पहिचानको आधारमा १०+१ प्रान्त स्थापना गर्न एकजुट होऔं

खशको सबै भाग बाहुनले खाँदैछन्

रघुवीर सिंह ठगुन्ना खश क्षत्री

ठगुन्नाजी, आफूलाई कसरी चिनाउनु हुन्छ?
मेरो नाम रघुबीर सिंह ठगुन्ना खश क्षेत्री हो। मेरो जन्म दार्चुला जिल्ला खार गाविस ५ ज्यामिरे भन्ने ठाउँमा २०२१ सालमा भएको हो। मेरो बुबाको नाम हरजित सिंह ठगुन्ना र आमाको नाम पानादेवी ठगुन्ना खश हो। मैले ग्रामिण विकासमा मास्टर्ससम्म अध्ययन गरेको छु र हाल म सामाजिक अभियन्ताको रुपमा काम गर्दैछु। म प्रेमबहादुर खाती अध्यक्ष रहेको खशान राष्ट्रिय संघर्ष समितिको सुदुरपश्चिम वा प्रदेश नं. ७ को प्रतिनिधिको रुपमा कार्यरत छु।
खशान राष्ट्रिय संघर्ष समितिको खास मागहरु के के हुन्?
खशान राष्ट्रिय संघर्ष समितिको मुख्य मागहरुमा – जुम्लाको सिंजा उपत्यकामा विकास भएको महान खश सभ्यतालाई सम्मान गर, खश समुदायलाई आदिवासीमा सूचिकृत गर, समानुपातिक कोटामा खशआर्यलाई एकै ठाउँ राखेर खशको भाग सबै आर्यले खाइरहेको हुनाले खश र आर्यको समानुपातिक कोटा अलग अलग गर, खशको मस्टो संस्कृतिको पर्वहरुमा सार्वजनिक बिदाको व्यवस्था गर र ७ प्रान्तलाई संशोधन गरि १०ं१ प्रान्त अन्तर्गत खशान प्रान्त स्थापना गर।
खश समुदाय भनेर चिनाउने मुख्य गुणहरु के के हुन्?
खश समुदायको मुख्य गुणहरुमा – क) मस्टो वा प्रकृति पूजक – खशहरुले पूजा गर्दा ब्राह्मण चाहिँदैन, ख) खश भाषा बोल्ने – अहिलेको नेपाली वा पर्वते भाषा खश भाषा होइन, यो भाषा खश क्षेत्रको बुढाबुढी, महिलाहरुले अहिले पनि बुझ्दैनन, खशहरुको आफ्नै भाषा हुन्छ। ग) भांग्रोको लुगा लगाउने – खशानका खशहरुले भांग्रो आफै रोपेर यसको कपडा बनाएर लगाउँछन्, खश र दलितले भांग्रो लगाउँछन् तर यस क्षेत्रका आर्य बाहुन र ठकुरीले भांग्रो लगाउँदैनन्। घ) म महान खश सभ्यताको सदस्य हँु, म खश हुँ, खशलाई २५० वर्षदेखि खशलाइ सिध्याउने षडयन्त्र भइरहेछ तर हामी गर्वले भन्छौं – हामी खश हौं र हामीलाई खशान प्रान्त चाहिन्छ। यही गुणहरु भएको व्यक्तिहरु नै खश हुन्।
खश र आर्यहरु फरक फरक नै हुन्? खश र आर्य फरक हुन् भन्ने मुख्य प्रमाणहरु के के हुन्?
