पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

सरकारलाई मञ्चको चौध बुँदे सुझाव

नयाँ वर्ष २०७७ को पहिलो दिन शुभकामना आदानप्रदानको क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नेपाल सरकारलाई १४ बुँदे सुझाव सार्वजनिक गरेको छ।

मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ,

स्वदेश एवं प्रवासमा रहनुहुने १०+१ प्रान्त पक्षधर सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष वि.सं. २०७७ को शुभकामना।

वि.सं. २०७६ साल बिदा हुँदै गर्दा कोरोनाभाइरसको महामारीको कारणले नेपाललगायत विश्व लक्ड डाउनको स्थितिमा छ। अनियन्त्रित ग्लोबलाइजेशन, पृथ्वीको जलवायु परिवर्तन, पृथ्वीको तापक्रम वृद्धि वा प्रकृतिसँग मानवले मित्रता कायम गर्न नसक्दा यो बर्बादी हाम्रै आँखाले टुलुटुलु हेरिरहनु परेको छ। नेपालका आदिवासी, दलित शिल्पी, खश, मधेशी समुदायलाई लामो समयदेखि पाखा पारेर एकलौटी राज गर्दै आएको एकात्मकवादीहरुले नेपाललाई कतिको ‘बिचरा’ हालतमा पुर्‍याएका रहेछन् भन्ने बारे यही महामारीको अवस्थामा सम्पूर्ण जनताले बुझने मौका पाए। यस मञ्च २०७७ को अवसरमा सरकारलाई निम्न सुझाव दिन चाहन्छ :

  • १) यो महामारी र यसपछि आउने बिभिन्न संकटहरुलाई सामना गर्न सम्पूर्ण नेपालीको संयुक्त राष्ट्रिय भावना (united national spirit) को जरुरत पर्ने भएकोले सर्वदलीय एवं आदिवासी, दलित शिल्पी, मधेशी, खशलगायत समुदायहरुको प्रतिनिधि सम्मिलित गरेर सर्वपक्षीय संरचना गठन गरियोस्।
  • २) पञ्चायतको अन्चलको नाममा प्रदेशहरुको नामकन गर्ने कार्य तुरुन्त बन्द गर र पहिचानको आधारमा प्रदेशहरुको नामाङ्कन गर।
  • ३) सर्वपक्षीय संरचनाको बहस पछि संविधानलाई संशोधन गरी ७ प्रदेशको ठाउँमा १०+१ प्रान्त कायम गर।
  • ४) सर्वपक्षीय सहमतिमा सह–अस्तित्वको आधारमा स्थायी परराष्ट्र नीति निर्धारण गर।
  • ५) ५० करोड भन्दा बढी वैदेशिक ऋण सरकार एक्लैले ल्याउन नपाउने, सर्वपक्षीय सहमतिमा मात्र ल्याउनु पर्ने – नत्र एउटा सरकारले लहडमा अनियन्त्रित ऋण ल्याउने र पछी बिसौ वर्ष सम्म नेपाली जनताले तिर्नु पर्ने, कम्तिमा अबको जनताले त्यो हुन् दिने छैन।
  • ६) १०+१ लगायत बिषेस क्षेत्र प्राप्त समुदायहरुको मातृभाषालाइ लोकसेवा आयोगको परीक्षाको माध्यम भाषा बनाइयोस्, यसरी समुदायगत रुपमा विभिन्न समुदायहरुलाई कर्मचारीतन्त्रमा प्रवेश गराएपछि मात्र भ्रष्टाचारको अन्त्य हुन्छ र कर्मचारीतन्त्र चुसकबाट सेवक बन्छ।
  • ७) बहुमतको नाममा ३० प्रतिशत भोट प्राप्त गर्ने पार्टीले शासन गर्ने अल्पमतको शासन अन्त्य गर र पूर्ण समानुपातिक चुनाव प्रणाली लागू गर।
  • ८) सरकार बनाउदा एउटा पार्टीले मात्र राज्यको सम्पूर्ण आधिकार हालीमुहाली गर्ने होइन, बरु विपक्षी पार्टीहरुलाई पनि केही मन्त्रालय दिने संवैधानिक व्यवस्था गर।
  • ९) वर्षेनी ३ खरबको खाद्यान्न आयात गर्नुपर्ने नेपालको अवस्था अन्त्य गर र ४० लाख नेपाली युवाहरु स्वदेश फर्कदा नेपालमा रोजगारीको अवस्थाबारे मास्टरप्लान सर्वपक्षीय समितिमा पेश गर।
  • १०) समग्र नेपालको विकाशको लागि सर्वपक्षीय समितिले ३० वर्षे माष्टरप्लान बनाउनु पर्छ, कुनै सरकारले पनि आफूखुशी नयाँ योजना बनाउनु पाउँदैन त्यही मास्टर प्लानअनुसार मात्र काम गर्नुपर्ने व्यवस्था गरियोस्, जसले गर्दा देश निश्चित लक्ष्यमा पुग्छ।
  • ११) आदिवासी मातृभाषा विश्वविद्यालय स्थापना गर।
  • १२) खश र आर्यको समानुपातिक क्लष्टर अलग अलग गर।
  • १३) दलित शिल्पीको गैरभौगोलिक प्रान्त स्थापना गर।
  • १४) माननीय रेशम चौधरीलगायत थरुहट राजबन्दीहरु रिहा गर।

अन्त्यमा, कोरोना भाइरस संक्रमणको विरुद्धमा उपचार गराइरहनु भएका नेपालीलगायत विश्वका लाखौं व्यक्तिहरुलाई शिघ्र स्वास्थलाभको कामना र मृत्यु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबैलाई सुरक्षित रहन आग्रह गर्दछांै। नयाँ वर्ष २०७७ ले सम्पूर्ण नेपालीहरुमा सह–अस्तित्व, सामुदायिक समाजवाद, इको–इकोनोमीको राष्ट्रिय भावना जागृत गरोस्, यही छ शुभकामना।

जय लिम्बुवान, जय १०+१ प्रान्त।
कुमार लिङदेन ‘मिराक’, अध्यक्ष,
मिति : २०७७/१/१

Comments are closed.