पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

दमकमा लिम्बुवान मंचको प्रशिक्षण सम्पन्न

झापाको दमकमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल दमक नगर समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम गत माघ १८ गते भब्य रुपले सम्पन्न भएको छ |

लिम्बुवान मंचका दमक नगर अध्यक्ष याम लोरीङदेन लिम्बुको अध्यक्षता र सचिव मनु साङपाङ  राइको संचालनमा सम्पन्न उक्त कार्यक्रममा संघीय अध्यक्ष कुमार लिङ्देन मिराक ले पहिचान र संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको विविध बिषयमा प्रशिक्षण दिएका थिए | यसै गरि उपमहासचिब दिल कुमार लावती , युके प्रवास महासचिव राम इजम, केन्द्रीय उपादक्ष्यद्वय ज्ञानु इम्बुग र एबी पन्धाकले पनि शुभकामना मन्तब्य राखेका थिए | साेही कार्यक्रममा मंचको ९९ वटा क्रियाशील सदस्यता पत्र वितरण गरिएको थियो भने ५० जना नव प्रवेशीहरुलाई स्वागत पनि गरिएको थियो |

Comments are closed.