पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

माघ १८ गते दमकमा लिम्बुवान मंचको बृहत प्रशिक्षण हुने

यहि माघ १८ गते ,संघीय लोकतान्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल दमक नगर समितिको आयोजनामा दमकको किरात भवनमा बृहत पहिचानबादी ,संघीयाबादी ,लिम्बुवानी प्रशिक्षण हुने भएको छ |

मंचका संघीय अध्यक्ष कुमार लिङदेन मिराक लगायत अन्य नेताहरुको उपस्थितिमा हुने उक्त प्रशिक्षण कार्यक्रममा दमक नगर क्षेत्रका सक्रिय कार्यकर्तालाई मंचको क्रियाशिल सदस्यता वितरण र नया शुभेच्छुकहरुको मंचमा पार्टी प्रवेस कार्यक्रम पनि हुनेछ |

बिहान ७ .०० बजे देखि नै शुरु हुने उक्त प्रशिक्षण कार्यक्रम नगर क्षेत्र का पुराना नया लिम्बुवानी नेता कार्यकर्ताहरुको पुनर्मिलन को रुपमा पनि हुने र भब्य हुने कुरा संघीय लिम्बुवान मंच ,नेपाल दमक नगर समितिका अध्यक्ष याम लोरीङदेन ले बताएका छन् |

Comments are closed.