बैशाख २४ ,काठमाडौँ
खसान रास्ट्रिय संघर्ष समिति ,नेपालका केन्द्रिय अध्यक्ष प्रेम बहादुर खाती ले एक बिग्यति जारि गरेर छिमेकी देश भारत र नेपालको सिमाना दार्चुला नाकामा भारत तिर अलपत्र परेका २ हजार नेपालीलाई कोरोना भाइरस संक्रमण को मापदण्ड पुरा गरि नेपाल ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गरेको छ |
यसरि नै खसान रास्ट्रिय संघर्ष समितिका केन्द्रिय उपादक्ष्य एबम प्रदेस ७ इन्चार्ज रघुबीर सिंह ठगुन्ना खस ले एक बिज्ञप्ति जारि गर्दै भारतको चेन्नई ,बेङलोर ,दिल्ली लगायतका ठाउहरुमा बिसेस गरि खसान क्षेत्रका सयौ नेपालीहरु लक्ड डावन को कारणले अलपत्र परिरहेकोले उनीहरुलाई नेपाल ल्याउन नेपाल सरकार संग माग गरेका छन् |
प्रेस बिज्ञप्ति मिति -२०७७ /०१/१८
पश्चिम सिमानामा अलपत्र नेपालीहरुलाई तुरुन्त नेपाल ल्याएर ब्यबस्थित गरियोस
उपरोक्त सम्बन्धमा छिमेकी मित्र रास्ट्र भारतको उत्तराखण्ड राज्य अन्तर्गत पिथौरागढ़ ,चम्पावत र उध्यम्सिंह जिल्ला अन्तर्गत बनबासा ,पन्चेस्वर ,झुलाघाट ,दत्तु र धार्चुला स्थित बिभिन्न क्वारेन्टाइनमा बिगत ३० दिन भन्दा लामो समयदेखि राखिएका १५०० भन्दा बढी दार्चुला ,बैतडी ,बझांग ,बाजुरा ,कालिकोट ,जुम्ला ,मुगु ,हुम्ला ,डडेल्धुरा ,डोटी ,अछाम ,कैलाली र कन्चनपुरका नेपालीहरुलाई भारतीय मेडिकल टिमले कोरोना भाइरस चेकजाच गर्दा नेगेटिभ रिजल्ट आइसक्दा पनि नेपाल सरकार ,स्थानीय जिल्ला प्रसासनहरुले नेपाल आउन नदिइरहेको दुखद अवस्था छ | सम्मानित सर्बोच्च अदालत समेतले सिमानामा रोकिएको नेपालीहरुलाई नेपाल ल्याउन आदेश भै सकेको अवस्थामा नेपाल भारतको सिमानामा रोकिएको नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले पहल नगर्नु निन्दनिय कार्य भैरहेको छ |
यस खशान रास्ट्रिय संघर्ष समिति पश्चिम नेपालको सिमानामा रोकिएको नेपालीहरुलाई तुरुन्त प्रवेश गर्न अनुमति दिई कोरोनो भाइरस बिरुद्धको मापदण्ड अनुसार ब्यबस्थित गर्न नेपाल सरकारको संघीय ,प्रदेश ,जिल्ला इकाइहरुलाई जोडदार अनुरोध गर्दछ | यसरि नेपालको आफ्नै सिमानामा आइपुगेर पनि नेपालीहरुलाई स्वदेश ल्याएर ब्यबस्थित गर्न सकिएन भने भविष्यमा देशको इज्जत ,प्रतिष्ठामा चोट पुग्दछ |
यसरि नै पश्चिम नेपालको सबै जिल्लाहरुमा सर्बपक्षिय संयन्त्र निर्माण गरेर कोरोना र यसले भविष्यमा असर गर्ने आर्थिक ,भौतिक सबै क्षेत्र संग लडन संयुक्त टिम स्पिरिट निर्माण गरियोस र उक्त सर्बपक्षिय संयन्त्रमा यस खशान रास्ट्रिय संघर्ष समितिको अनिबार्य प्रतिनिधित्व गराइयोस भनि सरकारलाई अनुरोध गर्दछौ |
