पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

संघीय मंच द्वारा अनिबार्य सस्कृतको बिरोध र मातृभाषा बिश्वबिध्यालय स्थापनाको लागि आन्दोलन चर्काउने

बैशाख २७ ,काठमाडौँ , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच का संघीय अध्यक्ष कुमार लिङदेन मिराक द्वारा हस्ताक्षरित बिज्ञप्तिमा  अहिलेको कम्युनिस्ट  सरकारले  आदिबासीहरुको  मातृभाषाहरुको हत्या गर्दै पुन : मृत सस्कृत भाषालाई कक्षा १ देखि अनिबार्य पढाउने निर्णय गरेको प्रति कडा आपत्ति जनाउदै बिरोध गरेका छन् | सरकारको उक्त निर्णय फिर्ता लिन माग गर्दै ,मातृभाषा बिश्वबिद्यालय स्थापना गर्न र मातृभाषालाइ लोकसेवा आयोगको परीक्षाको भाषा बनाउन देशभरका मातृभाषीहरुलाई आन्दोलनको लागि गोलबद्द हुन् आब्हान गरेको छ |

प्रेस –बिज्ञप्ति                            मिति -२०७७ /१ / २५

‘’ आदिबासी मातृभाषाको पाठ्यक्रम सरकारले नबनाउने ,अनि आदिबासी मातृभाषाको पाठ्यक्रम नभएको भनेर उक्त ठाउहरुमा सस्कृत भाषालाई बाध्यकारी ऐच्छिक  बनाएर सबै ठाउमा अनिबार्य सस्कृत भाषा लादने नेकपा कम्युनिस्ट सरकारको आदिबासीभाषाहरु सखाप पार्ने षड्यन्त्रको ससक्त बिरोध गरौ |

आदिबासी मातृभाषा बिश्वबिद्यालय स्थापना गरेर लोकसेवा आयोगमा मातृभाषाबाट परिक्षा दिन पाउने मागलाई देशव्यापी रुपमा चर्काउ |’’

उपरोक्त सम्बन्धमा कोरोना भाइरसको महामारीले विश्व र नेपाल आक्रान्त भैरहेको र नेपालमा डेढ महिना देखि लक्ड डावन जारिरहेको अवस्थामा लक्ड डावनको बेला जनता सडकमा बिरोध गर्न आउन सक्दैनन भन्ने षडयन्त्रकारी योजनाअनुरूप यहि २०७७ बैशाख २४ गतेको सरकारको निर्णय अनुसार मृत सस्कृत भाषालाई नेपालको सबै स्कुलहरुमा कक्षा १ देखि ऐच्छिक को आवरणमा अनिबार्य अध्यापन गराउने समाचारहरु रास्ट्रिय पत्र –पत्रिकामा छापिएको घटनाले सम्पूर्ण आदिबासी मातृभाषी समुदायहरुलाई आक्रोशित बनाएको छ ,सरकारको यो निर्णय तुरुन्त फिर्ता गरियोस नत्र लक्ड डावनलाइ पनि क्रस गरेर देशव्यापी रुपमा भाषिक आन्दोलन चर्काउने चेतावनी दिन चाहन्छौ |

१ , मातृभाषाको उत्पति ,बिकास मानब जातिको सबैभन्दा सुन्दर र महान कार्य हो | एउटा मातृभाषा बिकास हुन् कम्तिमा पनि ६ देखि १० हजार बर्ष लागेको हुन्छ | मातृभाषाको विकास भएपछी नै उक्त समुदायले आफ्नो धर्म ,सस्कृति ,विश्व –ब्रमाण्ड बारेको बुझाइहरु बिकाश गरेको हुन्छ र उक्त बुझाइहरुलाई लिखित वा मौखिक रुपमा पुस्तान्तरण गर्दै जीवित बनाइरहेको हुन्छ | मातृभाषा छैन भने त उक्त समुदायहरु मासुको डल्लाहरू वा जनवारमा नै परिणत हुन्छन | यदि जनवारहरुले भाषा बिकास गर्न सकेको भए यहाँ मान्छेको होइन सिंह वा कुनै जनावारको शाशन भैरहेको हुन्थ्यो | जस्तो सिंहहरु बोल्न सक्ने भए उनीहरु बिच सल्लाह हुन्थ्यो र सबै जना भेला भएर निश्चित मितिमा निश्चित गाउमा आक्रमण गर्ने योजना बन्थ्यो | यदि सय वटा सिंहहरु भेला भएर कुनै गाउमा एकैपल्ट आक्रमण गर्ने हो भने भोलि देखि त्यहाँ कोहि बस्दैनथे ,त्यहाँ सिंहको राज हुन्थ्यो | तर सिंहहरुले त्यो सामुहिक आक्रमण गर्न सक्दैनन किनकि उनीहरु संग सबै छ तर सल्लाह गर्ने भाषा छैन | तर मान्छे संग भाषा छ ,मान्छे पनि पहिले जनवार नै थियो तर मान्छेले भाषा बिकसित गर्न सकेकोले उ जनवारबाट मान्छे भयो | अहिले पृथ्वीमा मान्छेको शासन छ किनकि मान्छेले दशौ हजार बर्ष लगाएर बहुत दुखले मातृभाषाहरु बिकसित गर्यो ,मान्छेहरु एकठाउ भेला भएर आक्रामणको सुरक्षाको नीति र योजनाहरु बनाउन सक्छन ,मुख्यकुरा मान्छेहरु आफ्नो भाषामा सल्लाह गर्न सक्छन |

