उर्लाबारीबाट लिम्बुवानको जनजागरण अभियान शुरु ,२०७६ माघ १०
संघीय लिम्बुवान मञ्च, नेपाल उर्लाबारी नगर समितिको आयोजनामा उर्लाबारी स्थित किरात राई यायोक्खाको सभाहलमा १ दिने
लिम्बुवान जनजागरण कार्यक्रम मञ्चका केन्द्रीय उपमहासचिव तथा मोरङ् जिल्ला का.वा. इन्चार्ज दिल कुमार लावतीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी मोरङ् जिल्लाको लिम्बुवान जनजागरण अभियान शुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लावतीले पहिचान सहितको १०+१ प्रान्त स्थापनार्थ विगत १५ बर्ष देखि अनवरणत रुपमा लढिरहेको एक मात्र पहिचानवादी संघीय पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विकल्पमा अर्को पार्टी नभएको बताउनु भएको छ । त्यसैगरी लावतीले मञ्च नेपालका एक मात्र संघीय पार्टी भएकोले यो मञ्चको १० वटा प्रान्तीय मञ्चहरु र १ गैरभौगोलिक मञ्च सहितको १०+१ प्रान्तहरुको अवधारणा अनुरुप पार्टी निर्माण भएको हुँदा सबै संघीयवादी शक्तिहरु यो मञ्चमा एक्ताबद्ध भए एकात्मक राज्य सत्ताको विरुद्धमा लढ्नु पर्ने वताउने भएको छ ।
कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य रामचन्द्र थापा मगर, केन्द्रीय सदस्य तथा कलाकार मञ्चका अध्यक्ष हरिराज खिम्दिङ्, जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, जिल्ला बरिष्ठ उपाध्यक्ष जीवन खेवा, जिल्ला सचिवालय सदस्य इन्द्र कुरुम्बाङ्, जिल्ला सदस्य शान्ता लिम्बु लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा राम लिम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो भने उर्लाबारी मञ्चका अध्यक्ष बरुण लावुङ्को सभाध्यक्षता र सह–सचिव मञ्च लिङ्देनले कार्यक्रम संचालन गर्नुभएको थियो ।
त्यसै गरि क्रमस
१. बेलबारी नपा १२ गते
२. सुन्दर हरैचा १५ गते
३. पथरी
४. केराबारी सिंह देबि २३ गते
५. लेटाङ
६. मिक्लाजुङ
मा पनि कार्यक्रम तय भएको छ ।
Comments are closed.