जय खशान प्रान्त ,जय १० +१ प्रान्त |
प्रेम बहादुर खाती
केन्द्रिय अध्यक्ष ,खशान रास्ट्रिय संघर्ष समिति
प्रेस –बिज्ञप्ति मिति -२०७७ /०१ /२२
भारतमा अलपत्र रहेका नेपालीहरुको उद्दारकोलागि अपिल गर्दछौ
उपरोक्त सम्बन्धमा मिति २०७५ चैत्र ११ गते देखि बिस्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना रोगबाट देश र जनता बचाउने उदेस्यले देश भरी लग डाउन गरेको आज ४२ औ दिनमा पुगिसकेको अवस्थामा आजको दिन सम्म देशमा कोरोनाको महामारी नियन्त्रणमा रहनु, हाल सम्म ७५ जनामा मात्र कोरोना सिमित रहनु र त्यसको कारण एक जनाको पनि ज्यान नजानु रोग लागेकाहरु पनी निको हुँदै घर जानेको सँख्या ठूलो रहनु र महामारीले बिशाल रुपलिनबाट बचाउनु नेपाल सरकार , स्वास्थ्य मन्त्रालय र नेपाली जानताको ठूलो सफलता हो । यश बिचमा चीन लगाएत केहि देशमा फसेका नेपाली नागरिक र नेपालमा फसेका अन्यदेशका नागरिकहरु हवाई जहाज बाट उद्धार गरिनु, छिमेकी देश भारत र नेपालका सिमानाकाहरुमा अलपत्र परेका सयौ नेपाली नागरिकहरु तथा देश भित्रकै विभिन्न शहर तथा जिल्ला हरुमा अलपत्र परेका जनता भित्र्याउन सहयोग गर्नु र तिनीहरुलाई स्वदेश र उनिहरुको पालिका सम्म ल्याइ स्वास्थ्य चेक जाँच गरि क्वारेन्टाइनमा राखी रेखदेख गर्नु जस्ता प्रशँसनीय कार्य भएका छन । कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने र लग डाउनको अवधि बढदै जाने अवस्था देखिएको छ ।
यश अवस्थामा लगडाउनको कारण छिमेकी मित्र रास्ट्र भारतको दिल्ली, बैङलोर , मद्रास,मुम्बै, महाराष्ट्र, केरला, चेन्नई , पन्जाब, युपी,मध्य प्रदेश, देहरादुन,हरिद्वार आदि सहरहरुमा रोजगारिको खातिर भौतारिदैगएका र बिगत लामोसमय देखि त्यहा सिजनल रोजगारी गर्दै आइरहेका अतिबिपन्न अतिनिम्न बर्गका नेपाली हरु जो खशान र थरुवान क्षेत्र नेपालका खासगरी दार्चुला,बैतडी, बझाङ, बाजुरा,कालिकोट,जुम्ला, मुगु, हुम्ला,दैलेख, सुर्खेत,जाजरकोट, रुकुम,रोल्पा, डोटी, अछाम,कंचनपुर र कैलाली जिल्लाहरुका हजारौको सँख्यामा खश क्षत्री, बाहुन, दलित, थारु, र गुरुङ मगर लगायतका जनजाति गरिब बिपन्न परीवारका नेपालीहरु फसिरहेकाले उनिहरुलाइ भारतका विभिन्न राज्य हरुबाट नेपालको सिमासम्म ल्याइदिन र नेपाल भारत सिमाबाट सम्बन्धित जिल्ला सम्म ल्याइ दिने ब्यवस्थाको लागि आवस्यक पहल नेपाल सरकारले गरोस भनि बिनम्रता पुर्वक हार्दिक अनुरोध गर्दछौ |
जय खशान ,जय १० +१ प्रान्त |
रघुबीर सिंह ठगुन्ना ‘खस ‘ ,केन्द्रिय उपादक्ष्य एबम प्रदेश ७ इन्चार्ज
खसान रास्ट्रिय संघर्ष समिति ,नेपाल
Comments are closed.