आज यस्तो महत्वपूर्ण मातृभाषा जुन निर्माण गर्न कम्तिमा १० हजार बर्ष लाग्यो ,जुन भाषाको कारणले हामीलाई पृथ्वीको प्राणिहरु मध्ये सर्बोकृस्ट प्राणि मानब बनायो | तर त्यहि मातृभाषा माथि निरन्तर आक्रमण हुदा हामी नेपालका आदिबासीहरुले अझै भाषाको महत्व राम्ररी बुझ्न सकेका छैनौ ,हाम्रो त्यहि निर्दोषिता माथि टेकेर कहिले राणा ,कहिले पन्च ,कहिले कांग्रेस ,कहिले कम्युनिस्टहरुले हामीमाथि निरन्तर प्रहार गरिरहेका छन् |

२ , जुन मातृभाषा निर्माण गर्न हाम्रो पुर्खाहरुले दश हजार बर्ष देखि निरन्तर कसरत गरेका छन् | त्यो बादर वा सिंहको जस्तो आवाजलाई बिस्तारै बिस्तारै शब्दहरुमा विकास गरेर पुरा बाक्य बनाउन कति हजार बर्ष लाग्यो होला ? अनि शब्दहरुको बिकास गरे पछी ,वाक्य र ब्याकरण निर्माण गर्न कति हजार बर्ष लाग्यो होला ? अनि त्यो भाषालाई हिजो देखि आज सम्म जीवित बनाएर ल्याउन पुर्खाहरुले कस्तो कस्तो कस्ट सहनु पर्यो होला ?

जुन मातृभाषा आज हामी संग छ त्यो एक दिन एकरातमा बनेको सम्पति होइन ,यसको लागि हजारौ बर्ष लागेको छ | त्यो मातृभाषाको तरङ्गहरु हाम्रो रगत ,कोष ,डी एन ए मा गढ़िएर बसेको हुन्छ | मानब जातिले निर्माण गरेको सबसे पुरानो र अमुल्य सम्पति नै मातृभाषा हो | मातृभाषाको बिकास भएपछि नै इश्वरीय सोचहरु बिकास भयो र त्यो सोचहरु लिपिबद्द भयो | अस्तित्व ( existence ) भनेको मानब जातिले सामुहिक रुपमा बिकास गरेको सबसे पुरानो सम्पति हो र मानब जातिले सबै भन्दा पहिले दशौ हजार बर्षमा बिकसित गरेको सम्पति त मातृभाषा नै हो | त्यसैले मानब अस्तित्वको प्रमुख कडी मातृभाषा हो र अस्तित्वको लडाइमा इश्वरबादी र भौतिकबादी संगै जान सकिन्छ भनिएको हो | किनकि यी बादहरु पछी बिकसित भएका हुन् तर मातृभाषा वा प्रमुख अस्तित्व यी बादहरु नजन्मिदैका हुन् | मातृभाषाको रक्षा हुनसक्यो भने इश्वरबादी र भौतिकबादी दुबैलाई आ –आफ्नो दर्शनहरु लिपिबद्द गर्न टेवा पुग्छ | र ,मातृभाषाले जहिले पनि आफु उत्पति भएको भूमिको खोज ,रक्षा गर्छ |

यसरि विश्वमा जहाँ जहाँ अस्तित्वको लडाई भैरहेको छ त्यो मातृभाषाको अस्तित्व रक्षा कै लडाई हो |

३ , हामी केहि व्यक्तिहरुले अरुको भाषामा पनि ज्ञानहरु हासिल गर्न सक्छौ , पढेर सिके पछी कुनै पनि भाषा जान्दै नजानिने होइन |  यसरि अरुको भाषामा ज्ञान सिक्ने क्रममा केहि व्यक्तिहरुले सिक्न सकिन्छ ,तर मूल समुदाय फेरी पनि पछि नै रहन्छ , किनकि मूल समुदाय दशौ हजार बर्ष देखिको आफ्नो मातृभाषालो लय (Rhythm) मा नै हिडिरहेको हुन्छ | उक्त समुदायले उसकै भाषाको लयमा मात्र ज्ञानगुनका कुराहरु छिटो टिप्छ | आफ्नो मातृभाषालो लय लाइ उक्त समुदायले माया गरेको हुन्छ ,उक्त लयमा उनीहरुले आफ्नो अस्तित्वबोध गर्छन ,उक्त मातृभाषाको शब्दहरुले उनीहरुको मन ,मुटु ,दिमागलाइ एकैपल्ट छुइदिन्छ र छिटो ज्ञान ग्रहण गर्छन |

यसरी मातृभाषाबाट अरु भाषामा शिक्षा लिनु परेको अवस्थामा दुइ प्रकारको समुह बिकसित हुन्छ | पहिलो ,मणि हराएको सर्प जस्तो ,धेरै दिन अनिदो बसेको मान्छे जस्तो ,लट्टाईबाट धागो चुटिएर कहिँ पनि खस्न सक्ने दिशाविहीन गन्तब्य बिहिन सपना बिहिन मान्छे हुन्छ | दोस्रो ,अरुको भाषामा राम्रै दर्जा लिएकाहरु पनि ज्ञानको गहिराइमा पुग्न नसकिरहेको ,अस्तित्व गुमेको पीडाले आत्मा दुखिरहेको ,अरुको आशिर्बादको पर्खाइमा बाच्नु परिरहेको ,स्वाभिमानको छाती चौबिसौ घण्टा खुम्चिरहेको अवस्थामा बाचिरहेको हुन्छ |

अनि आदिबासी मातृभाषी बिध्यार्थीहरुले कसरि प्रगति गर्छन त ? जबकी कुनै पनि बिद्यार्थीहरु वा खोज अन्वेषक कर्ताहरुले नया नया प्रगति गर्न ति बिद्यार्थीहरु हासिखुसी ,सन्तुस्ट हुनुपर्छ ,उनीहरुको दिमाग शान्त हुनुपर्छ र उनीहरुको सिकाइ दशौ हजार बर्ष देखि पुर्खाले सिक्दै बोल्दै आएका ज्ञानको लय संग मिल्नु पर्छ | किनकि शान्त दिमागले नै सिर्जनाका शक्तिहरु उत्पादन गर्छन भनिन्छ | जब आदिबासी मातृभाषी बिद्यार्थीहरुको दिमागमा – मलाइ आफ्नो भाषा बिर्सन लगाइदै छ ,जुन दिन म त्रि बि को डिग्री ग्रहण गर्छु त्यो दिन मैले आफ्नो मातृभाषाको हत्या गरेको प्रमाण पत्र पनि थापिरहेको हुन्छु भन्ने कुराले दिमाग सताइरहे पछी त्यो आदिबासी विद्यार्थीले कसरि थप प्रगति गर्न सक्ला ?