खश र आर्य बिल्कुल फरक फरक समुदाय हुन्। खश समुदायहरु जुम्लाको उत्तर मानसरोबर हिमाली क्षेत्रबाट हजारौ बर्ष पहिले नेपाल प्रवेश गरी जुम्लाको सिंजा भन्ने उपत्यकामा बसेर खश सभ्यतालाइ नेपाली माटोमा विकसित गरे। धेरै पछिसम्म खशहरुले जनै, वेद, पुराण केही पनि मान्दैन थिए, एक समयमा खशका पुर्खाहरु बौद्ध धर्मावलम्बी थिए। जुम्लाबाट खशहरुले पश्चिम कुमाउ गडवालसम्म आफ्नो राज्य बिस्तार गरेका थिए।
आर्य ब्राह्मणहरु दक्षिणतिर वा बनारस, कान्यकुञ्ज, हरिद्वारबाट नेपाल प्रवेश गरेका हुन्। नेपालमा आउनुअघि आर्यहरुको सभ्यता हरिद्वारतिरै विकसित भएको थियो, उनीहरु नेपाल आउँदा आर्य सभ्यता बोकेर आएका हुन्, आज पनि सबै आर्यहरु मृत्युपछि अस्तु सेलाउन हरिद्वार पुग्छन् र हरिद्वारमा नेपाली आर्य ब्राह्मण राजगुरु आज पनि सक्रिय छन्।
खशहरुले विवाह गर्दा बेहुली किन्नु पथ्र्यो, मैले नै २०३८ सालमा विवाह गर्दा मेरो ससुरालाई ४५ सय रुपैयाँ तिरेर श्रीमती ल्याएको हँु। तर आर्यहरुले कन्यादान गर्छन्। खशहरुलाई जनै लगाइदिएको सत्र पुस्ता मात्र हुँदैछ। पहिले खशहरुले अस्तु काशी लादैनथ्ये। जीवन र जगत प्रतिको बुझाई खश र आर्यमा एकदमै फरक थिए।
यसरी खशहरु उत्तरबाट आएर जुम्लामा आफ्नो सभ्यता जन्माए, हुर्काए। तर आर्यहरु दक्षिणबाट उतै विकसित भएको सभ्यता लिएर नेपाल आए। यिनै ऐतिहासिक कारणले गर्दा खश र आर्य अलग समुदायहरु हुन्।
यत्रो महान खश सभ्यता र यति धेरै बहुसंख्यामा रहेको खशहरु किन र कसरी नेपालको राजनैतिक परिदृश्यबाट आजको दिनमा ओझेल परिरहेका छन् त?
हरिद्वारबाट आएका आर्यहरुको पहिलो निशानामा खश आदिवासीहरु परे। उनीहरुले महान खश सभ्यतालाई तहस नहस पार्न खशहरु भनेको हामी आर्यबाट खशेको खसिया पो हुन् त भनेर ब्यापक प्रचार प्रसार गरे र बिस्तारै खशहरुमा हामी त सानो वा खशेको पो रहेछौं भनेर मनोवैज्ञानिक असर पर्‍यो। वास्तवमा सबैभन्दा खतरनाक आक्रमण नै मनोवैज्ञानिक आक्रमण हुँदोरहेछ, मानसिक रुपमा मान्छे कमजोर भएपछि त भालाले प्रहार गर्नु नपर्ने रहेछ नि। आर्यहरुले खशहरुको मनोविज्ञानमा प्रहार गरे। हुनत, खश सभ्यता र खशेको वा खसिया भन्ने शब्द त आकाश जमिन फरक छ। जसरी अंग्रेजीमा कययल भनेको चाँडै हो तर नेपालीमा सुन भनेको (गोल्ड वा सुन्नु हियरिङ) हो, यसरी बिभिन्न सभ्यतामा शब्दहरु मिल्छन् तर अर्थ फरक हुन्छ नि। त्यस्तै जुम्लामा विकसित भएको महान मस्टो वा प्रकृतिपूजक खश सभ्यताको खश र आर्यहरुले ल्याएको खशेको शब्द अक्षरमात्र मिलेको हो तर अर्थ आकाश जमिन फरक हो। तर, शासन सत्तामा आर्यहरुको बर्चस्व बढ्दै गएपछि खसेको नै खश हो भनेर स्थापित गरे र सम्पूर्ण रुपमा खश सभ्यतालाई धुमिल पार्न सफल भए र आज हामी १८५ खशहरुले यो दुर्दशा भोगिरहेका छौं।
हामी अन्य आदिवासीहरु, दलित शिल्पी, मधेशीहरुले त के सोच्थ्यौं भने अहिलेको गोर्खाली सिंहदरबारिया एकात्मक शासन त खश शासन नै पो होला, तर तपाईंको कुरा सुन्दा त यो गोर्खालीहरु, अहिलेको आर्य शासकहरुसँग सबै भन्दा ठूलो शत्रुता त खशहरुको पो रहेको देखिन्छ, यसमा केही स्पस्ट पारिदिनुहुन्छ कि?
