पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघीय लिम्बुवान महिला मंच ससक्त गरि अघि बढने

यहि माघ १७ गते इटहरीमा संघीय लिम्बुवान महिला मंच का अध्यक्ष इन्दिरा मेन्याङबोको अध्यकक्ष्यता मा बसेको महिला मंचको मिटिङ्गले बिबिध निर्णयहरु पारित गर्दै महिला मंचलाई लिम्बुवानको गाउ गाउमा पुर्याउने प्रतिबद्दता जाहेर गरेको छ | निर्णयहरु यस प्रकार छ :-

१) महिला मंचको  बिधान  निर्माण  गर्न सात  सदस्यीय समिति गठनगरिएको छ –  संयोजक शान्ता योङ्हाङ , सदस्य इन्दिरा मेन्याङ्बो दिपा आदाङ्मा , बिश्नु भट्टराई , दिलु सुब्बा पुर्णकला लिम्बू , दिलु लिङ्देन ।

२ ) तीन महिना भित्रमा  लिम्बुवानभरको जिल्ला  ,नगर अधिबेशन संपन्न  गर्ने साथै  प्रशिक्षण कार्यक्रम हरु गर्ने ।

३)  संघीय लोकतान्त्रिक  रास्ट्रीय मंचको  क्रियाशील सदस्यता  वितरणमा महिला मंचले ससक्त भूमिका खेलेर धेरै भन्दा धेरै महिलाहरुलाई   कृयासिल सदस्य बितरण गर्ने ।

Comments are closed.