४ , यसरि मातृभाषा मानब समुदायको मूल रक्तनलि हो | मूल रक्तनलीलाइ काटे पछी जसरि जीवन मर्छ त्यसरी नै  मातृभाषामा बोल्न ,लेख्न ,लोकसेवामा परिक्षा दिन रोकिए पछी उक्त समुदाय तहस नहस हुन्छ र सकिन्छ | हामी नेपालका आदिबासीहरुले मातृभाषाको यो महत्वलाइ गहिराइबाट बुझ्न सकेका छैनौ | हामी आदिबासीहरु पछि परिसक्यौ र अब चाडै सकिदैछौ भन्ने थाहा छ तर हाम्रो यो हालत के कारणले गर्दा भैरहेको छ भनेर बुझिरह्का छैनौ |

तर नेपालका शाशकहरुले मातृभाषाको महत्वलाई नकरात्मक तरिकाले बुझेका छन् र उनीहरुको त्यो बुझाइलाई आदिबासी समुदाय सिध्याउने अभियानमा दुरुपयोग गरिरहेका छन् | नेपालका शाशकहरुले बुझेका छन् – आदिबासी लाइ सिध्याउन उनीहरुको भाषामा आक्रमण गर्ने ,उनीहरुको भाषा सरकारी कामकाजको भाषा हुनबाट रोक्ने कानुन बनाउने |

५ , राणाहरुले तरवारको दुवैवटा धारले प्रहार गरे – दलित शिल्पी समुदायलाई भाग्यबादमा आधारित मनुस्मितिको बर्नाश्रम ब्यबस्था लादेर भित्रि आत्मिक शक्ति नै कम्जोर बनाइदिने प्रयास गरे | र , बर्नाश्रम भित्र नपर्ने आदिबासीहरुलाई उनीहरुको मातृभाषा पढन र सरकारी कामकाजमा बन्देज लगाई दिएर आदिबासीहरुको मूलरक्तनली नै काटिदिए |

००७ सालको क्रान्ति पछि आएका शाशकहरुले पनि यहि नीतिलाई निरन्तरता दिए |

महेन्द्रले सोचे – अफ्रिकामा जस्तै सिधै रंगभेद संचालन गर्न नेपालमा सम्भव छैन तब घुमाउरो तरिकाले यहाका मुख्य समुदायहरुको रक्तनली काटने | जस्तो कि दलित शिल्पी समुदायलाइ सिधै छुत अछुत नगर्ने बरु देशलाई हिन्दु घोषित गरि दिने –जब देश हिन्दु भए पछी हिन्दु धर्मको मुलकुरा नै बर्नाश्रम हो ,तब दलित शिल्पी समुदाय स्वत तल परिहाल्छ नि भन्ने चलाकी अपनाए | यसरि नै यहाका आदिबासी शेर्पा ,तामाङ ,मगर ,गुरुङ ,राइ ,लिम्बु ,नेवार ,धिमाल ,लेप्चा ,याम्फु ,याखा आदिलाई सिधै दमन नगर्ने बरु पर्वते भाषालाई नेपाली भाषा भनेर हरेक कार्यालयमा सरकारी भाषा भनेर पेलेर लाने र अन्य मातृभाषालाइ बन्देज गर्ने |

महेन्द्रले दार्जीलिङबाट जतिपनि लेखक ,कलाकार नेपालमा ल्याए सायद उहाहरुले पर्वते बाहेक अन्य भाषामा लेख्ने वा गित गाउने हो भने उनले नेपाल आउन अनुमति दिने थिएनन् | किनकि कुनैपनि हालतमा पर्वते भाषालाई मात्र एकछत्र बनाएर लाने नै महेन्द्रको नीति थियो ,त्यसो भएपछी आदिबसिका भाषाहरु स्वत सकिन्थे र आदिबासी समुदाय तहस नहस हुन्थ्यो यो कुरा महेन्द्रको मुलनिती थियो |

६ , आदिबासी भाषा सिध्याउने र पर्वते भाषाको एकछत्र राज गर्ने मुलनीतिमा राणा ,राजा –पन्च ,कांग्रेस र कम्युनिस्टहरुको सधै एकमत हुदै आएको छ | कम्युनिस्टहरुले जनता झुक्याउन पचासौ पन्नाको पार्टी दस्ताबेज बनाउछन तर त्यहा कहिपनि राणा र पन्चको एकभाषिक नीतिको बिरोध गरिएको हुदैन |

