पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

‘लिम्बुवान ,किरात ‘ नामाकरण गर्न २२ संगठन द्वारा ज्ञापन पत्र पेस

माघ २३ गते बिराटनगर , प्रदेश न .१ लाइ लिम्बुवान ,किरात नामाकरण गरिनु पर्दछ भनि २२ वटा संगठनहरुले प्रदेश न .१ का सभामुख र  मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् |

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति

                          ज्ञापन पत्र

                                                         मिति२०७६।१०।२३ गते

श्री माननिय सभामुख ज्यु ,

प्रदेश न .१ को संसद कार्यालय ,बिराटनगर

                 

बिषय – ज्ञापन पत्र |

 

 पहिचानमा आधारित प्रदेशहरुको निर्माण गर्न संविधानसभाको विषयगत समिति र राज्यपुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु सुनिश्चित हुनुपर्ने थियो तर सोको मर्मविपरित ७ प्रदेशको घोषणा गरियो । प्रदेशहरुको नामाकरण गर्ने सन्दर्भमा उत्पीडनकारी औपनिवेशिक एवम् सामन्ती केन्द्रीकृत एकात्मकवादी चिन्तनका धङ्धङीहरु झल्कने गरी पञ्चायती शैलीमा जबरजस्ती ढंगले गण्डकी, बागमती लगायत नामहरु राखिएको छ त्यस प्रति हामी खेद व्यक्त गर्दै विरोध गर्दछौँ । ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानका आधारमा लिम्बुवान,किरात प्रदेश प्राप्तिका लागि हाम्रो आन्दोलन जारी रहेको कुरा अवगत गराउँदछौँ ।

 वर्तमान प्रदेश नं. १ को भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवम् पहिचानको आधारमा लिम्बुवान, किरात स्वायत्त प्रदेश प्राप्तिका लागि उठेका राजनीतिक आन्दोलनहरु, विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु र सातसालको क्रान्ति हुदै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान, किरात आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नाम राख्नुपर्दछ भन्ने धारणा पुनः दोहोयाउँदछौँ । प्रदेश नं. १ को अधिवेशन शुरु हुन गइरहेको समय र सन्दर्भमा उपरोक्त धारणालाई पुनः दोहोयाउँदै सम्मानित प्रदेश सभा, माननीय प्रदेश सभा सदस्यहरु, प्रदेश सरकार र राजनीतिक दलहरुलाई माग सम्बोधनको लागि हामी हार्दिक अपील गर्दछौँ ।

कार्यक्रमहरु :-

 

) ज्ञापनपत्र बुझाउने ) जिल्ला संयुक्त संघर्ष समितिहरु गठन गर्ने ) जनमत सिर्जनाको लागि अन्तर्कृया गर्ने )खबरदारी कोणसभा गर्ने ) आवस्यकता अनुसार आन्दोलनको कार्यक्रम ससक्त गरि बढाउने

 

 

 लिम्बुवान, किरात संयुक्त संघर्ष समितिका घटक संगठनहरु :-

 

१, नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, नेपाल संयोजक मुक्सामहाङ मेन्याङबो

 

 

 

 २, समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम

 ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन मिराक

४, नेकपा सम्बंद्द किराती रास्ट्रीय मुक्ति मोर्चा, नेपाल  अध्यक्ष राजन किराती

५, किरात याक्खा छुम्मा अध्यक्ष लिला रोगु

६, धिमाल जाति बिकाश केन्द्र अध्यक्ष तेज नारायण धिमाल

७, किरात याखा लोकतान्त्रिक मुक्ति मोर्चा अध्यक्ष्य भुपाल जिमी

८, नेपाल आदिबासी जनजाति महासंघ प्रदेश न  .१ अध्यक्ष ध्रुब कुमार मेन्याङबो

९, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणबिर सुनुवार

१०, कोचिला रास्ट्रीय मुक्ति मोर्चा अध्यक्ष हँसलाल राजबंसी

११, राजबंसी समाज बिकास समिति अध्यक्ष भिमराज राजबंसी

१२, समाजबादी पार्टी सम्बंद्द शिल्पी बिशेस क्षेत्रका प्रदेश १ अध्यक्ष नरेश कुमार बिश्वकर्म

१३, संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सम्बद संघीय दलित शिल्पी मंच अध्यक्ष्य रमेश गजमेर

 १४, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन

 १५, किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम

 १६, याक्थुङ युवा मञ्च, अध्यक्ष भुपेन्द्र खुदाङ

१७, लिम्बु विद्यार्थी मञ्च, अध्यक्ष दीपा लक्सम

१८, लिम्बुवान स्प्रीङ आन्दोलन, अभियन्ता टंक सेलिङ

१९, याक्थुङ लेखक संघ केन्द्रीय प्रतिनिधि रोहित आङबो

२०, समाजबादी पार्टी सम्बंद धिमाल स्वायत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बांगाई धिमाल

२१, लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा ( नेकपा क्रान्तिकारी ) अध्यक्ष्य नरेन्द्र नेम्बाङ

२२ ,सुनुवार मुक्ति मोर्चा ,नेपाल (नेकपा ) अध्यक्ष  टिकाराम मुलिचा

 

Comments are closed.