पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

झापाको शिव सतासी ९ मा लिम्बुवान मंचको वार्ड समिति गठन – मंचको झापा जिल्लाले ३० दिने अभियान अघि बढाएको छ

फागुन १० ,  शिवसतासी वार्ड न .९  झापा,

सलोराम -संघीय लिम्बुवान मंच , नेपाल का  उपाध्यक्ष ग्यानुहाङ इम्बुङको प्रमुख आथित्यमा , महासचिब शान्ता योङ्हाङ ,झापा जिल्ला बरिष्ट उपाध्यक्ष नगेन राई ,सचिब राजा आङ्थुपो , शिव सताशी न.पा.अध्यक्ष प्रकाश लिङ्देन, वाड न. १० अध्यक्ष सुबास तुम्रोक लगायेतका नेताहरुको उपस्थितिमा बिमल आङ्बोको अध्यक्षतामा शिव सतासी वार्ड न .९ संघीय लिम्बुवान मंच को  १५ सदस्सीय समिती गठन गरिएको छ |

उक्त कार्यक्रममा सबै बक्ताहरुले संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पहिचान सहितको १० +१ प्रान्त स्थापना गर्न सडक र सदन दुवै ठाउमा सक्रिय रहेको र १० +१ वटै प्रान्तहरुमा संगठन बिस्तार तिब्र गतिले अधि बढाइरहेको बताएका थिए | प्रदेश न .१ को नामाकरण लिम्बुवान ,किरात खम्बुवान पारित गराउन मंचले हदै सम्मको बलिदान दिन तयार रहेको बारे सबै नेताहरुले स्पस्ट धारणा राखेका थिए | र ,मंचका झापा जिल्ला बरिस्ठ उपादक्ष नगेन राइ ले मंचले झापामा ३० दिने जनजागरण ,भेटघाट कार्यक्रम संचालन गरिरहेको बताए |

नव तदर्थ समिती –

सयोजक :-बिमल आङबो
सह सयोजक :-निसान आङबो
सचिब :-लोकेन्द्र पोख्रेल
सह सचिब :-बिमला इम्बुङ
सदस्यहरु:- :-राजेस चोङबाङ
:- डम्बर साबा
:-बिबेक कन्दङबा
:-कबिन्द्र सदेम्बा
:-दुर्गा लिम्बु
:-कृष्ण सेर्पा
:-सुनिल तामाङ
:-प्रेम कुमारी दर्जि
:-शिव माया योङहाङ
:-मौसम राई
:-राम बिक

Comments are closed.