पंचायतकालमा एकदल कि बहुदल भनेर राजा र बिपी कोइराला बिचमा टक्कर परिरहेकै थियो | तर त्यसबेला पनि क्याम्पसहरुमा बीपीको उपन्यासहरु मजाले पढाइ भैरहेको हुन्थ्यो | किनकि बीपीको उपन्यासहरु पर्वते भाषामा लेखिएको हुन्थ्यो र उनका साहित्यहरुमा आर्यहरु सर्बश्रेष्ठ हुन् ,नेपालमा आर्य र आदिबासी बिचमा लामो समय देखि टक्कर परिरहेको छ र आर्यहरुले जितिरहेका छन् भन्ने संदेशहरु छन् | बीपीको राजनीति जेसुकै भए पनि उनको साहित्यले पर्वते भाषालाइ उचो बनाउने र यहाका आदिबासीहरुलाई कम्जोर देखाउने काम गरिरहेको छ भनेर पंचहरुले उनका साहित्यहरु पंचायतकालमा पनि क्याम्पसमा पढाउन अनुमति दिएका हुन् | पछि पुन सत्तामा आएपछि आफुलाई लोकतन्त्रबादी भनेर  नथाक्ने कांग्रेसहरुले कहिले पनि बहुभाषिक नीतिलाई लागु गरेनन ,रेडियो नेपालको क्षेत्रीय प्रसारणहरुमा केहि आदिबासी भाषाको गित बजाएको र केहि आदिबाशी भाषामा समाचार भनेको कुरालाई बेचेर काग्रेसले धेरैपल्ट आदिबासीहरुको भोट भेला पार्यो | मुख्यकुरा आदिबासी भाषालाई लोकसेवा आयोगको परिक्षा दिन पाउने व्यवस्था कसैले गर्छ भने त्यो चाहि गरेकै हो भनेर मान्नु पर्ने हुन्छ तर अहिले सम्म यो कुरा त धेरै टाढाको बिषय भैरहेको छ |

७ , मुक्ति हुन्छ भन्ने आशाले आदिबासी समुदायका धेरै मान्छेहरु बिभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा लागे ,बलिदान गरे र अझैपनि केहि लागिरहेका छन् | निस्चय पनि नेपालका आदिबासीहरुको आर्थिक ,सामाजिक अवस्था धेरै नै जर्जर छ यो अवस्थामा मुक्तिको आशाले मुक्तिको नारा दिने पार्टी प्रति आकर्षित हुनु स्वभाविकै हो | तर राजनैतिक ,आर्थिक ,सामाजिक मुक्ति एउटा जटिल बिषय हो ,त्यसैले कुनै पनि राजनैतिक धारमा होमिदा धेरै विश्लेषण गरेर मात्र होमिनु पर्छ ,नत्र कहिलेकाही क्रान्तिकारी पार्टीमा लागे भनेर गर्ब गरिरहदा आफ्नै चिहान खनिरहेका पनि हुन्छौ जुनकुराको महसुस उमेर बित्यो पछी मात्र हुन्छ |

नेपालमा आदिबासीहरुको ऐतिहासिक स्वायत्त राज्य /प्रान्तहरु थियो ,स्वायत्त क्षेत्रहरु थियो | गोर्खाली शाशक पृथ्वीनारायण शाहले ति स्वायत्त राज्यहरुको भौतिक अस्तित्व माथि सैनिक हमला गरे | उनि पछिको शाशकहरुले आदिबासीको भाषा माथि आक्रमण शुरु गरे ,आदिबासीको भाषाहरु सरकारी कार्यालयमा बन्देज गरिदिए | आदिवासीका भाषाहरु बन्देज भएपछी

दश हजार बर्ष देखि आदिबासीहरुले सिक्दै जान्दै आएका ज्ञानहरु काम नलाग्ने भयो | धिमाल ,राजबंशी ,थारुहरुको जग्गा हडपडा उनीहरु माथि अनेक जालझेल षड्यन्तको कागजाजहरु बनाइयो | जब धिमालहरु अड्डा ,अदालत पुगे उनीहरुको

भाषा त्यहा बन्देज थियो र पर्वते भाषामा आफ्नो कुरा राख्न सकेनन ,पर्वते भाषामा मुद्दा लडन सकेनन र उनीहरुको हजारौ बिगा जमिन पर्वते भाषीहरुको हातमा गयो |

लिम्बु ,राइ ,तामाङ … आदिबासीहरु घरमा हजारौ बर्ष देखि आफ्नो मातृभाषा बोल्थे तर स्कुलमा पर्वते भाषा बोल्नु पर्ने भयो तब भाषाको कारणले उनीहरुले स्कुल छोडे तब सरकारी जागिर खान सकेनन , बिरामी पर्दा वा अन्य ब्यबहार गर्दा घरखेत बेच्नु पर्यो र उक्त आदिबासी सर्बहारा भयो | अनि सर्बहारा आदिबासीको छोरा छोरी सर्बाहारा नै भयो ,यसरि आदिबासी समुदायको अवस्था दिनदिनै नाजुक बन्दै गएको छ |

तब कम्युनिस्टले एकैपल्ट कुरा शुरु गर्छ सर्बहाराको आर्थिक मुक्ति को प्रसंग देखि | तर उक्त आदिबासी कुन कारणले सर्बहारा बन्यो र बनिरहेको छ भन्ने प्रसंगको कुरा नै गर्दैनन् |

आदिबासीहरु सर्बहारा हुनको मुख्य कारण उनीहरुको ऐतिहासिक प्रान्तहरु खोसिनु हो | र ,आदिबासी भाषाहरुलाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता नपाउनु हो ,जसले गर्दा आदिबासीहरुले आफ्नो ज्ञान प्रयोग गरेर लोकसेवा आयोगमा प्रवेश गर्न सक्दैनन र राज्यले दिने हर सुविधाहरुबाट बन्चित बनाइन्छन् |

अब ,आदिबासीहरुको मुक्तिको बाटो भनेको आ आफ्नो स्वायत्त प्रान्त प्राप्त गर्नु र उक्त प्रान्तहरुमा आदिबासीको भाषाहरुलाई मान्यता दिलाउनु र सम्बन्धित भाषीहरुलाइ आफ्नै भाषा मार्फत लोकसेवा परिक्षा दिन लगाएर समुहगत रुपमा राज्यको हरेक अंगमा प्रतिनिधित्व गराउनु नै हो |

