पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

लिम्बुवान र किरात खम्बुवानको लागि मंचले वारपारको आन्दोलन गर्ने

 

यहि माघ १७ गते इटहरीमा बसेको संघीय लोकतान्र्तिक रास्ट्रिय मंच – संघीय लिम्बुवान मंच ,नेपालको पदाधिकारी मिटिंगले प्रदेश न .१ को नामाकारण लिम्बुवान र किरात खम्बुवान हुनुपर्ने र मंचको  उक्त माग  पुरा गराउन अनिश्चितकालिन लिम्बुवान खम्बुवान बन्द सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरिने निर्णय गरेको छ |

प्रेस –बिज्ञप्ति                                                मिति -२०७६ /१०/१७

लिम्बुवान र किरात खम्बुवान नामाकरणको लागि अनिश्चितकालिन लिम्बुवान खम्बुवान बन्दसम्मको कार्यक्रम घोषणा गरिने

आज माघ १७ गते संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंच ,नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक ज्युको अध्यक्षतामा इटहरीमा बसेको यस मंचको पदाधिकारी मिटिंगले निम्न महत्वपूर्ण निर्णयहरु गरेको छ |

१ , यहि माघ २३ गतेदेखि  शुरु हुने प्रदेश न .१ को संसद अधिबेशनले यस प्रदेशको नामाकारण पहिचानको आधारमा लिम्बुवान किरात खम्बुवान राखिनु पर्दछ | लिम्बुवान किरात खम्बुवान नामाकरण गर्नको लागि यस मंचले अन्य समकक्षी संगठनहरु संग सहकार्य गर्दै ज्ञापन पत्र दिने ,सांकेतिक चक्काजाम गर्ने ,एकदिने बन्द गर्ने र त्यस अवधिमा पनि हाम्रा मागहरु सुनुवाई नभए अनिश्चितकालिन लिम्बुवान किरात खम्बुवान बन्द गर्ने निर्णय गरिएको छ | सत्ताधारीहरुले जति सजिलै प्रदेश ४ लाइ गण्डक र प्रदेश ३ लाइ बागमति नामकरण गरेका छन् तर प्रदेश न .१ मा कुनै हालतमा कोशी नामाकरण हुन् नदिने त्यसको लागि नेतृत्वहरु स्वयम जेल जान ,घाइते हुन् र शहिद हुन् तयार रहने निर्णय गरिएको छ | संघीय लिम्बुवान मंच ,नेपालका महासचिब तथा आन्दोलन संयोजक शान्ता योङहाङ र आर्थिक संयोजक उपादक्ष्य एबी पन्धाकको संयुक्त हस्ताक्षर सहितको हजारौ पत्रहरु लिम्बुवानी खम्बुवानी जनताहरुमा वितरण गर्ने र आर्थिक एबम भौतिक रुपमा निर्णायक आन्दोलनको तयारीमा रहन अनुरोध गर्ने |

२ , थरुहट थारुवान रास्ट्रिय मोर्चाले माननीय रेशम चौधरीको रिहाइको लागि यहि फाल्गुन १ गते देखि शुरु गर्ने निर्णायक आन्दोलनलाइ  यस मंचले भौतिक रुपमा सहयोग गर्ने |

३ ,एम. सि. सि.  बारे सरकारले नेपाली जनता सामु स्पस्ट श्वेत पत्र जारि गर्नु पर्ने ,  उक्त सहमति रास्ट्र हित वा रास्ट्र अहित के कस्तो अवस्थामा छ बिज्ञ समूह गठन गरेर त्यसबारेमा नेपाली जनतालाई छर्लंग भन्नु पर्ने र रास्ट्र अहित भए मंचको बिरोध रहने निर्णय गरिएको छ |     जय लिम्बुवान ,जय १०+१ प्रान्त |

अशोक चेम्जोङ ,महासचिब , स लो रा मंच –संघिय लिम्बुवान मंच ,नेपाल

Comments are closed.