तपाईले ठीक भन्नुभयो। नेपालका धेरै जनताहरुले गोर्खाली र बर्तमान आर्य शासकहरु नै खश होला भनेर खश अहंकारवाद शासन भनेर हामी खशलाई खुब गाली गर्दछन्। तर, सत्यता अर्कै छ, बिचरा खशहरु कहाँको शासक हुनु निज्ञ् गोर्खाली र आर्यहरुले सबैभन्दा पहिले खशलाई तहसनहस बनाइसकेका छन्। बर्तमान राज्यसत्ताले खशलाई सधैं देब्रे आँखाले हेर्छ।
बरु अहिलेको गोर्खाली आर्य शासन र खशहरु वीचमा जहिले पनि शत्रुता र अविश्वासपूर्ण सम्बन्ध रह्यो। उदाहरणको लागि मेरो हजुरबुबा हस्र्व ठगुन्ना जो स्थानीय अड्डामा बहिदार पनि हुनुहुन्थ्यो। उहाँले म नेपाल आर्मीमा भर्ती हुने बेलामा पृथ्वीनारायणको सेना हुन् नजा भनेर कति भन्नु भएको थियो, तर पनि म भर्ती भएँ। पछि मेरो हजुरबुबाले भन्नु हुन्थ्यो – हेर रघु तँलाई पेन्सन दिउँला, पढाइ दिउँला भनेर यो राजाले मक्ख बनाएको होला। तर, यो राजाले केही गर्दैन, यो राजाको सन्तान बहुत धोकेवाज छ, हाम्रो खश राज्य/खशको अधिकार कायम गर्छु भनेर हामीसँग सम्झौता गरेर हाम्रो राज्य लियो तर पछि यो शाह राज्यले खशहरुलाई ठूलो धोका दियो त्यसैले गोर्खाली राजाको कहिले पनि विश्वास नगर्नु।
यो वाक्यहरु मैले बनाएको होइन। मेरो आफ्नै घरको हजुरबुबाले खुद मलाइ भन्नु भएको हो। यसरी खश र गोर्खाली राजाहरु एवं उनीहरुको नाममा शासन गर्ने आर्यहरु वीचमा सधंै अविश्वास र शत्रुतापूर्ण रह्यो। त्यसैले सम्पूर्ण नेपाली उत्पीडित समुदायहरुलाई हाम्रो अनुरोध छ – यो गोर्खाली, आर्य र खश भनेको बिल्कुलै फरक शब्दहरु हुन् है र अन्य आदिवासी भन्दा बढी हामी खशहरु उत्पीडनमा परेको छौं है।
अहिले काठमाण्डौ सिंहदरबारिया शासकहरुले चलाएको पर्वते/नेपाली भाषा खशहरुलाई बुझ्न, लेख्न, बोल्न एकदमै गाह्रो हुन्छ हो?
यो पर्वते/नेपाली भाषा खशहरुलाई बोल्न, लेख्न, बुझ्न धेरै गाह्रो हुन्छ। अझ खश समुदायको महिला, बुढाबुढीले त यो पर्वते नेपाली भाषा पटक्कै बुझ्दैनन्। म स्थानीय एउटा ं२ को विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पनि रहेको थियो, त्यहाँको शिक्षकहरुले के गर्थे भने जति पनि पर्वते नेपाली भाषामा लेखिएको कक्षा १०/११ सम्मको पुस्तकहरु स्थानीय खश भाषामा उल्था गरेर पढाउँथे अनि मात्र त्यहाँको विद्यार्थीहरुले बुझ्दथे, अहिले पनि त्यसरी नै उल्था गरेर पढाइन्छ। खशहरुलाई पर्वते नेपाली भाषामा यत्रो समस्या परेपछि गुल्मी, स्याङजा, गोर्खाका बाहुनहरुले तयार गरेको लोकसेवा आयोगको परीक्षा खशहरुले कसरी उत्तीर्ण गर्न सक्छन् त? खशहरु माथि यति ठूलो भाषिक विभेद भइरहेको छ भनिसाध्य छैन।
कर्णाली खश क्षेत्रहरुमा यति धेरै गरिबी, बेरोजगारी, विकाश शुन्य हुनुको वास्तविक कारणहरु के के हुन्?
