यहि माघ १८ गते , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल मोरंग जिल्ला कार्य समितिले संचालन गरिरहेको जनजागरण कार्यक्रम अन्तर्गत मोरंग जिल्लाको लेटाङ बजारमा अन्तरक्रिया सम्पन्न भएको छ | प्रदेश न .१ को नामकरण र लिम्बुवान र किरात खम्बुवान शिर्षकमा बोल्दै नेताहरुले संघीय लोकतातन्त्रिक रास्ट्रिय मंच संग जनताले धेरै आशा गरेका छन् र त्यो आशालाई निराशामा पार्न नहुने बारे जोड दिएका थिए | मंचका बरिस्ठ उपादक्ष्य ज्ञान बहादुर गुरुङ ,माननीय संसद बिष्णु तुम्बाहाम्फे ,महासचिब अशोक चेम्जोंग ,उपमहासचिब तथा मोरङ का वा इन्चार्ज दिल कुमार लावती ,के स स चौकीदार तामांग ,मोरंग जिल्ला अध्यक्ष दिलु लिङदेन ,मोरंग जिल्ला बरिस्ठ उपादक्ष्य जीवन खेवा लगायतका नेताहरुले आफ्नो बिचार राखेका थिए |
Comments are closed.