जबकी आदिबासीहरुको मुक्तिको बाटो यहा उल्लेख गरिए झैँ अघि बढ्यो भने मात्र सफल हुन्छ | तर ,त्यहि मुक्ति चाहने आदिबासीहरु चाहि इतिहास ,अस्तित्व ,राज्य /प्रान्त ,मातृभाषाको महत्व ,पहिचान सबैको बिरोध गर्ने कम्युनिस्ट पार्टीमा लागिरहेका हुन्छन | कम्युनिस्ट पार्टीमा लाग्नेहरु बर्गको मात्र कुरा गर्नु नि ! इलाम ,पाचथर ,भोजपुर तिरका कम्युनिस्ट लिम्बु ,राइ नेताहरु सिराहा सप्तरीमा गएर चुनाब लड्नु नि किनकि कम्युनिस्ट पार्टी त त्यहा पनि छ | बर्गको कुरा गर्नेहरुले जहिबाट पनि चुनाब लडेर देखाउनु सक्नु पर्छ | तर चुनाब लडने बेलामा लिम्बुले लिम्बु क्षेत्र ,राइले राइ क्षेत्र ,शेर्पाले शेर्पा क्षेत्र हेर्दै आउछ | जब इतिहास ,अस्तित्व ,भाषा ,पहिचानलाइ अस्विकार गरिसके पछी चुनाबको बेला चाहि किन जात खोज्दै आउनु ?

वास्तकमा कम्युनिस्ट सिद्दान्तमा तिन तह महत्वपूर्ण हुन्छ – परिवार – निजि सम्पति – राज्य | परिवार पाल्न निजि सम्पति चाहिन्छ र निजि सम्पति रक्षा गर्न राज्य चाहिन्छ | अब राज्य भत्काउने हो भने निजि सम्पति लथालिंग हुन्छ ,निजि सम्पति नभए पछी परिवार भताभुंग हुन्छ ,अनि साम्यवाद शुरु हुन्छ ,यहि नै हो कम्युनिस्ट को मूल दर्शन | नेपालका कम्युनिस्टहरुले यहाका आदिबासी नेताहरुलाई त्यहि सिकाएका छन् – हामी संसारको राज्य खतम गर्न हिडेका हरु किन लिम्बुवान ,खम्बुवान ,शेर्पा ,तामांङसालिङ प्रान्त /राज्य स्थापनामा अलमलिनु हुन्छ ! यो प्रान्तहरुमा नअलमलिनुस किनकि हामी राज्यविहीन संसारको परिकल्पनामा हिडेको कम्युनिस्टहरु हौ भनेर हाम्रा आदिबासीहरुको दिमाग भुटेको हुन्छन | तर के ब्यबहारमा सन् १९१७ मा रुसमा र सन् १९४९ मा चीनमा कम्युनिस्ट शासन स्थापना भएपछी त्यहाँ राज्यहरु बिलय भए कि अझ मजबुत भए ? रुसमा र चीनमा राज्यहरु बिलय त भएन अझ मजबुत भएर गए | नेपालमा नै हेर्ने हो भने पनि यहाँ पटक पटक कम्युनिस्ट सरकार बन्यो अहिले त दुइ तिहाइको सरकार बनेको छ | नेपालका कम्युनिस्ट हरुले राज्यलाई कम्जोर बनाउदै छन् कि सेना प्रहरीको लागि नया नया हतियार किनेर र १८ वर्ष सम्म सर्बोच्च अदालतमा कम्युनिस्ट को मान्छे मात्र प्रधानन्याधिस हुने सेटिंग गरेर , पर्वते भाषाको साथसाथै सस्कृत भाषा पनि अनिबार्य गरेर राज्यलाई अझ दह्रो बनाउदै छन् ! घाम जतिकै छर्लंग छ – कम्युनिस्टहरुले केन्द्रिय राज्य सत्तालाई अझ मजबुत बनाउदै लादै छन् र प्रान्तहरुलाई रबर स्ट्याम्पमा परिणत गर्दै छन् |

कम्युनिस्ट शासनमा राज्य कम्जोर हुन्छ र अन्तरास्ट्रियबाद को जन्म हुन्छ भनेको त नारा मात्र रहेछ नि त – वास्तकमा त कम्युनिस्ट नेताहरुले आफ्नो भाषा ,आफ्नो धर्म ,आफ्नो बर्ण को पकड भएको नेपालको केन्द्रीय राज्यसत्तालाई त अझ मजबुत बनाउदै लाने रहेछन नि त ! यसरि कम्युनिस्ट नेताहरुले आफ्नो केन्द्रिय राज्य दिनदिनु दह्रो बनाउदै लगेको बेला

स्वाभाविकै रुपमा हामी आदिबासीहरुले आ आफ्नो प्रान्त पनि दह्रो बनाउने रणनीति लिनु पर्छ | पर्वते भाषीहरुको पकड

रहेको केन्द्रीय राज्य मजबुत हुने अनि हामी आदिबासीहरुको प्रान्त हराउदै जाने यो कदापि हुन् सक्दैन |

निचोडमा ,नेपालका कम्युनिस्ट नेताहरुले उनीहरुको पकड रहेको केन्द्रिय राज्य दह्रो बनाउदै लगेका छन् र अब हामी आदिबासीहरुले पनि आफ्नो प्रान्त प्राप्तिको आन्दोलन ससक्त बनाउदै लानु पर्छ | केन्द्रीय सत्ता र प्रान्तबादिहरुको बिभिन्न मोडमा टक्कर पर्छ र एउटा सहमति बन्छ |