हिजोको दिनमा यस क्षेत्रबाट जति पनि पढेलेखेका व्यक्तिहरु थिए, तिनीहरुलाई काठमाण्डौका शाह, राणाहरुले ज्वाईं बनाएर काठमाण्डौमा नै स्थायी बसोबास गराए। र, ती पढेलेखेकाहरुले आफ्नो गाउँठाउँलाई चटक्कै बिर्से, सम्झे पनि शासक शैलीमा सम्झें। विकास हुनको लागि यातायात र आधुनिक कलेजहरु चाहिन्छ तर यो दुइवटै कुरामा कर्णाली खश क्षेत्रलाई पुरै दशकौंसम्म पक्षपात गरियो। यहाँका युवाहरु लाखौंको संख्यामा भारतको राजधानी दिल्लीमा कमसल खालको रोजगारी गर्न जान बाध्य भए र भइरहेका छन्। खशहरुलाई हामीले नदिए पनि दिल्लीमा गएर काम गरेर भोक टारीहाल्छ नि भन्ने शैलीमा काठमाण्डौका शासकहरुले सोच्छन्। यिनै कारणहरुले गर्दा कर्णाली खश क्षेत्र आज गरिबी, बेरोजगारी र विकाश शुन्यको अवस्था झेलिरहेको छ।
खश क्षेत्रको नेताहरुले काठमाण्डौमा कर्णाली खश क्षेत्र भाषिक कारणले वा शासकहरुको आर्य राष्ट्र मात्र निर्माण अभियानले अन्य सभ्यताको समुदायहरु, क्षेत्रहरुलाई पछि पारियो। अब खशान प्रान्त चाहिन्छ भनेर कहिले बोलेको सुनिन्दैन, उहाँहरुले नबुझेर हो कि कुनै बाध्यताले नबोलेको हो?
खश क्षेत्रको नेताहरुले कुरा चाहिँ बुझेका छन् तर उनीहरु जुन पार्टीमा लागेका छन् ती पार्टीहरुको पृष्ठभूमि चाहिँ खश र खशान बिरोधी रहेका छन्। त्यसैले खश क्षेत्रको नेताहरुले केही बोल्दैनन्, किनकि बोले भने उनीहरुको पार्टीको बडाहाकिम आर्यहरुले उनीहरुको जागिर खाइदिन्छन्। लोकेन्द्रबहादुर चन्द पटक पटक प्रधानमन्त्री हुनुभो तर उहाँ राजाको ‘हुन्छ बहादुर’ भन्दा अरु केही बन्न सक्नु भएन। त्यसरी नै शेरबहादुर देउपा पनि ठुलै पदमा हुनुहुन्छ तर उहाँ पनि कोइरालाहरुको ‘यस मेन’ हुन बाध्य भएका छन्। भीम रावलजीको पनि अवस्था उस्तै छ।
यत्रो बहुसंख्यामा रहेको खश समुदायको बारेमा राज्य र नेताहरु चुप बस्नु भनेको अचम्मै हो। मेरो गृह जिल्ला दार्चुलामा मात्र ६४.५५५ खश, आर्य बाहुन १६५, दलित ११५, ठकुरी ४.८५५ र आदिवासी जनजाति १५ छन्। यसरी नै सुदुर पश्चिमको अधिकांश पहाडी जिल्लाहरुमा खश समुदायको बहुमत रहेको छ।
तर अहिले केही कुराहरु उठ्न थालेको छ – अस्ति भर्खरै एउटा कार्यक्रममा भीम रावलजीले कुरा उठाउनु भएछ –सुदूर पश्चिममा खशआर्यको कोटामा १३ जना सांसद परेको रहेछ र त्यसमा १२ जना आर्य बाहुन र १ जनामात्र खश समुदायबाट सांसद पारिएको रहेछ। त्यसैले जति दबाउँदा दबाउँदै पनि खश र खशानको आवाज उठ्न थालिसकेको छ र एकदिन प्रत्येक घरघरबाट यो आवाज अवश्य उठ्नेछ।

खशान राष्ट्रिय संघर्ष समितिले संगठन बिस्तारको कार्यक्रमहरुलाई कसरी अघि बढाइरहेको छ?
