पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

लिम्बुवान मंच पान्थरको चौथो जिल्ला अधिबेशन चैत्र २० ,२१ ,२२ मा हुने

माघ २५ गते फेदेन ,पान्थर ,

संघीय लोकतान्त्रिक रास्ट्रीय मंच -संघीय लिम्बुवान मंच ,नेपाल पान्थर जिल्ला कार्य समितिको मिटिंग बसेर यहि चैत्र २० ,२१ ,२२ गते पान्थरको फेदेनमा संघीय लिम्बुवान मंच ,नेपाल पान्थर जिल्ला कार्य समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ | उक्त अधिबेशन सम्पन्न गर्न पान्थरबासी सम्पूर्ण जनताहरुलाई सहयोगको आब्हान गर्दै जिल्ला अध्यक्ष सागर केरुंगले बिज्ञप्ति जारि गरेका छन् |

प्रेश विज्ञप्ति                                                                            मिति : २०७६/१०/२६ गते
सम्पूर्ण पान्थरवासी महानुभावहरु,
नेपालको एकात्मककरण (एकीकरण?) हुनुअघि लिम्बुवान एक स्वतन्त्र राष्ट्र थियो | बिक्रम सम्बत १८३१ सालमा गोरखाली सेनाहरु र लिम्बुवानी सेनाहरुविच अरुणनदीको किनारमा भिषण युद्द भयो | त्यस युद्दमा गोरखा पक्षको जित नभएपछि लिम्बुवान स्वायतता कायम रहने सर्तमा बिक्रम सम्बत १८३१ साल साउन २२ गते नुनपानी सन्धि भयो |
लिम्बुवानवासीमाथि भएको भाषिक,सांस्कृतिक,धार्मिक उत्पीडनविरुद्द पटकपटक बिद्रोह हुदै आएको छ | बिगत २०६२/६३ पश्चात् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपालको नेतृत्वमा लिम्बुवान आन्दोलनले सशक्त रुप लिएको सर्वविदितै छ | संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुणपुर्व लिम्बुवान स्वायत राज्य नभएसम्म निरन्तर संघर्षरत रहने संकल्पका साथ अघि बढिरहेका छौं | यसै सन्दर्भमा मिति २०७६ साल माघ २५ गते बसेको जिल्ला कार्य समितिको बैठकले आगामी २०७६ साल चैत २०,२१ र २२ गते पान्थर जिल्ला कार्य समितिको चौंथो जिल्ला अधिबेशन पान्थरको फेदेनमा सम्पन्न गर्ने निर्णय गरिएको यसै प्रेस बिज्ञप्तीमार्फत जानकारी गराउदछौं | यस जिल्ला अधिबेशनलाई सफल पार्न सबैखाले सहयोग गरिदिन हुन सम्पूर्ण संचारकर्मी,उधोगव्यवसायी,ब्यापारी,कर्मचारी,राजनैतिक दल एवम् पान्थरवासी सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।
संघीय अभिवादन !
जय लिम्बुवान !

सागर केरुङ
(अध्यक्ष)
Phone : 9842664950/9814927717
Email : sagarkerung@gmail.com
Website : www.sagarkerung.com.np

Comments are closed.