पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

माननिय रेशम चौधरीको रिहाइको माग गर्दै फेदेन र धनकुटाबाट मंचले प्रधानमन्त्रिलाई ज्ञापन पत्र दियो

आज मिति २०७६ साल फागुन ५ गतेका दिन जिल्ला प्रशासन कार्यालय पाँचथर  र धनकुटा मार्फत  संघीय लोकतान्त्रिक रास्ट्रिय  मंच – संघीय लिम्न्त्रीबुवान मंच ,नेपालले प्रधानमन्त्री लाइ  ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रको पुर्णपाठ तपशिल छ –

मिति : २०७६/११/०५ गते
श्री सम्माननिय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीको कार्यलय,सिंहदरबार ,काठमाडौँ
मार्फत प्रमुख जिल्ला अधिकारी पाँचथर
बिषय – ज्ञापन पत्र |

उपरोक्त सम्बन्धमा कैलाली जिल्ला टिकापुरबाट अत्यधिक मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका माननिय रेशम चौधरी थारुलाई झुठा मुद्दा लगाई डिल्लीबजारको जेलमा कोचिएको छ | माननिय रेशम चौधरीमाथि भएको यो बर्बर र अन्यायपूर्ण कार्यले नेपालका लाखौ आदिबासी ,दलित शिल्पी ,खस ,मधेशी ,पहिचानबदीहरुको मन मुटुमा गम्भीर चोट पुर्याएको छ | अन्यायपूर्ण जेलमा कोचिएका माननिय रेशमको बिनाशर्त रिहाइ लगायतका १४ बुदे माग सहित थरुहट थारुवान मोर्चाका संयोजक लक्षमण थारु यहि फाल्गुण १ गते देखि कैलालीको धनगढ़ीमा आमरण अनशन बसिरहेका छन् | संयोजक लक्षमण थारुको स्वास्थ प्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै थरुहटको आमरण अनशन प्रति हाम्रो राजनैतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल एक्यबद्दता जाहेर गर्दछ | आमरण अनशनकारी थारुहरुको मागहरु तुरुन्त पुरा गरि माननीय रेशम चौधरीलाई अबिलम्ब रिहाइ गर्न यस मञ्च सरकार संग जोडदार माग गर्दछ | थारुहरुको न्यायपूर्ण मागहरु बेवास्ता गरिएमा यस संघीय लिम्बुवान मञ्च,नेपाल थारुहरुको आन्दोलनको समर्थनमा सडकमा ओर्लन बाध्य हुनेछ भनि यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछौँ ।
साथै प्रदेश नं. १ को ऐतिहासिक,राजनैतिक आन्दोलन,साशकिय भूगोल,सामाजिक साँस्कृतिक संरचनागत अवस्थालाइ मध्यनजर गरी पल्लोकिरात लिम्बुवान र माझकिरात खम्बुवानको क्लष्टर समेटेर प्रादेशिक संरचना निर्माण गरिएको हुँदा हाललाइ प्रदेश नं. १ को सम्मानित प्रदेशसभाद्वारा प्रदेशको नामांकन अहिलेलाई लिम्बुवान,किरात राखियोस भन्ने जोड्दार माग गर्दछौं । यदि यो माग सम्बोधन नभएमा सशक्त आन्दोलनको कार्यक्रम अघि बढाउने कुरा अवगत गराउँदछौँ ।
जय लिम्बुवान,किरात !

सागर केरुङ
(अध्यक्ष)

Comments are closed.