प्रेस –बिज्ञप्ति मिति २०७६ /११ /३
थरुहटको आमरण अनशन प्रति एक्यबद्दता जाहेर गरिएको बारे
थरुहट थारुवान रास्ट्रिय मोर्चाले प्रतिनिधि सभाका माननिय सांसद रेशम चौधरी र जेलमा रहेका अन्य थारु राजबन्दीहरुलाई बिनाशर्त रिहाइको माग सहित यहि फाल्गुण १ गते देखि कैलाली जिल्लाको धनगढ़ीमा शुरु गरेको आमरण अनशन प्रति यस संघीय लोकतान्त्रिक रास्ट्रिय मंच र यस मंच सम्बद्द सबै प्रान्तिय मंचहरु यसै प्रेस बिज्ञप्ति मार्फत एक्यबद्दता जाहेर गर्दछौ | आमरण अनशनको नेतृत्व गरिरहनु भएका आदरणिय नेता एबम थरुहट थारुवान रास्ट्रिय मोर्चाका संयोजक लक्षमण थारुको स्वास्थ अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दछौ | थरुहटको मागहरु तत्काल सम्बोधन गरेर माननिय रेशम चौधरीलाई रिहाइ गर्न सरकार संग जोडदार माग गर्दछौ | थरुहटको शान्तिपूर्ण आन्दोलनलाइ बेवास्ता गरे त्यसबाट उत्पन्न हुने भयानक परिणामको दोषी स्वयम् सरकार हुनुपर्ने सचेत गराउछौ | नेपालका सम्पूर्ण आदिबासी ,दलित शिल्पी ,खस ,मधेशी ,पहिचानबादी एबं १० +१ प्रान्त पक्षधर जनसमुदायहरु थरुहटको आमरण अनशन प्रति एक्यबद्दता जाहेर गर्दै सडकमा उत्रन आब्हान गर्दछौ |
थरुहटको जारि आमरण अनशन प्रति ऐक्यबद्दता जाहेर गर्दै तत्काल सडकमा उत्रनु पर्ने भएकोले मंचका सबै तहका समिति एबम नेतृत्वहरुलाई तयारी अवस्थामा रहन सुचित गर्दछौ |
कुमार लिङदेन मिराक ,अध्यक्ष ,सलोराम
जय थरुहट ,जय लिम्बुवान ,किरात खम्बुवान ,शेर्पा ,तामाङसालिङ ,नेवा :, मगरात ,तमुवान,खशान ,मधेश ,दलित शिल्पी प्रान्त ,जय १० +१ प्रान्त
Comments are closed.