यसरि आदिबासीहरुले आफ्नो प्रान्त प्राप्तिको लडाई अस्तित्व ,आदिबासी ,पहिचान भनेर नस्वीकार्ने कम्युनिस्ट पार्टीमा बसेर लड्दा सम्भव छ त ? उत्तर सहज छ सम्भव छैन |  कम्युनिस्ट पार्टीबाट जातीय मुक्ति सम्भव छैन भन्ने थाहा हुदा हुदै आफै अलमलिएर बस्ने अनि आदिबासी समुदायलाई पनि अलमलाएर राख्ने आदिबासी अनुहारको कम्युनिस्ट नेताहरुले सधै छुट ,माफी पाइरहने हो त ? के यिनीहरुको बिरुद्धमा आजका सचेत आदिबासी समुदायले बैचारिक प्रतिकार गर्न ढिला भएन र ? अत्यन्त सोचनीय मोडमा आइपुगेका छौ |

८ , माथि नै भनियो – पर्वते भाषीहरुको पकड रहेको केन्द्रीय सत्तालाई अझ निरङ्कुश बनाउने र पर्वते भाषाको एकछत्र राज बढाउने मिशनमा राणा ,राजा –पन्च ,कांग्रेस ,कम्युनिस्टहरुको भित्रि मजबुत तालमेल थियो र छ |

भानुभक्तलाइ आदिकवि भनिएको छ –जबकी नेपालमा ठुलो संख्यामा आदिबासी समुदाय छ | आदिबासी समुदायको कविलाई आदिकवि भन्दा सुहाउथ्यो | आदिबासी समुदाय यहा २० हजार बर्ष देखि बसिरहेको छ ,अनि दुइ सय बर्ष अघि कविता लेख्नेलाई आदिकवि भनेर जताततै मुर्तिहरु बनाइएको छ |

माधव घिमिरेलाई राष्ट्रकवि भनेर राज्यले पदवी दियो ,यसको अर्थ उनले बोल्ने लेख्ने भाषा बाहेक हामी आदिबासीले बोल्ने भाषा अरास्ट्रिय हो ? साहित्यमा आशुकवि ,महाकवि ,युगकवि जस्ता उपमाहरू दिनु स्वभाविकै हो | तर संसारमा कहिँ नभएको रास्ट्रकवि भन्ने पद कसरि सिर्जना गरियो ? रास्ट्र भनेको राजनीति शास्त्रको अति जटिल शब्द हो | निश्चित भू भागमा बस्ने मान्छेहरुको यौटै खालको राजनैतिक आकाक्षा छ भने ति मान्छेहरुको सामुहिक भावनालाई रास्ट्र भनिन्छ | अनि एउटा पर्वते भाषामा साहित्य लेख्ने मान्छे कसरि राष्ट्रकवि/ राजनैतिक कवि भए त ? सबै भन्दा सोचनिय बिषय त उनै माधव घिमिरेलाइ रास्ट्रकवि उपमा दिइए पछि नेपाली सेनाले फुल जर्नेलको पदवीले शुशोभित गरेको छ | पर्वते भाषामा ठिकठीकैको साहित्य लेख्ने मान्छेले रास्ट्रकविको दर्जा पाउछ र उनलाई सेनाले तुरुन्त जर्नेल पद दिन्छ भने पछी पर्वते भाषालाई एक छत्र बनाउनु र यहाका आदिबासी मातृभाषाहरुलाई सिध्याउन कसरि काम भैरहेको छ भन्ने प्रस्ट हुन्छ |

आजभोली नेपालमा जग्गा प्लाटिङ गरेर नया बस्तीहरु बस्ने क्रम तिब्र गतिमा बढिरहेको छ खासगरि तराइ क्षेत्रमा | अनि अलिकति बस्ति बस्यो कि मूलसडकमा नै कि त लक्ष्मी प्रसाद देवकोटा ,कि भानुभक्त ,कि मोतीराम भट्ट कसै न कसैको सालिक खडा गरिहाल्ने गरिएको छ | पर्वते भाषा साम्राज्यलाइ रातारात अघि बढाउनु पर्छ भनेर एउटा बर्णले हिजो देखि आजसम्म उनीहरुको योजना बढाइरहेका छन् | उनीहरुले भाषा साम्राज्यलाई किन यति गम्भीर गरि अघि बढाएका छन् भने आदिबासीहरुको जिब्रोबाट आदिबासी भाषा थुतेर मिल्काउन सकियो भने आदिबासीको अस्तित्व सधैको लागि खतम गर्न सकिन्छ भनेर नै उनीहरु भाषा साम्राज्य मिशनमा लागिरहेका छन् |

९ , भाषाको महत्व अन्यकेही संग तुलना नै गर्न सकिदैन | मानौ ,२० जना प्रहरी युनिस्पेक्टर को दरबन्दी खुल्यो र परिक्षा लिम्बु भाषामा लिने व्यवस्था भयो भने त्यहाँ प्राय लिम्बु नै छानिन्छन ,धिमाल भाषा भयो भने धिमाल नै छानिन्छन र अहिले पर्वते भाषाबाट परिक्षा लिइन्छ अनि पर्वते भाषालाइ मातृभाषाको रुपमा बोल्नेहरु नै छानिएका छन् | ज्ञान सबैले जानेको हुन्छ तर उक्त ज्ञानलाई कुन भाषामा मापन गर्ने भन्ने ठुलो कुरा हो |

भाषाको यो महत्वलाइ नबुझेर हामी आदिबासीहरु किन पछाडि परिरहेका छौ भन्ने नै बुझिरहेका हुदैनौ | फलाम को जुत्ता लगाएर दौडमा कुदिरहेका छौ तर किन दौड हार्दै छौ भन्ने अझै हामीले बुझेका छैनौ |

जुनदिन हाम्रो मातृभाषालाइ सरकारी कार्यालयमा बन्देज लगाए त्यहि दिन देखि दशौ हजार बर्ष देखि हामीले सिक्दै आएका ज्ञानहरु प्रयोगबिहिन भयो र हामी आदिबासीहरुको अवस्था जर्जर भयो |

भाषामा षड्यन्त्र गरेर राज्यले हामीलाई पछी पार्यो र अब सरकारी कार्यालयहरुमा आदिबासी भाषा पुनर्स्थापना गरेर आदिबासी मुक्तिको यात्रा शुरु हुनेछ |

