संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको ४ वर्षे रणनैतिक योजनाअन्तर्गत तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं २ को जोरधारा टोलमा महेन्द्रप्रसाद लिम्बुको अध्यक्षतामा १२ सदस्यीय टोल समिति गत फागुन २ गते गठन भएको छ।
समितिको उपाध्यक्षमा रत्नबहादुर लिम्बु र सचिव भीमराज लिम्बु चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा चन्द्रबहादुर लिम्बु, गीता लिम्बु, धर्मसिं लिम्बु, ज्ञानबहादुर लिम्बु, राजन लिम्बु, सन्तोष लिम्बु, वीरबहादुर लिम्बु, ज्ञानेन्द्र लिम्बु र गुमप्रसाद लिम्बु चयन भएका छन्। कार्यक्रम पार्टीका केन्द्रीय सचिवालय सदस्य शंकरमान खेवा, केन्द्रीय सदस्य दिल पाक्सावा, जिल्ला उपाध्यक्ष हेमप्रसाद पाक्सावा, बुद्धिजीवी मनिन्द्र सावालगायतको उपस्थितिमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा २६ जनालाई पार्टीको कृयाशिल सदस्यता पत्रसमेत वितरण गरिएको थियो।
Comments are closed.