै हाम्रो पहिचानयुक्त प्रान्त प्राप्त हुनेछ र तामाङ समुदायको हरसुखदुखमा यस संघीय तामाङसालिङ मंच ,नेपाल सहयोग ,साथ् र नेतृत्व दिन तयार रहेको पनि जानकारी गराउदै छौ |
जय तामाङसालिङ , जय १० +१ | ल्होसारको सबैमा शुभकामना |
मिङमार लामा ,अध्यक्ष
Comments are closed.