१० , हामी कतिपयलाई लागेको छ हामीहरु नै आफ्नो मातृभाषा पढदैनौ ,बोल्दैनौ र स्थानीय वार्डहरुले पाठ्यक्रम बनाउने अधिकार पाउदा पनि पाठ्यक्रम बनाउदैनौ ,त्यसैले कतै हाम्रै पो गल्ति छ कि ! यो सवालहरु उठ्नु स्वभाविक हो ,हाम्रो मातृभाषा जोगाउने सवालमा हामी सचेत हुनै पर्छ | तर आजको आधुनिक विश्वको मान्यता के हो भने जुन भाषालाइ राज्यले संरक्षण गर्दैन त्यो भाषा धेरै दिन जीवित हुदैन | भाषा बच्नुको लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ | नेपालका आदिबासी मातृभाषाहरुबाट पनि लोकसेवा आयोगमा परिक्षा दिन सकिने भनेर कानुन बनोस त लिम्बु ,शेर्पा ,याखा आदि भाषाहरु पढने को संख्या रातारात हजारौ गुणाले बढछ |  माथि टाउकोमा कुनै मान्यता नै छैन अनि १ /२ कक्षाको नानीहरुले मात्र किन पढछन त ! स्थानीय स्तरमा मातृभाषा बोलाइ ,पढाइ ,लेखाइ कम हुदै जानुको मुख्य कारणनै लोकसेवा आयोगमा र सरकारी कार्यालयमा हाम्रो भाषाहरुले मान्यता नपाउनु हो | अब लडाई टाउकोबाट नै शुरु हुनुपर्छ ,मातृभाषा बिश्वबिध्यालयको स्थापना र लोकसेवा आयोगमा मातृभाषा प्रयोगको अधिकारको लागि आन्दोलनको आधिबेहरी ल्याउनु पर्छ | माथि टाउकोको लागि नलड़ने अनि तल गाउको नानीहरुलाई मात्र मातृभाषा पढ्नु पर्छ भनेर अर्ति दिनुको कुनै अर्थ छैन | हामी अग्रज ,अगुवाहरुले टाउकोको लडाई सफल बनाउन सकियो भने गाउ गाउमा मातृभाषा पढने नानीहरुको उत्साहा थामिनसक्नु हुन्छ |

११ ,पहिचान सहितको १० +१ प्रान्तको माग गर्दा मुख्यतया भाषा र उत्पिडनलाइ नै आधार मानिएको छ | यहाँ लिम्बुवान ,खम्बुवान ,शेर्पा ,तामाङसालिङ ,नेवा ,तमुवान ,मगरात ,खशान ,थरुहट ,मधेश र दलित शिल्पी गैर भौगोलिक प्रान्तहरु बन्नेछन | यी प्रान्तहरुले भाषाको क्षेत्रमा ऐतिहासिक कार्यहरु गर्नेछन ,उदाहरणको लागि तामाङसालिङ प्रान्तले तामाङ  लगायत यस क्षेत्रका मातृभाषाको पाठ्यक्रमहरु निर्माण गरेर कक्षा १ देखि डिग्री सम्म अध्ययन र लोकसेवा आयोगमा प्रयोगको लागि प्याकेज प्लान बनाउने छ ,यसरि नै अन्य प्रान्तहरुले पनि कार्य गर्ने छन् | एकदुई जना व्यक्ति ,सस्था ,एक दुइ वटा वार्डहरुले मातृभाषाको प्लान बनाएर सम्भव छैन ,यसको लागि सिंगो लिम्बुवान ,खम्बुवान ,शेर्पा ..प्रान्तीय सरकार नै लाग्नु पर्छ भनेर १० +१ प्रान्तको माग तिब्र पारिएको हो |

तर ,१० +१ प्रान्तको माग र यसको मातृभाषा समर्क्षणको बृहत योजना असफल पार्न तत्कालिन माओबादी ,एमाले र कांग्रेस एकमत भएर संबिधानमा ७ प्रदेशको मात्र ब्यबस्था गरे | अब ,प्रदेश न .१ मा लिम्बुवान र खम्बुवान दुइवटा सभ्यता एकै ठाउ राखिएको छ | प्रदेश १ सरकारलाई भाषा पाठ्यक्रम बनाउने अधिकार पनि दिएको छैन ,यदि दिएको नै भए पनि उसले लिम्बुवान को बनाउने कि खम्बुवान को बनाउने ! पाठ्यक्रम बनाएर मात्र हुदैन प्रदेश सरकारले त लागु पनि गर्नु पर्छ ,अनि प्रदेस १ मा दुइवटा प्रान्तलाइ एकै ठाउ राखेपछि लिम्बुवान को आदिबासी भाषा लिम्बुवान क्षेत्रमा मात्र प्रयोग गरौ भने त्यसको लागि लिम्बुवान स्तरीय प्रान्तीय सरकार हुनुपर्यो ,जबकी सरकार छ लिम्बुवान खम्बुवान दुबैको संयुक्त | लिम्बुवान को आदिबासी भाषा लिम्बुवानमा मात्र पनि लागु गर्न नसकिने र सम्पूर्ण प्रदेश न .१ मा लागु गर्न त झन् नैतिक रुपमा पनि मिल्दै नमिल्ने अवस्था सिर्जना गरिएको छ | त्यसो हुदा लिम्बुवान को भाषा पनि लागु भएन र खम्बुवान को पनि लागु भएन उही पर्वते नै लागु हुने भो र फेरिपनि लिम्बुवान खम्बुवानलाइ सिध्याउने षडयन्त्र नै हो | प्रदेश न .१ मा लिम्बुवान ,खम्बुवान ,शेर्पा लाइ झगडा गराउने ,प्रदेश न .३ मा नेवा र तामाङलाइ झगडा गराउने ,प्रदेश ४ मा गुरुङ र मगरलाई र प्रदेश ७ मा खश र थारुलाई झगडा गराउने र फेरिपनि पर्वते भाषालाइ नै स्थापित गराउने ग्रयाण्ड डिजाइनमा ७ प्रदेशको खाका ल्याइएको छ | ७ प्रदेशको खाकाले थोरै बचेखुशेको मातृभाषाहरुलाई पनि सम्पूर्ण रुपमा सिध्याउछ |

