पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

पान्थरको हिल्लिहाङ गा.पा. मा लिम्बुवान मंचको अधिबेशन सम्पन्न – मंच प्रति जनाकार्षण बढ्दो

मिति २०७६ साल फागुन १० गते शुक्रबारका दिन पान्थरस्थित गोपेटारको सेर्पा हलमा सम्पन्न संघीय लिम्बुवान मञ्च,नेपाल हिलिहाङ गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न  भएको छ | उक्त अधिबेशनमा शुभकामना मन्तब्य दिदै अन्तरास्ट्रिय प्रवास समन्वय मंच का संयोजक तथा संघीय लिम्बुवान सामाजिक मंच युके का प्रमुख सल्लाहकार चन्द्र कुमार लिङदेन ‘याक्थुम्बा ‘ले   भने – मंच ले आदिबासी र पहिचानबादी हरु माथि परेको हरेक अन्यायको विरुध्दमा सडक र सदन मा ससक्त आवाज उठाएकोले मंच प्रति सम्पूर्ण लिम्बुवानी एबम १० +१ प्रान्त का जनताहरुको आकर्षण बढदै गएको छ |

यसरि नै उक्त अधिबेशनलाइ संघीय लिम्बुवान मंच ,पान्थर जिल्ला अध्यक्ष  सागर केरुंग  लगायतका नेताहरुले शुभकामना  मन्तब्य दिएका  थिए |

हिल्लिहाङ गा पा को नबनिर्वाचित समिति यस प्रकार छ :-

अध्यक्ष – चन्द्रकुमार लिङ्देन
उपाध्यक्ष – अमृत लिङ्देन
सचिव – गणेश लिङ्देन
सहसचिव – लक्ष्मी योङ्हाङ
अर्थसचिव – गणेश योङ्हाङ
सदस्यहरु – धनबहादुर थाम्सुहाङ,देउकुमार योङ्हाङ,शर्ण केरुङ,हर्कप्रसाद हेम्ब्या,पदम थङगम्बा,बजिन लावती,राजेस योङ्हाङ,सन्तोशा सिगु ‘हर्कमायाँ  छन् |’

Comments are closed.