पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

थरुहट आन्दोलन र १०+१ प्रदेशबारे अन्तरक्रिया

थरुहटको घोषित आन्दोलन, संविधान संसोधन तथा पहिचान सहितको १०+१ आन्दोलन बिषयक अन्तरक्रिया माघ २५ गते काठमाडौँमा सफलतापुर्बक सम्पन्न भएको छ | फास्ट ट्रयाकको बिरुद्ध लडिरहेका खोकनाको आदिवसी नेवारहरुको नेता असोज महर्जनले संचालन गरेको उक्त कार्यक्रम नेपा :रास्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुको अध्यक्षता र थरुहट आन्दोलनका प्रवक्ता मिनराज थारुको स्वागत मन्तब्यबाट शुरु भएको थियो |

अन्तरक्रियामा बोल्दै अभियन्ताहरु सिके लाल, डा .ओम गुरुङ ,विजयकान्त कर्णले संसद वा संविधान संसोधनको बाटोबाट आदिवासीहरुको माग मुद्दाहरु पुरा नहुने र मागहरु पुरा गराउन भिषण सडक आन्दोलन नै बिकसित गर्नु पर्ने बारे जोड दिए | अहिले पहिचानको आन्दोलन केही रक्षात्मक पंङतिमा देखिए पनि आन्दोलन हारेको होइन केहीबेर आराम गरेको अवस्था मात्र हो तर सबै पहिचानबादी हरु एक भएर अघि बढन सके पहिचानाबादिहरुको जित सुनिश्चित रहेको बारे बक्ताहरुले प्रस्ट पारेका छन् |

लेखक तथा पहिचानवादी विश्लेषक युग पाठकले भने – ‘ पहिचानको मुद्दा र देशको अर्थतन्त्र भविष्यमा कसरि जोडिन्छ वा १० +१ प्रान्त प्राप्त हुदा देश कसरि दिगो समृद्द हुन्छ भनेर जनतालाई स्पस्ट खाका दिन सक्ने हो भने पहिचानको बिजय निश्चित छ किनकि देशलाई चाहिएको नै १० +१ प्रान्त हो | तर सरकार पक्षले बिछयाएको शब्दजालहरुलाई हामी पहिचानवादीहरुले पनि शब्दहरु नै फ्याकेर ध्वस्त पार्न नसकिरहेको अवस्थामा छौ | सत्ताको कथित भाष्य वा शब्दजाल लाइ हामी पहिचानवादीहरुले आफ्नो स्पस्ट दृस्टीकोण दर्शन दिएर प्रतिरोध गर्नु पर्दछ |’

आदिवासी अभियन्ता मल्ल के सुन्दरले भने – ‘ आदिवासी आन्दोलनमा आफुले जीवनको ५० बर्ष बिताएको छु | राज्य पुन :संरचना आयोगमा आफु लगायतको टिमले धेरै मेहनत गरेर प्रस्ताब गरेको १० +१ प्रदेश को प्रस्ताब लाइ शुरुमा केहि आदिवासी र दलित शिल्पी साथीहरुले बिरोध गरेको देख्दा मलाइ आज पनि दुख लाग्छ | तर अब एक भएर अघि प्रण गरौ ,मेरो सधै साथ् सहयोग हुनेछ |’

कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान मंच, नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले भने – ‘ मंच पहिलेदेखि नै थरुहट आन्दोलन संग नजिक छ | यहि फाल्गुण १ गते देखि शुरु हुने थरुहट आन्दोलन लाइ संघीय मंच र मंच आवब्द सम्पूर्ण प्रान्तीय मंचहरु को तर्फबाट भौतिक सहयोग गरिने छ | एउटा आदिवासी समुदायलाई परेको पिरमा अर्को आदिवासी समुदाय रमिते भएर बस्नु हुदैन | प्रत्येक आदिवासी दलित शिल्पी खशको जायज आन्दोलनहरुमा अन्य समुदायहरु धुर पस्नु पर्छ ,आन्दोलनमा होमिनु पर्छ अनि मात्र हामीले मुक्ति पाउछौ | ‘

कार्यक्रममा खम्बुवान रास्ट्रीय मोर्चाका अध्यक्ष आर के खम्बु ,खशान संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर खाती, थरुहट थारुवान मोर्चाका संयोजक लक्षमण थारु ,नेपा रास्ट्रिय पार्टी अध्यक्ष डा विजय सैंजु ले पनि बिषयमाथि आफ्नो धारणा राख्दै थरुहटको आन्दोलनमा सबैको साथ र सहभागिता रहने प्रस्ट पारेका छन् |

Comments are closed.