लिम्बुवान र खम्बुवानको मातृभाषा सिध्याउनलाइ नै प्रदेश न .१ को खाका ल्याएको हुनाले प्रदेश न .१ को मुख्यमन्त्री र प्रदेश सरकारबाट मातृभाषा समर्क्षणमा कुनै कार्य हुन्छ भन्ने कुरा त सोच्नु पनि बेकार हो | यो ३ दलले यति सम्म बदमासी गरेका छन् – कि मातृभाषाको पाठ्यक्रम बनाउने अधिकार वार्ड पालिकलाई दिएका छन् | कहिँ वार्ड पालिकाले  कक्षा १ देखि डिग्री सम्मको मातृभाषाको पाठ्यक्रम बनाउन सक्छ ? अनि समग्र पाठ्यक्रम नबनाई कक्षा १ मा मात्र      पढाउनुको अर्थ हुन्छ ? यो ३ दलको मातृभाषा प्रतिको बक्रदृस्टी हो , मातृभाषाको घोर अपमान हो ,मातृभाषालाइ सिध्याउने कुटिल चाल हो |

मातृभाषाको पाठ्यक्रम कसले बनाउन सक्छ त ? कुरो स्पस्ट छ – मातृभाषाको पाठ्यक्रम समग्र लिम्बुवान ,समग्र खम्बुवान ,समग्र शेर्पा प्रान्त ,समग्र तामाङसालिङ प्रान्तीय सरकारले मात्र बनाउन सक्छ | कम्तिमा पनि १० /१५ हजार बर्ष देखि यस क्षेत्रमा बसिरहेका याखा ,लिम्बु समुदायहरुको समग्र प्रतिनिधिले प्रान्त स्तरीय ,बिशेस स्वायत्त क्षेत्र स्तरीय पाठ्यक्रमहरु निर्माण गर्न सक्छन | यस्तो गहन बिषयलाइ ठट्टा ठानेर वार्ड पालिकलाई पाठ्यक्रम बनाउन अधिकार दिएर झारो टार्ने ३ दलको षडयन्त्र पर्दाफास गर्ने पर्छ |

निचोड ,

समग्र लिम्बुवान ,समग्र खम्बुवान ,समग्र शेर्पा प्रान्त ,समग्र तामाङसालिङ… आदिले मात्र आ-आफ्नो मातृभाषाको पाठ्यक्रम डिजाइन गर्न नैतिक /सामाजिक /राजनैतिक अधिकार र क्षमता राख्छन | यस्तो गहन बिषयलाई ३ दलले वार्डलाइ जिम्मा दिएको छ ,जबकी वार्डले पाठ्यक्रम निर्माण गर्ने सक्दैन ,कहिँ कतै कक्षा १ /२ को पाठ्यक्रम बने पनि समग्र बन्न सक्दैन ,समग्र नबनिन्जेल मातृभाषा अध्ययनको लहर पनि आउदैन | हजारौ ठाउहरुमा वार्डहरुले मातृभाषा पाठ्यक्रम निर्माण गर्न सकेका छैनन ,हुनपनि कसरि सकुन त जबकी त्यो उनीहरुको कार्यक्षेत्र भन्दा धेरै ठुलो कुरा हो |

अनि अहिलेको नेकपा कम्युनिस्ट सरकारले ल्याएको नीति यस्तो छ – ‘ जुन वार्डमा मातृभाषाको पाठ्यक्रम निर्माण भएको छैन त्यहाँ ऐच्छिक बिषयको रुपमा कक्षा १ देखि सस्कृत पढाउने | ‘ जबकी हजारौ वार्डहरुमा मातृभाषा पाठ्यक्रम बनेकै छैन ,अनि मातृभाषा नभएको सबै ठाउमा ऐच्छिक सस्कृत बिषय पढाउने रे ! यसरि ऐच्छिक को खोल ओडाएर मृत र बिरोध पछी बन्द भैसकेको सस्कृत भाषालाई पुन अनिबार्य अध्यापन गराउदै छन् |

यसरि ऐच्छिकको खोल ओडाएर घुमाउरो तरिकाले अनिबार्य सस्कृत बिषय पढाएर पर्वते भाषाको साम्रज्य खडा गरि अन्य मातृभाषा र मातृभाषीहरुलाई यो धरतीबाट नै सिध्याउने कम्युनिस्ट सरकारको सस्कृत नीतिको ससक्त बिरोध गरौ ,संघीय लोकतान्त्रिक रास्ट्रिय मंच मातृभाषा सिध्याउने सरकारी नीतिको बिरुद्धमा सकडमा उत्रने छ |

‘’ आदिबासी मातृभाषा बिश्वबिध्यालाय स्थापना गर ,लोकसेवा आयोगमा मातृभाषाबाट परिक्षा दिन पाउने व्यवस्था गर ,१० +१ प्रान्त स्थापना गरि राज्यको सबै निकायमा मातृभाषालाइ सरकारी कामकाजको भाषाको मान्यता प्रदान गर ‘’ यहि मूल माग सहित देशभरका मातृभाषाप्रेमीहरु गोलबन्द भएर आन्दोलनमा उत्रन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ |

जय १० +१ प्रान्त | जय मातृभाषा |

कुमार लिङदेन मिराक ,अध्यक्ष

Comments are closed.