खशान क्षेत्रको प्रत्येक जिल्लाहरुमा थोरै थोरै संख्याको भए पनि धमाधम जिल्ला समितिहरु गठन गर्दैछौं। खशलाई आदिवासीमा सूचिकृत किन गर्नुपर्छ, खश र आर्यको क्लस्टर एकै ठाउँ हँुदा खशको सबै भाग कसरी आर्यहरुले खाँदैछन् र लिम्बुवान, खम्बुवान जस्तै खशान प्रान्त पनि किन आवश्यक छ भनेर गाउँ गाउँमा प्रशिक्षण कार्यक्रमहरु लाँदैछौं।

खशान र लिम्बुवानवीचको ऐतिहासिक सम्झौता तपाईंलाई थाहा छ?
थाहा छ, खशान राष्ट्रिय संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर खाती र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चको अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ज्यूले २०७१ साल फागुन ४ गते खशान र लिम्बुवानवीचको एतिहासिक सम्झौता पत्रमा बृहत पत्रकार सम्मेलनवीच हस्ताक्षर गर्नु भएको छ। उक्त सहमतिमा सुदूर पश्चिमको सिमानामा रहेको खशान र सुदूर पूर्वको सिमानामा रहेको लिम्बुवानवीचमा हजारौं वर्षसम्म हरेक कुरामा सहकार्य गरेर अघि बढ्ने उल्लेख छ। खशानकाहरु पनि लिम्बुवानको लागि शहीद हुनु तयार हुनुपर्ने र लिम्बुवानकाहरु पनि खशानको लागि शहीद हुन तयार हुनुपर्ने, आन्दोलन र चुनावको हरेक मोर्चामा खशान र लिम्बुवान सधैं सँगै हुनुपर्ने सहमतिका बुँदाहरु छन्। यसरी लिम्बुवान लगायत सबै १०ं१ प्रान्त पक्षधर पहिचानवादीहरु संगको सहकार्यले हामी खशानलाइ साह्रै राम्रो हुँदै गएको छ, खश जनताहरु खुशी छन्।

यस सह–अस्तित्व आवाज मासिक पत्रिकाले खश समुदायलाई कतिको छँुदैछ?
यस पत्रिकाले खश समुदायको मुटु छँुदैछ, यस पत्रिकाको सबै अंकहरु खशानको सबै पहाडी जिल्लाहरुमा पुर्‍याइरहेका छौं। दोस्रो अंकमा प्रकाशित ‘पहिचान के हो?’, ‘हिमालको काखमा अर्को भेनेजुएला जन्मदै’ जस्ता लेखहरु प्रदेश नं. ७ को बौद्धिक तहमा छलफलको विषय बन्यो। मलाई हिजो खश भन्दा जिस्काउने साथीहरुले अहिले ल है ठगुन्नाजी तपाईं कहाँ हराउनु भो भनेको त धेरै बौद्धिक समुहको टिममा हुनुहँुदोरहेछ, राम्रो गर्नुस् भनेर भन्न शुरु गरेका छन्।
त्यसैले यो सह–अस्तित्व पत्रिकाले खश र खशानको लागि चाहि क्षेप्यास्त्रको काम नै गरिरहेको छ, यो पत्रिका निरन्तर रहोस्, बरु हामी खश समुदायले यो पत्रिकाको लागि कस्तो सहयोग जुटाउनु पर्ने हो हामी तयार छौं।

Comments are closed.