पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

लिम्बुवान मंचले ” लिम्बुवान क्यालेन्डर -०७७ ” प्रकाशन गरेर धमाधम वितरण गरिरहेको छ

बैशाख २८ ,काठमाडौँ , संघीय लोकतान्त्रिक रास्ट्रिय मंच -संघीय लिम्बुवान मंच ,नेपाल द्वारा नया बर्ष को अवसरमा ” लिम्बुवान क्यालेन्डर -०७७ ” प्रकाशित गरेको छ | संघीय लोकतान्त्रिक रास्ट्रिय मंचले अघि सारेको संघीय सह -अस्तित्वबाद ,संघीय सामुदायिक समाजबाद ,संघीय इको -इकोनोमी  जस्ता राजनैतिक दर्शन र लिम्बुवान सहितको १० +१ प्रान्त को संघीय समर्चना बारे र मंचको चुनाब चिन्ह दाप सहितको खुकुरी चिन्हलाई गाउ गाउमा पुर्याउनको लागि लिम्बुवान क्यालेन्डर प्रकाशित गरिएको छ |

संघीय लिम्बुवान मंच ,नेपालका प्रान्तीय उपादक्ष्य ए बि पन्धाक लिम्बु संयोजक ,महासचिब अशोक चेम्जोंङ र उपमहासचिव एबम प्रचार बिभाग प्रमुख दिल कुमार लावती सदस्य रहेको तीन सदस्यीय क्यालेन्डर प्रकाशन समितिले लक्ड डावनको बेला पनि अहोरात्र खटेर मंचको क्यालेन्डर प्रकाशन गर्न सफल भएको छ |

प्रकाशन समिति सदस्य उपमहासचिब दिल कुमार लावती भन्छन – ” जम्मा १० हजार क्यालेन्डर छाप्ने योजना थियो | तर लक्ड डावनको कारणले ७ हजार मात्र छाप्न सकियो | अहिले लक्ड डावनको अवस्थामा सम्भव भएका जिल्ला र गाउहरुमा क्यालेन्डर पुर्याइरहेका  छौ र जनताहरुबाट राम्रो प्रतिक्रिया आइरहेको छ |”

Comments are closed.