पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघीय शेर्पा मंचको एक महिने शेर्पा प्रान्त जागरण अभियान सुरु

माघ १२ गते काठमाडौँ , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय शेर्पा मंच ,नेपालले शेर्पा प्रान्त स्थापनाको लागि यहि माघ ३ गते देखि शेर्पा बस्तिहरुमा जनजागरण अभियान शुरु गरेको छ | संघीय शेर्पा मंच ,नेपालले ल्होसारको उपलक्ष्यमा २० हजारवटा शुभकामना कार्ड छापेर शेर्पा समुदायमा वितरण गरिरहेको छ | यहि माघ ३ गते यस मंचले जोरपाटी स्थित शेर्पा पाटि प्यालेसमा बृहतरुपमा ल्होसार कार्यक्रम मनाएको छ | जनजागरण अभियानमा शेर्पा प्रान्तको आवश्यकता किन ? र १० +१ प्रान्त पक्षधरहरु मिलेर जानु किन आवश्यक छ ? संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय शेर्पा मंच ,नेपालले खोजेको शेर्पा प्रान्त कस्तो हो ? भन्ने बारेमा ब्यापक अन्तरक्रिया गरिने यस शेर्पा मंचका अध्यक्ष टेन्डी शेर्पा ,उपादक्ष्य निमा शेर्पा , उपादक्ष्य  काले शेर्पा , महासचिब दावा शेर्पा ले बताएका छन् | र यस शेर्पा मंचले शुरु गरेको शेर्पा जनजागरण अभियानलाई देश बिदेशका शेर्पा अग्रजहरुबाट अत्यन्त सकारात्मक भन्ने संदेश आएको महासचिब दावा शेर्पाले बताएका छन् | माघ १३ गतेबाट शुरु हुने पहिलो चरणको शेर्पा जागरण अभियान अन्तर्गत कार्यक्रमहुने स्थानहरु यस प्रकार छ :-

सिन्धुपाल्चोक जिल्लामा  कार्यक्रम हुने

१३ गते बगङ

,१५ गते पन्थली,

१८ गते द्रुमथली

,२० गते ठेनासा

र २२ गते बाह्रबिसे नगरपालिकामा  संघीय रास्ट्रिय अध्यक्ष कुमार लिङदेन मिराक सहितको उपस्थितिमा बृहत सभा तय भएको छ |

तेम्डी शेर्पा ,संघीय शेर्पा मंच ,नेपाल प्रान्तीय अध्यक्ष

( महासचिब दावा रिन्जेन लामा शेर्पा को फेसबुकवालबाट )

 

Comments are closed.